वैद्यनाथ ठाकुर
मधेसको आन्दोलन जसरी व्यवस्थितरूपमा शुरू भयो, त्यसरी नै औपचारिकरूपले समाप्त हुन सकेन । साउन महिनादेखि शुरू भएको मधेस आन्दोलन माघको अन्तिम हप्तासम्म चल्यो । आमहडतालको चालीस दिनपछि नेपाल सरकारको दमनात्मक व्यवहार, द·ाग्रस्त क्षेत्र घोषणा र निषेधाज्ञाले हायलकायल भएपछि आन्दोलनरत मोर्चाले कुनै विकल्प नदेखेर बाध्य भई दक्षिणी सीमामा गएर नाकाबन्दीको घोषणा गर्नुपर्यो । संसारमा यति लामो नाकाबन्दी र आमहडताल जनस्तरबाट चलेको शायद कतै पनि नहोला । नेपालमा हुने गरेका घटनाहरू आपैंmमा चमत्कारी र अद्वितीय हुने गर्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदाममा सयकडौं त्रिपाल अझै पनि त्यसै लावारिस अवस्थामा छन् तर भूकम्पपीडितहरूले त्रिपाल नपाएर खुला आकाशमा झरी र चिसो खाएर दिनरात काट्न बाध्य छन् ।
यति बेला नेपाली राजनीतिमा सड्ढट र चुनौती थपिएको छ । राज्यसत्ता जसको हातमा हुन्छ, उनीहरूले शान्तिपूर्ण आन्दोलनलाई विदेशीको चाल भनेर अथ्र्याउनु कुनै नयाँ कुरा होइन । सत्ताविरुद्धको विद्रोहलाई आतड्ढवादी भन्नु र सोही अनुसारको व्यवहार जनसाधारणसँग गर्नुले पनि विशेष अर्थ राख्दैन । बलियोले जे गरे पनि हुने
परम्परा निकै पुरानो हो । त्यसैले त भनिन्छ, जसको हातमा लट्ठी, उसैको भैंसी । मधेस आन्दोलनले राष्ट्रलाई आर्थिकरूपमा अरबौंको क्षति पुर्यायो । त्यसैगरी ५८ जनाले गुमायो । जसको क्षतिपूर्ति गर्न सकिंदैन । यति बेलासम्म ठोस कुरा गर्ने हो भने मधेसले गुमाएको तुलनामा खासै केही उपलब्धि पाएको छैन । सरकार मधेस आन्दोलनको मागलाई विदेशीको उक्साहटसँग गाँस्न एक हदसम्म सफल भएको छ । खोक्रो राष्ट्रियताको नारामा पहाडका जनतालाई असुविधा झेल्न लगायो तर भित्रभित्रै तस्करी र कालोबजारीको ठूलो सञ्जाल नै खडा गर्यो । यसले गर्दा पनि मधेस आन्दोलनविरुद्ध सरकारलाई दमन गर्न र टिक्न सघायो । धेरै हदसम्म सरकार मधेस आन्दोलनलाई भारतीय हित रक्षाको अर्थमा अथ्र्याउन सफल रहयो । तर यसले नेपालको सामाजिक संरचनागत समस्यालाई ओझेलमा पार्यो, जुन दीर्घकालीनरूपमा उचित भएन ।
मधेसीहरूको लडाइँ वास्तवमा नेपाली बन्ने लडाइँ थियो । नेपाली बन्ने कुरामा लामो समयसँग गरिएको शड्ढालाई गलत साबित गर्न फेरि पनि मधेसीहरूले सकेनन् । दक्षिणी सीमाको नाकाबन्दी मधेसी आन्दोलनकारीहरूले नै गरेका थिए, जुन वास्तविक पनि हो । तर यसलाई भारतले गरेको भनी प्रचार गर्न सरकार सफल रह्यो । हुनत अन्तर्राष्ट्रियरूपमा भारतले नाकाबन्दी गरेको भन्ने कुरालाई पुष्टि त के सरकारले उठाउन पनि सकेन वा चाहेन किनभने सत्तामाथिको पहाडी पकडलाई मधेसीको हातमा आउन नदिने षड्यन्त्र गर्न फेरि पनि एकचोटि खसवादी सत्ता सफल रह्यो । मधेस आन्दोलनको उठान शुरूमा कमजोर देखिए पनि पछिका दिनमा क्रमश: उँचाइ प्राप्त गर्दै गयो । तर अन्त्य बहुतै दु:खद भयो । मधेसी नेताहरूले जति बचाउ गरे पनि मधेसको लामो आन्दोलन उपलब्धिविहीन तरिकाले टु·ियो भन्दा कुनै पूर्वाग्रह हुँदैन ।
