Posts

Showing posts from February, 2016

नेका, एमाले, माओवादी रहेसम्म मधेसले मुक्ति नपाउने

Image
सिकेन्द्र पासवान, कलैया १७ फागुन/ तराई मधेस सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष महेन्द्र राय यादवले मधेसमा काङ्ग्रेस, एमाले र ए माओवादी रहेसम्म मधेसको मुक्ति नहुने बताएका छन्। बाराको प्रस्टोका गाविसमा सोमवार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका यादवले तराई मधेसमा बसोवास गरिरहेको तमाम मधेसी समुदायलाई मधेस विरोधी रहेको काङ्ग्रेस, एमाले र एमाओवादी पार्टी परित्याग गर्न आग्रह गरे। जबसम्म तराई मधेसमा ती दलहरूले आफ्नो वर्चस्व  राख्छ तबसम्म मधेसको मुक्ति हुँदैन नेता यादवले बताए। मधेसी, जनजाति र आदिवासी थारूहरूसहित मुस्लिमहरूलाई समेत मिलाई देशव्यापी आन्दोलनको आँधीबेरी ल्याउने बताउँदै त्यसलाई कुनै पनि शक्तिले रोक्न नसक्ने चुनौती समेत दिए। नेता यादवले आन्दोलनलाई सशक्त बनाउन जिल्ला–जिल्लामा जागरण अभियान सञ्चालन गर्नेदेखि जनप्रर्दशन गर्नेसम्मको काम हुने बताए । जागरनाथ साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रमेश यादव, जिल्ला अध्यक्ष धर्मेन्द्र यादव लगायतले आफ्ना विचार राखेका थिए। फोरम नेपालका केन्द्रीय पार्षद् वैद्यनाथ मधेसी,  एमाले

राजनीति सङ्क्रमण र प्राकृतिक विपत्तिबाट जोगाउन नयाँ शक्ति

Image
 सिकेन्द्र पासवान, कलैया १७ फागुन/ नयाँ शतिm नेपालका  नेता रामचन्द्र झाले नेपाललाई राजनीतिक सङ्क्रमण तथा प्राकृतिक विपत्तिबाट जोगाउन नयाँ शक्ति अगाडि बढ्ने बताएका छन्। कलैयामा सोमवार कार्यकर्ता प्रशिक्षण तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य झाले विकासको बाटोमा देशलाई अघि बढाउने काम अब नयाँ शक्तिको काँधमा आएको बताए। पार्टीले उत्पीडनमा परेका वर्ग समुदायलाई अगाडि बढाउनुका साथै मुलुकलाई समृद्ध बनाउन कामको पनि पनि थालनी भइरहेको  जानकारी दिए । नयाँ शक्ति नेपालका जिल्ला अध्यक्ष सुशील यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेताहरू कलामुद्दिन राइन, ओमबाबू गुप्ता, प्रमोद मण्डल, धुरूप यादव, हरि पटेल, महानन्द यादव, ज्याउलहक अंसारी, महिला नेत्री उमाराउती यादवलगायतले आफ्ना विचार व्यतm गरेका थिए। एमाओवादी पार्टीका लक्ष्मी साह, तमलोपाका बृजकिशोर साह, नेपाली काङ्ग्रेसबाट वीरेन्द्र पाण्डेयलगायत विभिन्न पार्टी परित्याग गरी करिब ६५ जना सो अवसरमा नयाँ शक्ति नेपाल पार्टी प्रवेश गरेको पार्टी सम्बद्ध नेताले जानकारी गराएका छन्।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको चुनौती

Image
अधिवक्ता वीरेन्द्रप्रसाद यादव २००३ सालदेखि नै नेपाली काङ्ग्रेस लोकतन्त्रको लागि अथक बलिदान दिदै आएको छ भने २०५२ देखि एमाअ‍ोवादीले जनयुद्ध सञ्चालन गरी हजारौंको बलिदान दियो। गणतन्त्र र सङ्घीयताको लागि सयोै मधेसीले ज्यान गुमाएपश्चात् लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ। एकात्मक राजतन्त्रात्मक शासनले मधेसलाई उत्पीडन दिएकोले एकात्मक राजतन्त्रको उन्मूलन मधेसको ठूलो उपलब्धि हो। सङ्घीयता र गणतन्त्र रहनु वा नरहनुले मधेसीबाहेक अन्यलाई खासै मतलब देखिंदैन। यसर्थ सङ्घीयता र गणतन्त्रको संरक्षणमा अन्यभन्दा बढी मधेसवादी नै सजग हुन जरूरी छ। पहिलो संविधानसभाको अवसाानपश्चात् र केही ठूला शक्तिको इच्छाविपरीत सङ्घीय गणतन्त्रात्मक संविधान जारी हुनु ठूलै सफलता हो। सबै खाले विभेदबाट उन्मुक्तिको महत्त्वपूर्ण आधार नै सङ्घीय गणतन्त्र हो। हजारौं अवरोध एवं चुनौतीको बावजुद पनि सङ्घीय गणतन्त्रात्मक संविधान जारी गर्न सक्नु ठूलो योगदान त हुँदै हो यसमा असन्तुष्ट मधेसवादीहरूलाई पनि सन्तुष्ट पारेको भए विश्वमैं अनुकरणीय बन्न सक्थ्यो। तथापि मधेस मुद्दाको न्यायोचित सम्बोधन गर्न सक्ने अवस्था र आधार छ। संविधान जारी गर्न

पूर्ण सिंचित क्षेत्र

नेपालमा प्रकृतिले पानीको यति पर्याप्त दिएको छ कि पानीको उपयोग गरेर उन्नत र अद्वितीय खेती गर्न सकिन्छ भने जलविद्युत् उत्पादन गरेर देशलाई प्रमुख ऊर्जा उत्पादक मुलुक मात्र बनाउन सकिन्न, निर्यात गरेर देशको आम्दानी पनि बढाउन सकिन्छ। तर जाँगर नभएपछि जस्तोसुकै पनि स्रोत केही काम लाग्दैन। भोको मानिसलाई कसैले राशनपानीको व्यवस्था गरिदिन सक्छ, पकाएर आफैंले ख्याइदिन सक्दैन। नेपालको हविगत त्यस्तै छ। नेपाल देश गरीब छ, तर यहाँको जनता अमीर देखिएको छ। छ महिना लामो मधेस आन्दोलन चल्दा, चार महिनासम्म भारतीय नाकाबन्दी हुँदा पनि यहाँको जनताको निधारमा पसिना देखिएन। जतिसुकै महँगो ग्याँस र पेट्रोलियम पदार्थ किनेर पनि भान्सामा चुलो बलेकै थियो, सडकमा गाडीहरू कुदेकै थिए। यस्तो हुनुमा बाहय दबाबविरुद्ध जनताको अपार संयम र धैर्यले मात्र काम गरेको थिएन, जनतासँग सामथ्र्य पनि रहेको गुहय बुझ्न गार्‍हो परेन। तर त्यही जनता र त्यही मुलुकमा आफ्नो हुतिमा केही हुन नसक्ने, अर्काकै दयामा बाँच्नुपर्ने अवस्था किन आयो, बुझि नसक्नु भएको छ। अमेरिकाले पिङपाङ कूटनीति आरम्भ नगरुन्जेल चीन दुनियाँबाट एक्लिएको थियो। चीनलाई हेर्ने विश्

