प्रस, वीरगंज, १५ फागुन/
जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चालन गरेको ‘हाम्रो साथी प्रहरी’ कार्यक्रम अन्तर्गत तेस्रो चरणमा शनिवार वीरगंज पब्लिक कलेजका विद्यार्थीहरूसँग मिलेर घण्टाघरको सरसफाइ गरेको छ ।
वीरगंज उद्योग वाणिज्य सङ्घ र वीरगंज उपमहानगरपालिकासमेतको सहभागितामा प्रहरीले घण्टाघरको सरसफाइ गर्नुका साथै फोरलेन सडकबीचको आइल्यान्डमा रोपिएका बिरूवाहरूको संरक्षणका लागि पहल शुरू गरेको छ । मधेस आन्दोलनको क्रममा फोरलेन बीचमा रोपिएका बोटबिरूवाहरूको संरक्षणका लागि राखिएका बाँसको बार तहसनहस पारिएपछि छाडा चौपायाहरूले कब्जा जमाएको सो क्षेत्रमा शनिवार बोटबिरूवाको संरक्षणका लागि वारुणयन्त्रबाट पानी पटाइएको थियो ।
स्वच्छ वीरगंज, सुरक्षित वीरगंजको नारा लेखिएको ब्यानर बोकेर प्रहरी–विद्यार्थीहरूले सफाइमा सक्रियहरूको मनोबल बढाएका थिए भने सडकपेटीबाट आवतजावत गर्नेहरूलाई पनि सन्देश प्रवाह गरेका थिए ।
सरसफाइ कार्यक्रमको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले उद्घाटन गरेका थिए । प्रजिअ घिमिरेले आन्दोलनको क्रममा जनता र सुरक्षा निकायबीचको कटुतापूर्ण सम्बन्धलाई सुमधुर बनाइ शान्ति सुरक्षाको प्रत्याभूति दिन यो कार्यक्रम प्रहरीबाट ल्याइएको बताए । अर्का वक्ता वीउमनपाका निमित्त कार्यकारी अधिकृत प्रकाशमान सिंह अमात्यले प्रहरी र जनताको सहकार्यबाट सञ्चालन हुने कुनै पनि क्रियाकलापले राम्रो सम्बन्ध बन्दै जाने बताए ।
घण्टाघर सफाइको क्रममा घण्टाघरको पर्खालमा विभिन्न संस्था, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलले टाँसेका पोस्टर, पम्पलेटहरू उप्काएर त्यहाँ पेन्टिङ गरिएको छ । घण्टाघरसँगै सद्भावना पार्टीका संस्थापकमध्येका स्व. बाबा रामजनम तिवारीको सालिकको पनि सफाइ गरिएको थियो ।