मधेसवादी दलहरू यति लामो समयसम्म एउटै मुद्दा बनाएर एकै ठाउँमा उभिएर आन्दोलन गर्न नसक्नु पनि मधेस आन्दोलनको कमजोर पक्ष हो । तीन–चारवटा मोर्चा बनाएर मधेस आन्दोलनमा लागेको कारण नै कोही बैठक गर्दै थिए कि कसरी आन्दोलन टुङ्ग्याउने भनेर तर बीचमैं नेसपाका अध्यक्ष राजेन्द्र महतोले एकल निर्णय गरी वीरगंज नाकाबन्दीको औचित्य नरहेको सार्वजनिक अभिव्यक्ति दिंदा सरकारले लिएको थकाउने र गलाउने नीति मधेस आन्दोलन सम्बन्धमा पूरा हुन गएको हो ।
संसारमा जहाँको पनि आन्दोलनको चरित्र यस्तै नै हुन्छ । अनेकौं असफलताका शृङ्खलाबीच एक दिन जीतको शिखरमा पुगिन्छ नै । विगतमा २००६ सालमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीले २०७२ सालसम्म आइपुग्दा विभिन्न आरोह, घुम्ती र चौतारीहरू पार गरेको सबैलाई थाहा छ । २०२८ सालमा शुरू भएको झापाको ६ इन्च सानो गर्ने आन्दोलन र २०५२ सालबाट दश वर्षसम्म चलेको सशस्त्र विद्रोह, जसमा झन्डै चौध/पन्ध्र हजार मानिसको राज्य र विद्रोह पक्षबाट हत्या भएको थियो । जनयुद्धताका विद्रोही पक्षले समानान्तरण सत्ता देशभरि कायम गरेको थियो । तर त्यसको अन्त्य बृहत् शान्ति सम्झौतासम्म आइपुग्दा जनताले के पाए ? जनजीविकाको सवालमा जनधनको ठूलो लगानी भएको माओवादी आन्दोलनको उपलब्धि के भन्दा सन्तोष मान्ने कतै कुनै ठाउँ छैन । जनता र राष्ट्रको आर्थिक, प्रशासनिक अवस्था २०५२ सालअघिभन्दा झन् दयनीय भएको, भ्रष्टाचारमा संस्थागत वृद्धि भएको छ । जनस्तरबाट शुरू भएको आन्दोलनले सफलता पाउन विश्वमा निकै कठिन र चुनौतीपूर्ण अवस्था छ । खासगरी नेपाललाई भारतले तीनतिरबाट घेरेको छ, जो नेपालमा वामपन्थी सत्ता हेर्न त के सुन्न पनि चाहँदैन । यस्तोमा आन्दोलनहरूको समाप्ति षड्यन्त्रहरूको बीचबाट हुनु कुनै अस्वाभाविक होइन ।
अन्त्यमा मधेस आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि जनता सामु नेपालका राज्यपक्ष होऊन् वा विपक्षी शान्तिपूर्ण आन्दोलनकारी वा सशस्त्र विद्रोही सबै अन्त्यमा भारतीय दिल्ली दरबारको अगाडि ‘त्वम् शरणम् गच्छामी’ हुने गर्छन् भन्ने कुरा प्रस्ट हुनु पनि एक प्रकारको उपलब्धि नै भन्नुपर्छ । नेपाली राष्ट्रियता नेपालीहरूको उन्नति, समृद्धि र विकासका लागि भन्दा पनि दिल्ली दरबारको विरोध गरेर रूपमा सतहमा देखिए तापनि सारमा दिल्ली दरबारको चाकडी गरेर रिझाएर तथा हात
जोडेर भिक्षाटनमैं आजसम्म पटकपटक प्रकट हुँदै आएको कुरा यति बेला जनताबीच ऐनाजस्तै छर्ल· हुनु पनि
मधेस आन्दोलनको उपलब्धि नै मान्नुपर्दछ ।