२०७२ फागुन १७ गते सोमवारको प्रतीक दैनिक

२०७२ फागुन १७ गते सोमवारको प्रतीक दैनिक

प्राप्त उपलब्धि गाउँघरसम्म पुर्‍याउन आग्रह

Image
प्रस, वीरगंज, १६ फागुन/     मधेस आन्दोलनपछि मधेसी जनताले संविधानमा पाएको विषयलाई लिएर गाउँघर जान नेता–कार्यकर्तालाई अधिवक्ता दीपेन्द्र झाले आग्रह गरेका छन् ।     मधेस आन्दोलनबाट संविधानले मधेसीको माग पूरा नगरे पनि बाटो खोलिदिएको बताए । संविधान जारीपछि संशोधित संविधानमा समानुपातिक, समावेशी, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रलगायत अन्य मुद्दाहरूमा संशोधित संविधानले मधेसीको अधिकारको बाटो खोलेको बताए । आन्दोलन जारी रहेकोले अब गाउँघरमा पुगी नेता, कार्यकर्ताहरूले संविधानले दिएको र नदिएको तथा समानता र न्यायबारे मधेसी जनतालाई प्रशिक्षित गर्न आग्रह गरे । मधेस आन्दोलनपछि हतोत्साहित तथा निराश मधेसी जनतालाई ऊर्जा दिन नेता, कार्यकर्ताहरू घाइते तथा शहीद परिवारको घरमा पुग्न आवश्यक रहेको उनले बताए ।     चार दलबाट बनेको सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चामा अहिले सात दल समावेश हुनु मधेस अधिकारको लागि ठूलो काम भएको बताए । तर मोर्चाले यसलाई टिकाइराख्न संयुक्त एजेन्डा, रणनीति तथा सात पार्टीको समावेशिता गर्नु चुनौतीको विषय रहेको बताए । सात दलीय मोर्चाका नेताहरू एकअर्काविरुद्ध नलाग्न र एकअर्काको राम्रा कुरा

बृहत् रचनापाठसहित‘झरना’ले २३ औं वार्षिकोत्सव मनायो

Image
प्रस, वीरगंज, १६ फागुन/     झरना साहित्यिक परिवारले आफ्नो २३ औं वार्षिकोत्सव तथा २०० औं साहित्य शृङ्खलाका अवसरमा बृहत् साहित्य गोष्ठी आयोजना गरेको छ ।     मकवानपुरको छतिवनमा शनिवार आयोजित कार्यक्रममा झरनाका संस्थापक सचिव तथा निवर्तमान अध्यक्ष उद्धव सापकोटा तथा पर्साका पत्रकार जगदीश शर्माको सम्मानसमेत गरिएको थियो ।     डा. देवी नेपालको प्रमुख आतिथ्य रहेको गोष्ठीमा गोपाल सञ्जेल, सरिता तिवारी, राम खनाल, राम पराजुली, रमेशमोहन अधिकारी, सुवास खनाल, मीनप्रसाद लामिछाने, यश लामा, पुरुषोत्तम आचार्य, उमेश तिमल्सिना, नारायण लामालगायत मकवानपुर, काठमाडौ, चितवन, बारा, पर्सा, रौतहट, ललितपुर, झापा जिल्लाका साहित्यकारहरूको उपस्थिति थियो भने दुई दर्जन जतिले रचना वाचन गरेका थिए ।     कार्यक्रममा स्थानीय अगुवाहरू, विद्यार्थी, स्थानीय बासिन्दा सङ्घ–संस्थाका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति थियो ।

निजगढमा जारी राष्ट्रपति रनिङ शिल्ड सकियो

प्रस, निजगढ, १६ फागुन/     बारा निर्वाचन क्षेत्र नं. ६ को विद्यालयस्तरीय राष्ट्रपति रनिङमा शिल्ड प्रतियोगिता आइतवार निजगढमा सम्पन्न भएको छ ।     प्रतियोगितामा गौरीशड्ढर उच्च मावि निजगढ ३ सय ६ अड्ढ ल्याएर प्रथम स्थान हात पार्न सफल भएको छ । त्यसैगरी २ सय १८ अड्ढ ल्याएर निजगढ वागदेवको सार्वजनिक मावि दोस्रो स्थानमा परेको छ । १ सय ९५ अड्ढ ल्याएर जनजागृति उच्च मावि सखुवाघाटले तेस्रो स्थान पाएको छ ।     यस क्षेत्रका कुल ५ विद्यालय मात्र सहभागी सो प्रतियोगितामा गौरीशड्ढर उच्च माविका छात्र र छात्रातर्फको कपर्दी, छात्र १००, ८००, ३००० मिटर दौड छात्रातर्फ १०० र ४०० मिटर रिले, छात्र हाइजम्प, सटपुट, ज्याभलिन थ्रो, ट्रिपल जम्पमा पहिलो भएका थिए ।     यता सार्वजनिक माविले छात्रातर्फको भलिबल, छात्रा ४००, हाइजम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रो र छात्रतर्फको ल·जम्प र १५०० सय मिटर दौडमा प्रथम स्थान हात पारेको थियो ।     त्यसैगरी तेस्रो स्थान जनजागृति छात्र भलिबल छात्रातर्फको ल·जम्प, सटपुट र १०० मिटर दौडमा पहिलो स्थान ल्यायो । नेरा उच्च मावि रतननपुरीले छात्र २००, १०० र ४०० मिटर रिलेमा जीत हात पारेको थियो । जनत

आत्मविश्वास, क्षमता र अभ्यासद्वारा प्रवेशिकामा सफलता

Image
अनन्तकुमार लाल दास     केटाकेटीहरूको पहिलो शिक्षिका उसकी आमा हुन्छे । जन्मिनासाथ आमाको काँखको गर्मीले उसलाई सुरक्षा अनुभूति दिइरहेको हुन्छ । शिशुमा आत्मविश्वासको पहिलो बीउ त्यहींबाट प्रस्फुटित हुन्छ । जसरी आमाको दूधले केटाकेटीहरूको विभिन्न बिमारीबाट रक्षा गर्छ, त्यसैगरी आमाको सानिंध्य र मायालु व्यवहारले केटाकेटीहरूको मन र मस्तिष्कलाई बलियो बनाउँछ । यसरी केटाकेटीहरू मानसिक र भावनात्मक रूपले बलियो र सक्षम बन्छन् । आमाले सन्तानलाई बाल्यकालमा गरेको स्नेह र शिक्षाको जग नै उसको भविष्यको भवन बलियो अर्थात् उसको भावनात्मक र संवेदनात्मक व्यवहारलाई निर्धारित गर्छ र उसलाई जीवन–सङ्घर्षमा जुध्ने शक्ति प्रदान गर्छ । यस कारण एउटी महिला शिक्षित हुनु भनेको उसको आफ्नो भविष्य र कैरियरको लागि मात्र आवश्यक नभई उसको सन्तानको भविष्यको लागि पनि त्यतिकै आवश्यक हुन्छ ।     नेपालमा केटाकेटीहरूलाई हुर्काउने सम्बन्धमा धेरै मिथक र विरोधाभास छ । केटाकेटीहरूको कलिलो मस्तिष्कमा धेरै शैक्षणिक विषय वा जानकारी बोकाइन्छ भने किशोरावस्थासम्म केटाकेटी नै बुझ्ने गरिन्छ । के केटाकेटीहरूमा समझ यस उमेरमा मात्र आउँछ ? बाल मनोविज

खेलकुदप्रति बेवास्ता

    खेलकुदको क्षेत्रमा नेपालको शहरी क्षेत्र फितलो देखिंदै आएको विगत जिल्लास्तरीय खेलकुद प्रतियोगिताहरूले देखाएका छन् । हुनत जिल्लास्तरीय खेलकुद प्रतियोगिता समग्रमा खेलकुदको मानक होइन, किनभने यो विद्यालयस्तरमा मात्र खेलाइने गरिन्छ । तर पनि बीउ हेरेर बिरुवाको आकलन गर्न सकिन्छ भन्ने उखान पत्याउने हो भने विद्यालयस्तरमा यदि ग्रामीण विद्यार्थीहरू शहरभन्दा अगाडि छन् भने विद्यालयइतर खेलमा पनि त्यही अवस्था रहने कुरा नकार्न सकिन्न । तर यसै आधारमा ग्रामीण खेलकुदलाई स्तरीय मान्न पनि सकिंदैन । किनभने ग्रामीण खेलकुदमा तकनिकभन्दा ऊर्जा, बल र सामूहिकताको भावना बढी हुन्छ । यसलाई कुन रूपमा बुझ्न सकिन्छ भने गाउँको मानिस पौडी खेल्न जान्दछ, ऊ बाढी आएको खोला तर्न सक्छ तर उसले आधुनिक पौडी प्रतियोगिता जित्छ भन्ने छैन । पौडीकला, विभिन्न विधा र तकनिकको जानकारी छैन भने उसले प्रतियोगिता जित्न सक्दैन ।     समग्रमा खेलकुद भनेको प्रतियोगिता जित्नु होइन, शरीर र मनलाई स्वस्थ राख्न गर्नैपर्ने कर्म हो । त्यसैले प्रतियोगितामा जित्नुभन्दा अधिकांश मानिसको खेलकुदमा चाहा गराउनु राज्य वा समाजको दायित्व हो । तर यसमा ठूलो भडखाल

२०७२ फागुन १६ गते आइतवारको प्रतीक दैनिक

२०७२ फागुन १६ गते आइतवारको प्रतीक दैनिक

प्रहरीको अगुवाइमा घण्टाघरको सफाइ

Image
प्रस, वीरगंज, १५ फागुन/     जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चालन गरेको ‘हाम्रो साथी प्रहरी’ कार्यक्रम अन्तर्गत तेस्रो चरणमा शनिवार वीरगंज पब्लिक कलेजका विद्यार्थीहरूसँग मिलेर घण्टाघरको सरसफाइ गरेको छ ।     वीरगंज उद्योग वाणिज्य सङ्घ र वीरगंज उपमहानगरपालिकासमेतको सहभागितामा प्रहरीले घण्टाघरको सरसफाइ गर्नुका साथै फोरलेन सडकबीचको आइल्यान्डमा रोपिएका बिरूवाहरूको संरक्षणका लागि पहल शुरू गरेको छ । मधेस आन्दोलनको क्रममा फोरलेन बीचमा रोपिएका बोटबिरूवाहरूको संरक्षणका लागि राखिएका बाँसको बार तहसनहस पारिएपछि छाडा चौपायाहरूले कब्जा जमाएको सो क्षेत्रमा शनिवार बोटबिरूवाको संरक्षणका लागि वारुणयन्त्रबाट पानी पटाइएको थियो ।     स्वच्छ वीरगंज, सुरक्षित वीरगंजको नारा लेखिएको ब्यानर बोकेर प्रहरी–विद्यार्थीहरूले सफाइमा सक्रियहरूको मनोबल बढाएका थिए भने सडकपेटीबाट आवतजावत गर्नेहरूलाई पनि सन्देश प्रवाह गरेका थिए ।     सरसफाइ कार्यक्रमको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले उद्घाटन गरेका थिए । प्रजिअ घिमिरेले आन्दोलनको क्रममा जनता र सुरक्षा निकायबीचको कटुतापूर्ण सम्बन्धलाई सुमधुर बनाइ शान्ति सुरक

हरि खेतानद्वारा फिजिक्स क्वीज सेमिनार

Image
प्रस, वीरगंज, १५ फागुन/     हरि खेतान बहुमुखी क्याम्पस वीरगंजले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको लागि ‘फिजिक्स क्वीज सेमिनार’ शनिवार सम्पन्न गरेको छ ।     होटल भिस्वामा आयोजित कार्यक्रममा फिजिक्स विषय अध्ययनका लागि तराईका विद्यार्थीहरूको बढीभन्दा बढी सहभागिता गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।     कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले नेपालकै बढी जनघनत्व भएको तराईमा फिजिक्स विषय अध्ययन गर्ने विद्यार्थीहरूको सङ्ख्या कम रहेकाले सो विषयप्रति विद्यार्थीहरूलाई आकर्षित गराउन पहल गर्नुपर्नेमा जोड दिए ।     नेपालमा मात्र होइन, विश्वमैं अहिले यो विषय अध्ययन गर्ने विद्यार्थीहरूको खाँचो रहेको उनले औंल्याए ।     सही समयमा विद्यार्थीहरूलाई पाठ्यक्रमको विषयमा जानकारी गराउन नसकेकै कारण फिजिक्स विषय पढ्न चाहने विद्यार्थीहरूको सङ्ख्या घट्दै गएको प्रजिअ घिमिरेले बताए । उनले हरि खेतान क्याम्पसले चालेको कदम सराहनीय तथा उद्देश्यपूर्ण रहेको पनि बताए ।     कार्यक्रममा सहभागी विद्यार्थीहरूले फिजिक्स विषय अध्ययन गरेपछि प्राप्त हुने अवसरका बारेमा आआफ्नो धारणा राखे

सामुदायिक वनबाट स्थानीय उपभोक्ता लाभान्वित

Image
प्रस, ठोरी, १५ फागुन/     पर्सा जिल्लाको ठोरीमा रहेको सरस्वती मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह स्थापना भएको दोस्रो वर्षमैं मुनाफा कमाउन सफल भएको छ । वनपैदावर तथा वन्यजन्तुको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै सो सामुदायिक वनले करिब दुई लाख रुपैयाँ बराबरको मुनाफा गरेको हो । ठोरी–३ स्थिति नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा शनिवार भएको दोस्रो साधारणसभामा सामुदायिक वनको प्रगति विवरण तथा आयव्यय प्रतिवेदन प्रस्तुत गर्दै वन समूहका सचिव नित्यबहादुर भण्डारीले स्थापना भएयता सामुदायिक वनले १ लाख ९० हजार ७ सय ६१ रुपैयाँ मुनाफा आर्जन गरेको जानकारी दिए ।     चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराबाट आर्थिक वर्ष २०७०/०७१ तथा २०७१/०७२ मा गरी दुईपटक ढलापडा काठ–दाउरा निकासीको अनुमति लिई उपभोक्ताहरूलाई सहुलियत दरमा काठ वितरण गरी मुनाफा कमाउन सफल भएको हो । आर्थिक वर्ष ०७०/०७१ मा ८३१.३६ क्यूफिट र ०७१/०७२ मा ८२०.६२ क्यूफिट काठ निकासा गरिएको थियो । निकासा गरिएका काठमध्ये २ सय १८ क्यूफिट काठ विभिन्न सङ्घसंस्था, विद्यालय, सार्वजनिक शौचालय, विद्युतीय तारबार, ज·ली जनावर तथा आगलागीबाट घर क्षति भए

नाकाबन्दी खुले पनि वीरगंज भन्सारको राजस्व सहज भएन, आयातकर्तामा नाकाबन्दी हुने अझै त्रास छ –प्रवक्ता शर्मा

Image
प्रस, वीरगंज, १५ फागुन/     नाकाबन्दी हटेको २३ दिन बितिसक्दा पनि वीरगंज भन्सार कार्यालयले दैनिक राजस्व लक्ष्य पूरा गर्न सकेको छैन । वीरगंज नाकालाई लिएर अहिले पनि आयातकर्तामा त्रास कायमै रहेकोले नाका पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको वीरगंज भन्सार कार्यालयका प्रवक्ता सुशील शर्माले बताए । उनले अहिले पनि नाका फेरि बन्द हुन्छ कि भन्ने त्रासमा आयातकर्ताहरू वीरगंज नाकामा नफर्केको बताए ।     वीरगंज भन्सार कार्यालयको राजस्व असुलीमा सर्वाधिक योगदान रहने सवारी साधनका आयातकर्ताहरू भने अहिलेसम्म नाकामा नफर्केको कारण राजस्व असुली नराम्रोसँग प्रभावित भएको प्रवक्ता शर्माले जानकारी गराए । वीरगंज नाकाबाट आयात हँुदै आएको करिब ४० प्रतिशत सवारी साधन भैरहवा नाकाबाट भित्रिन थालेको छ । वीरगंज नाका बन्द रहेको बेला भैरहवा गएका आयातकर्ताहरू फर्कन नचाहेका प्रवक्ता शर्माले बताए । उनले अहिले पनि व्यवसायीहरूमा फेरि नाकाबन्द हुने त्रास रहेको बताए । नाकाबन्दीको क्रममा बढी असर नपरेको भैरहवा नाकालाई आयातकर्ताहरूले विकल्पमा राखेका उनले बताए ।     नाका परिवर्तन गरेका आयातकर्ताहरू पुन: नफर्किएपछि वीरगंज भन्सारको राजस

अवरूद्ध टेलिफोन लाइन सञ्चालन हुँदा पनि तनाव

प्रस, वीरगंज, १५ फागुन/     वीरगंज–१२, पानमण्डी सडकमा रहेको नेपाल टेलिकमको केबिनेट बक्स मधेस आन्दोलनको क्रममा तोडफोड भएपछि महिनौंको अन्तरालमा शुक्रवार सञ्चालनमा आए पनि त्यहाँका उपभोक्ताहरू तनावमा परेका छन् ।     मधेस आन्दोलनताका आन्दोलनकारीहरूले तोडफोड गरेको केबिनेट बक्सलाई हिजो शुक्रवार नेपाल टेलिकमले मर्मत गरी सञ्चालनमा ल्याएको थियो । महिनौंसम्म बन्द रहेको टेलिफोन सञ्चालनमा आएपछि उपभोक्ताहरू झन् ठूलो तनावमा परे ।     करिब ५ सय लाइन वितरण भएको सो केबिनेट बक्समा लाइन जोड्ने क्रममा एकको लाइन अर्काेमा परेपछि सो क्षेत्रका उपभोक्ताहरू गलत नम्बरका फोनहरू उठाउनुपर्दा तनावमा आएका हुन् । माईस्थान बूक स्टलका सुनील भट्टराईले आफ्नो पसलको फोन नम्बर ५२३४५० रहेकोमा अहिले ५२४८२० नम्बर भएको र सो फोन कुनै व्यापारीको भएकोले दिनभरि तनाव खेप्नुपरेको बताए । उनले नेपाल टेलिकमलाई यसबारेमा जानकारी गराएको तर आज शनिवार बिदा भएकोले मर्मत हुन नसकेको बताए ।  भट्टराईले पाए जस्तै पीडा सो आसपासका सबैले पाइरहेका छन् ।     नेपाल टेलिकमले केबिनेट बक्स मर्मत हुँदा एकाधको लाइनमा समस्या आउन सक्ने बताएको छ । केबिनेट बक्स मर

वीरगंज युथ एकेडेमी उपाधि जित्न सफल

Image
प्रस, निजगढ, १५ फागुन/     निजगढमा सञ्चालन हुँदै आएको शहीद हीरालाल स्मृति तेस्रो गोल्डकप फूटबल प्रतियोगिताको प्रथम उपाधि वीरगंज युथ एकेडेमीले जित्न सफल भएको छ ।     शनिवार भएको प्रतियोगिताको फाइनल खेलमा आरएफसी चितवनलाई ० का विरुद्ध ४ गोल गरी वीरगंज युथ एकेडेमी फराकिलो गोलअन्तरले उपाधि हात पारेको हो ।     खेलको ७ औं मिनेटमा वीरगंज युथका जर्सी नं. १२ का चतुर्धन चौधरीले पहिलो गोलको खाता खोलेपछि उपविजेता आरएफसी चितवनका लागि गोलको वर्षा शुरू भएको थियो । खेलको १२ औं मिनेटमा आरएफसी चितवनतर्फको डिबक्सभित्र सोही टिमका खेलाडीको ह्यान्ड भएपछि वीरगंज युथलाई पेनाल्टी प्रहार गर्ने सुनौलो अवसर जुरेको थियो । उक्त अवसरलाई वीरगंज युथका जर्सी नं. ११ का कृष्ण शाक्यले प्रहार गरेको पेनाल्टी गोलमा परिणत हुन पुग्यो । उनले प्रहार गरेको बल गोलकीपरले सही अनुमान गर्न नसक्दा विपरीत दिशातर्फ डाइभ हान्न पुगेका थिए ।     वीरगंज युथकै खेलाडी जर्सी नं. १८ का रामअयोध्या चौधरीले ३५ औं मिनेटमा गोल गरे । खेलको ४० औं मिनेटमा वीरगंज युथकै जर्सी नं. ११ का कृष्ण शाक्यले अर्को गोल थप्दै ० का विरुद्ध ४ गोलको फराकिलो अन्तरले आफ

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

प्रस, निजगढ, १५ फागुन/     निर्वाचन क्षेत्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिवारदेखि निजगढमा शुरू भएको छ ।     प्रतियोगिताको उद्घाटन पूर्व खेलकुदमन्त्री एवं बारा क्षेत्र नं. ६ का सांसद पुरुषोत्तम पौडेलले गरेका थिए । प्रमुख अतिथि पौडेलले सिट्ठी बजाएर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।     सो अवसरमा प्रमुख अतिथि पौडेलले विद्यालयदेखि नै खेलकुदको विकास गर्न र गाउँबस्तीबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यार्थीहरूका लागि यो प्रतियोगिता आयोजना गरिएको बताए ।     क्षेत्रस्तरीय प्रतियोगिता भएपनि  विद्यालयहरूको सहभागिता न्यून भएकोमा दु:ख व्यक्त गर्दै उनले विद्यालयमा पढाइका अतिरिक्त अनिवार्यरूपमा खेलकुदमा पनि विद्यार्थीहरूलाई सहभागी  गराउन उनले आग्रह गरे ।     सो प्रतियोगितामा सटपुट, हाईजम्प, लङजम्प, ट्रिपल जम्प, ज्याब्लिङ थ्रो, भलिबल, कबड्डी, दौडलगायतका खेल रहेका जनाइएको छ । जिल्ला खेलकुद विकास समिति बाराको आयोजनामा सो प्रतियोगिता भएको हो ।     उक्त प्रतियोगितामा गौरीशड्ढर उच्च मावि निजगढ–८, सार्वजनिक मावि निजगढ, जनजागृति उच्च मावि सखुवाघाट सहभागी रहेका छन् । निर्णायकमण्डलमा तसिरूद

२०७२ फागुन १६ गते आइतवारको प्रतीक दैनिक

२०७२  फागुन १६ गते  आइतवारको प्रतीक दैनिक

शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण

प्रस, पथलैया, १५ फागुन/     फागुन २० गतेदेखि हुन लागेको रूस्लान सातौं सिमरा गोल्डकपको अवसर पारेर नव जनजागृति युवा क्लबले शनिवार सिमरामा निश्शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । आशाराम अस्पताल वीरगंजको सहयोग र विवेकशील नेपाली बाराको सहकार्यमा क्लबले निश्शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।     सिमरास्थित सिमरा कलेजमा आयोजना गरिएको शिविरमा २५० जनाभन्दा बढी सर्वसाधारणले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा आशाराम अस्पतालका अध्यक्ष एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. अशोक दास, फिजिसियन डा. उदयनारायण सिंह, डा. ओमप्रकाश साह, सर्जन डा. इमामुल हक, स्त्रीरोग विशेषज्ञ डा. ममता चौकीकर साह, स्वास्थ्यकर्मी सिमरन क्षेत्री र ज्ञानेन्द्र ठाकुर सम्मिलित टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । सो शिविरमा सिमरासमेत डुमरवाना, पथलैया, जीतपुर, अमलेखगंजका सर्वसाधारण आएका थिए । शिविरमा आवश्यक औषधि निश्शुल्क वितरण गरिएको थियो ।     शिविरको उद्घाटन अस्पतालका अध्यक्ष डा. अशोक दासले गरेका थिए । सो अवसरमा उनले सहज उपचारको सुविधा दिने उद्देश्यले शिविरको आयोजना गरिएको बताए । सिमरा कलेजका सञ्चालक मुकुन्दबहादुर क्

नारी दिवसमा महिलामात्रको सहभागितामा रक्तदान हुने

प्रस, वीरगंज, १५ फागुन/     ब्लड डोनर्स एसोसिएसन वीरगंज अन्तर्गतको वुमन फर ब्लड र नर्सिङ एसोसिएसन अफ नेपाल पर्साको संयुक्त आयोजनामा यही फागुन २२ गते नारी दिवसको अवसर पारेर दोस्रोपटक महिलामात्रको सहभागितामा रक्तदान कार्यक्रम हुने भएको छ । वुमन फर ब्लडले स्थानीय हिमाञ्चल केबिनमा शनिवार पत्रकार सम्मेलन गरी फागुन २२ गते नारी दिवसको अवसर पारेर रक्तदान गर्न लागेको संयोजक मायामितु न्यौपानेले जानकारी गराइन् । उनले   देशमैं महिलामात्रको सहभागितामा गरिएका रक्तदान कार्यक्रमहरूमा २०७२ जेठ ३० गते वीरगंजमा पहिलोपटक भएको रक्तदान कार्यक्रम सर्वाेत्कृष्ट भएकोले नारी दिवसको अवसरमा पुन: रक्तदान गर्न लागेको बताइन् ।     रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धरले रगतको माग महिलाहरूमा बढी हुने भएको तर रक्तदानमा उनीहरूको सहभागिता एकदमै न्यून रहेकाले रक्तदानमा महिलाहरूको सहभागिता वृहत् पार्ने अभिप्रायले महिलामात्रको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको बताए । उनले ग्रामीण क्षेत्रका महिलाहरूमा रक्तादान गर्नुपर्छ भन्ने चेतना जागृत गराउन नसकिएकोले त्यस क्षेत्रका महिलाहरूलाई रक्तदान कार्यक

तराई–मधेसको अधिकार युवाहरूले नै स्थापित गर्ने – नेता सोनल

Image
प्रस, कलैया, १५ फागुन/     तराई–मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जीतेन्द्र सोनलले तराई–मधेसको अधिकार युवाशक्तिले नै स्थापित गर्ने बताए ।     कलैयामा शनिवार सम्पन्न तराई–मधेस लोकतान्त्रिक पार्टीको भ्रातृ स·ठन तराई–मधेस युवा फ्रन्टको जिल्ला युवा भेला एवं प्रशिक्षण कार्यक्रममा नेता सोनलले देशमा परिवर्तनका लागि युवाहरूको भूमिका अपरिहार्य रहेको बताए । उनले मधेसको मुक्तिका लागि युवाहरू जाग्नुको विकल्प नरहेको पनि बताए । अधिकारका लागि ठूलो आन्दोलनको तयारी भइरहेको खुलासा सोनलले गरे । उनले आन्दोलन विश्वव्यापीरूपमा पुगिसकेको हुँदा अब आन्दोलन कसैले रोकेर पनि नरोकिने दाबी गरे । नेपालका प्रधानमन्त्रीलाई पनि तराई–मधेसको समस्या समाधान गर्न निकै दबाब आउन थालेकाले तराई–मधेसको मुद्दा सम्बोधन गर्न आफूहरूले पनि सरकारलाई बाध्य पार्ने उनले बताए ।     तराई–मधेस युवा फ्रन्टका जिल्ला अध्यक्ष बृजकिशोर साहको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका जिल्ला अध्यक्ष नवलकिशोर सिंह, पार्टी प्रवक्ता अरूणकुमार सिंह, महिला नेत्री पिड्ढी यादव, नेताहरू गोपाल ठाकुर, हरेन्द्र यादव, शम्भु गुप्तालगायतले मन्तव्य व्यक्त गरेका

भ्रमणले चिर्न नसकेका विरोधाभास

Image
ओमप्रकाश खनाल     आन्तरिक राजनीति र निकट छिमेकी भारतसितको सम्बन्ध अझै सङ्ग्लिएको छैन । संविधान निर्माणसँगै तराई–मधेसमा शुरू भएको आन्दोलन र त्यसैको बहानामा लगाइएको नाकाबन्दीका आयामहरूले जेलिएको अर्थराजनीतिक र सामाजिक दिनचर्या सामान्य गतिमा फर्किने प्रयत्न अन्योलमा रुमलिएको छ । आन्दोलनका आलाप र आपूर्तिका अवरोधहरू कायमै छन् । अत्यावश्यकीय वस्तुहरूको उपलब्धता अपेक्षित छैन । मधेसवादी राजनीतिक पार्टीले आन्दोलनको घुर्की छाडेका छैनन् । फरक मात्र ओज र परिमाणको मात्रै हो ।     आन्दोलन र दुई देशबीचको तिक्ततापूर्ण सम्बन्धले बनाएको गाँठो फुकाउन दिल्ली हान्निएका प्रधानमन्त्री केपी शर्मा ओली सम्बन्ध सुध्रिएको घोषणा गर्दै स्वदेश फिरिसकेका छन् । भारतसितको सम्बन्ध सुधारमा ढुक्क हुने आधार भने देखा परेको छैन । न आन्तरिक राजनीतिक किचलो समाधानको रूपरेखा नै प्रस्ट छ । बरु प्रधानमन्त्री फर्किएलगत्तै आपूर्तिमा असहजता थपिएका समाचार आएका छन् । यस्ता खबरहरू केही ठालूहरूको आर्थिक दुनो सोझ्याउने चालबाजीका उपजमात्रै होइनन् भने सहज सम्बन्धलाई सङ्केत गर्दैन ।     नेपालले नयाँ संविधानले भारतीय संस्थापनका रुचिलाई ठाउँ

अनन्तमा निवास

    नीलोज्ज्वल आकाश असीम छ । प्रकृतिको शोभा मनोरम छ । यस्तो कुनै स्थान छैन, जहाँ हामी विस्तृत आकाशलाई हेर्न सक्दैनौं । जता हेर्‍यो, त्यहाँ यसैको शोभाको अनौठो छटा फैलिएको छ । प्रकृतिको यस्तो अनुपम दृश्यलाई हेरेर हामी मुग्ध हुन्छौं । हाम्रो रौं–रौं आनन्दले निमग्न हुन्छ । यस्तो सौन्दर्यशालिनी आनन्दप्रदात्री प्रकृतिको बीच रहेर हामी आनन्दको चर्चा नगरे कसको गर्ने, तर यसको साथै थोरै कठिनता पनि छ । हाम्रो बाहिर प्रकृतिको स्थूल सौन्दर्य छ । हामीलाई थरीथरीका सुन्दर शरीर, अनेक प्रकारका विचित्र वस्तुले आकर्षित गर्छन् तर हामीसँग सूक्ष्म आनन्द पनि छ, जुन स्थूल सौन्दर्यभन्दा बढी आकर्षक छ । स्थूल वस्तुलाई हामी हेर्छौं, सम्झिदैनौं, यसै कारण त्यसतर्फ हाम्रो मन शीघ्र दौडिन्छ । सूक्ष्म वस्तु मनको भित्र समाहित रहन्छ । त्यसमा निवास गर्नको लागि बुद्धिको आवश्यकता हुन्छ, स्थूल पदार्थबाट मनलाई हटाउन आवश्यक हुन्छ । सूक्ष्ममा निवास गर्नको लागि केवल एकमात्र उपाय यो हो कि तपाईं आपैंmलाई बिलकुलै बिर्सिदिनु र सदा एकै प्रतीत हुने आन्तरिक आनन्दमा डुब्ने । यस्तो होइन कि हामीमध्ये कोही पनि यसमाथि विश्वास गर्दैनन् तर केही

२०७२ फागुन १५ गते शनिवारको प्रतीक दैनिक

२०७२  फागुन १५ गते  शनिवारको प्रतीक दैनिक

सञ्चालक भागेपछि शोकमा बचतकर्ताको मृत्यु

Image
प्रस, वीरगंज, १४ फागुन/     वीउमनपा–१९ नगवा रेलवे सडकमा रहेको जनकल्याण उपभोक्ता सहकारी संस्था लि.ले आफूले बचत गरेको लाखौं रकम लिई फरार भएपछि शोकले एकजना बचतकर्ताको मृत्यु भएको छ ।     बचतकर्ता दुर्गा मुखिया बिनले आफूले बचत गरेको रकम सो सहकारीले लिएर फरार भएको सुनेपछि चिन्ताले निधन भएको उनकी पत्नी युगेश्वरीदेवीले बताइन् । कुम्हालटोल निवासी बिनकी पत्नी न्यायको लागि आज जिल्ला अदालत पुग्दा घटना सार्वजनिक भएको हो । शुक्रवारसम्म सो सहकारी राम्रैसँग सञ्चालनमा रहेको तर शनिवार एक्कासि फरार भएको खबर सार्वजनिक भएपछि उनी बेहोस भएका थिए । बेहोसीकै क्रममा पतिको आइतवार बिहान मृत्यु भएको पत्नी युगेश्वरीले प्रतीकलाई बताइन् ।     सानो पसलको कमाइबाट भविष्यको लागि केही रकम त्यस सहकारी संस्थामा बचत गरेकोमा एक्कासि सो सहकारी रकम लिएर फरार भएको थाहा पाएपछि बिन बेहोस भएको पत्नी युगेश्वरीले दु:खेसो पोखिन् ।     घरनिर्माणको लागि विगत १४ वर्षदेखि अलिअलि बचत गरी सो सहकारी संस्थामा साढे ३ लाख रुपैयाँ बिनले बचत गरेका थिए ।     बिनले २०७१ चैत २३ गते ८० हजार र २०७२ जेठ २७ गते १ लाख ६० हजार  रकम ५ वर्षका लागि म

नेपाली काङ्ग्रेस बाराको सभापतिमा देउवा पक्षका चौरसिया विजयी

Image
सिकेन्द्र पासवान, कलैया, १४ फागुन/     नेपाली काङ्ग्रेस बाराको सभापतिमा जयचन्द्र चौरसिया निर्वाचित भएका छन्। चौरसिया देउवा पक्षका हुन् । उनले ५ सय ३७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी संस्थापन पक्षका रमानन्द यादवले ४ सय ६६ मत प्राप्त गरेका थिए । चौरसिया ७१ मतअन्तरले विजयी भएका हुन् ।     जिल्ला सचिवमा संस्थापनका मनोज भट्ट ६७ मतअन्तरले विजयी भए । उनले ४ सय ६७ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी गोपाल जैसवालले ४ सय ३ मत प्राप्त गरेका थिए ।     देउवा पक्षका चन्द्रशेखर यादवले ४८ मतअन्तरले कोषाध्यक्षमा विजय हासिल गरे । यादवको पक्षमा ४ सय ३६ मत आएको थियो भने संस्थापन पक्षका वीरेन्द्र यादवको पक्षमा ३ सय ८८ मत आएको थियो । त्यसैगरी स्वतन्त्र सचिवमा प्रभुनाथ राउतले ८२ मत प्राप्त गरेका थिए भने स्वतन्त्र कोषाध्यक्ष हरि थपलियाले १ सय ५९ मत प्राप्त गरेका थिए । त्यस्तै, १ हजार ५३ मत खसेकोमा ३५ वटा मत बदर भएको थियो ।      त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा रोशन यादव, गजानन्द यादव, हरेन्द्र यादव, शशिकान्त मिश्र, महिला सदस्य ईसरपतिदेवी  जिल्ला सदस्यमा निर्वाचित भएका छन् भने न

छोरीको हत्या आरोपमा दुई पिता पक्राउ

प्रस, वीरगंज, १४ फागुन/     १५ महिने अबोध बालिकाको हत्या आरोपमा पर्सा प्रहरीले बालिकाको दुईजना पितालाई पक्राउ गरेको छ ।     बारा जिल्ला घर भई आकेस्ट्रामा काम गर्ने अनीतादेवी सोनारिनको १५ महिने  बालिकाको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रवार अनीताका पूर्व पति देवेन्द्र यादव र वर्तमान पति सुनील यादवलाई पक्राउ गरेको हो ।     अनीताले बिहीवार साँझ साढे ५ बजे १५ महिने छोरी रूपालाई स्तनपान गराएर घरमा राखेकी थिइन् । रजतजयन्ती चोकको पूर्वतर्फ बाइपास सडकमा झुपडी पसल पनि सञ्चालन गर्ने अनीता पसलको काम सक्याएर राति साढे ९ बजे छोरी सुतेको कोठामा जाँदा छोरी त्यहाँ नपाएपछि हल्लीखल्ली गर्दै प्रहरीलाई खबर गरेकी थिइन् ।     बिहीवार रातिदेखि प्रहरीले बालिका रूपाको खोजी गर्दै आएकोमा शुक्रवार दिउँसो साढे तीन बजे मृत फेला पारिएको छ । वडा प्रहरी कार्यालय बिर्ताका प्रनि ऐनबहादुर मल्लले अनीताको पसलदेखि केही पर रूपा मृत फेला परेको बताए ।     उनले अनीताले पूर्व पति देवेन्द्रसँग वैवाहिक नाता तोडेर सुनीलसँग वैवाहिक जीवन बिताउन थालेपछि देवेन्द्रसँग मनमुटाव रहेको पता लागेको बताए  ।     अनीताको हालका पत

यौन तथा प्रजनन स्वास्थ्यबारे अन्तक्र्रिया

प्रस, वीरगंज, १४ फागुन/     सक्षम परियोजना कार्यक्रम अन्तर्गत श्रीराम चरित्र भगत उच्च माध्यमिक विद्यालय पकाहाँ मैनपुरमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अन्तक्र्रिया कार्यक्रम शुक्रवार सम्पन्न भयो ।     सक्षम परियोजना कार्यक्रम एक्सन एड इन्टरनेशनल नेपाल र दिव्य युवा क्लब बिरन्चिबर्वाले संयुक्तरूपमा सञ्चालन गरिरहेको छ ।     दिव्य युवा क्लबका अध्यक्ष  देवनाथ ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा सो क्लबका कार्यक्रम प्रमुख रामाकान्त पटेल र सामाजिक परिचालक वीरेन्द्र ठाकुरले कार्यक्रमको विविध पक्षबारे प्रकाश पारेका थिए । कार्यक्रममा विद्यालयका छात्रछात्राहरूले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्याबारे जिज्ञासा राखेका थिए ।

यादवको शव फेला पर्‍यो

सिकेन्द्र पासवान, कलैया, १४ फागुन/     विगत १० दिनदेखि हराइरहेका रौतहट  जिल्ला सन्तपुर दोस्तिया गाविस–७ निवासी पुनदेव यादवको शुक्रवार शव फेला परेको छ ।     मनहर्वा गाविस–५ मझैलिया पिप्राटोलको खोलामा गाडिएको अवस्थामा यादवको लास फेला परेको प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले जानकारी गराए ।     मृतक यादव र भोडहा गाविस–८ निवासी कृष्ण साह तेलीकी १९ वर्षीया छोरी प्रियड्ढा साहले फेसबूकबाट प्रेम गरी विवाहसमेत गरेपछि दुवैजनाको परिवारले आपसी सहमतिमा दुवैबीच छोडपत्र गराएको प्रहरी उपरीक्षक उप्रेतीले बताए ।     फागुन ४ गते प्रियड्ढाले फोन गरी मृतक यादवलाई भोडहा भेट्न बोलाएकी थिइन् । त्यही दिनदेखि भाइको अवस्था अज्ञात रहेको मृतकका दाजु हितलाल यादवले फागुन १३ गते कलैयामा पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए ।     भोलिपल्ट १४ गते काकाको लास फेला परेकोले निकै शड्ढा उब्जाएको मृतकका भतिजा मदन यादवले बताए ।     यता प्रियड्ढाका बुबा, दाइ, भाइ, आमालगायत सबैजना घरमा ताला लगाइ फरार रहेका प्रहरीले जानकारी गराएको छ । उनीहरूको खोजतलास भइरहेको प्रउ उप्रेतीले बताए । लासको परीक्षण भएपछि तथ्य कुरा बाहिर आउने प्रउ उप

मधेस आन्दोलनको उपलब्धि र अवस्था

Image
वैद्यनाथ ठाकुर     मधेसको आन्दोलन जसरी व्यवस्थितरूपमा शुरू भयो, त्यसरी नै औपचारिकरूपले समाप्त हुन सकेन । साउन महिनादेखि शुरू भएको मधेस आन्दोलन माघको अन्तिम हप्तासम्म चल्यो । आमहडतालको चालीस दिनपछि नेपाल सरकारको दमनात्मक व्यवहार, द·ाग्रस्त क्षेत्र घोषणा र निषेधाज्ञाले हायलकायल भएपछि आन्दोलनरत मोर्चाले कुनै विकल्प नदेखेर बाध्य भई दक्षिणी सीमामा गएर नाकाबन्दीको घोषणा गर्नुपर्‍यो । संसारमा यति लामो नाकाबन्दी र आमहडताल जनस्तरबाट चलेको शायद कतै पनि नहोला । नेपालमा हुने गरेका घटनाहरू आपैंmमा चमत्कारी र अद्वितीय हुने गर्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदाममा सयकडौं त्रिपाल अझै पनि त्यसै लावारिस अवस्थामा छन् तर भूकम्पपीडितहरूले त्रिपाल नपाएर खुला आकाशमा झरी र चिसो खाएर दिनरात काट्न बाध्य  छन् ।     यति बेला नेपाली राजनीतिमा सड्ढट र चुनौती थपिएको छ । राज्यसत्ता जसको हातमा हुन्छ, उनीहरूले शान्तिपूर्ण आन्दोलनलाई विदेशीको चाल भनेर अथ्र्याउनु कुनै नयाँ कुरा होइन । सत्ताविरुद्धको विद्रोहलाई आतड्ढवादी भन्नु र सोही अनुसारको व्यवहार जनसाधारणसँग गर्नुले पनि विशेष अर्थ राख्दैन । बलियोले जे ग

यातायात व्यवस्थाको अवस्था

    यातायात नागरिकको जीवनसँग प्रत्यक्षरूपमा जोडिएको आवश्यकता हो । मानिसको नियमित क्रियाकलाप यातायातको कारण प्रभावित हुन्छन् । अब त मानवको जन्म र मृत्युमा पनि यातायाको महत्त्वपूर्ण भूमिका रहने भएको छ । जहाँ यातायातको राम्रो सुविधा र सहज उपलब्धता छ, त्यहाँका गर्भवतीहरू भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्न सक्छन् । जहाँ यातायातको असुविधा छ, त्यहाँका गर्भवतीहरू प्रसूति व्यथाले छटपटिंदासमेत भरपर्दो सेवा पाउँदैनन् र अकाल मृत्यु हुन्छन् । यातायातको उपलब्धताको कारण ज्यान गुमाउनेहरू पनि कम छैनन् । ज्यान जाने धेरै कारण छन् । अक्षम सवारी चालक मुख्य कारण हो । सक्षम सवारी चालकसमेत अक्षम सवारी चालकको कारण असुरक्षित छन् । मानवको ज्यान सुरक्षित हुन सडकमा सवारी चलाउने प्रत्येक सवारी चालक सक्षम हुनुपर्छ । चालक अनुमतिपत्र दिने कार्यालय सही भए मात्र अक्षमको हातमा सवारी लाइसेन्स पुग्दैन । यति संवेदनशील विषयसँग जोडिएको जिम्मेवार निकाय यातायात व्यवस्था कार्यालयको चाला भने अव्यवस्थाले लथालि· छ ।     सार्वजनिक सरोकारका कार्यालय पारदर्शी छैनन् वा सेवाग्राहीको सहज पहुँच जहाँ छैन, त्यस्ता कार्यालयहरूमा टेबलमुनि र

पाण्डवहरूको अज्ञातवास– १५

Image
उमाशङ्कर द्विवेदी     मत्स्यराज विराट गाईहरूलाई मुक्त गराउनको लागि त्रिगर्त सेनातर्फ गएपछि दुर्योधनले मौका छोपी आफ्ना मन्त्रीहरूका साथमा विराटनगरमाथि आक्रमण गरिदिए । भीष्म, द्रोण, कर्ण, कुप, अश्वत्थामा, शकुनि, दु:शासन, विविंशति, चित्रसेन, विकर्ण, दुर्मुख, दु:शल तथा अन्य अनेकौं महारथिहरू दुर्योधनका साथमा थिए । कौरव वीरहरूले विराट राजाका साठी हजार गाईलाई चारैतिरबाट आफ्ना रथहरूको पङ्क्तिले घेरेर लग्न थाले । उनीहरूलाई रोकेपछि मारकाट हुन थालेपछि गोठालाहरू कौरव वीरहरूको सामुन्ने अडिन सकेनन् तथा उनीहरूबाट चुटिएर रुन कराउन थाले । गोठालाहरूको नाइके रथमा सवार भई अत्यन्त दीनझैं रुँदै कराउँदै नगरमा आए । ऊ सरासर राजमहलको ढोकामा गई रथबाट ओर्लेर भित्र गयो । त्यहाँ उसले विराटको पुत्र भूमिञ्जय (उत्तर)लाई पायो । गोठालाका नाइकेले उनैलाई सम्पूर्ण समाचार सुनायो तथा भन्यो– राजकुमार, तपाईंका साठी हजार गाईलाई हरण गरेर कौरवहरूले लग्दै छन् । यस बेला महाराजाले आफ्नो अनुपस्थितिमा तपाईंलाई नै यहाँको प्रबन्ध सुम्पेर गएका छन् । राजसभामा तपाईंको प्रशंसा गर्दै राजाले भन्ने गर्दथे– मेरो यो कुलदीपक पुत्र मेरै अनुरूप त

धरणी–गर्भभित्र आत्तिंदाको आनन्द

– सञ्जय साह मित्र     धरतीलाई हिन्दूहरूले माताको संज्ञा पनि दिएको पाइन्छ । धर्मले मान्ने गरेको पाँच मातामध्ये धरती अर्थात् धरणीको नाम पनि आउँछ । कतिपयले माटोको शरीर माटोमा मिल्नुलाई आमाको काखमा गएको पनि भन्दछन् । अझै पनि संसारमा कैयौं मानिस ओडारमा धरतीले बनाइदिएको घरमा नै बसेको सुनिन्छ । नेपालमैं पनि यस किसिमको अवस्था रहेको नसुनिएको होइन ।     सय पाइलो जति धरतीभित्र पस्यौं । एक/एक पाइलो सिंढीलाई नाप्दै धरतीको गर्भभित्र पस्दै गर्दा उत्साह र उत्सुकताले मनहरू भरिएका थिए । चौवन्न थान मनहरू एक साथ चमेरे गुफाभित्र पस्दै गर्दा कोलाहलले झन् उत्सुकताको बैलुनलाई फुलाइरहेको थियो । गर्भभित्रको आकाशभरि चमेराहरू आकाशमा खुट्टा टेकिरहेका थिए । अघि टिकट किनेर भित्र छिर्ने बेलामा हरेक दुई जोडा आगन्तुकलाई अँध्यारोमा बाटो देखाउन सजिलो पार्न दिइएको साझा टर्चलाइटको शक्तिले चमेराहरूले उँधोमुन्डो लाएको आकाशलाई राम्ररी देखाउन असफल भइरहेको थिएन । हरेकको हातमा रहेको मोबाइलको उज्यालोले त झन् असमर्थता प्रकट गरिरहेको थियो । तर दर्जनौं मोबाइलका आँखा र टर्चलाइटको प्रकाशले संयुक्त सहकार्य गर्दा भने चमेराका केही अनुहार

मानिस सुत्दा किन घुर्छ ?

– विपी लामिछाने     मानव शरीरको लागि निद्रा नभई नहुने तत्त्व हो । यो मानव शरीरको लागि अपरिहार्य नै छ । निदाइसकेपछि केही मानिस घुर्ने पनि गर्दछन् । कसैको त घुर्ने बानी नै परेको हुन्छ भने कसैले चाहिं बेला बेलामा मात्र घुर्ने गर्दछन् । घुर्ने बानी मानिसको लागि एउटा जोखिम रोग नै भइसकेको पाइन्छ ।     हाम्रो गाउँघरतिर वा हाम्रो समाजमा भएका केही मानिसहरू निद्रामा हुँदा घुर्ने गर्दछन् । मानिसहरू किन निद्रामा घुर्छन् ? यो एउटा चासोको विषय बनेको छ । हालसम्म पनि यस घुराइको अचूक औषधि पत्ता लागिसकेको छैन । घुर्ने रोग भएका रोगीहरूलाई उपचारद्वारा निको बनाइएका प्राय:जसो बच्चाहरू नै पर्दछन्, जो टन्सिल वा ब्मभलयष्मक अर्थात् घाँटी र नाकको भित्री भागको अन्तिम छेउमा हुने स्पन्ज जस्तै: त्ष्ककगभ को कारणले बोल्न र श्वास फेर्नसमेत गाह्रो पर्ने कारणबाट ग्रसित थिए । वयस्कहरूको भन्दा बच्चाहरूको मुख र स्वरग्रन्थिबीचको खाली भाग ९ल्बकब िएजबचथलह०ले कम स्थान ओगटेको हुन्छ । सुन्निएको वा ठूलो ब्मभलयष्मक को कारणले श्वासनली साँघुरिन जाँदा घुराइ निस्कन्छ ।     सामान्य उपचारबाट निर्मूल पार्न सकिने यस प्रकारको घुराइ भने मानि