प्रस, वीरगंज, १३ माघ/
सदरमुकामबाहेक पर्सा जिल्लाका ३३ गाविसमा सञ्चालित बर्थिङ सेन्टर अहिले धमाधम बन्द हुन थालेका छन् ।
ग्रामीण क्षेत्रको प्रमुख पोखरिया अस्पतालमा आजदेखि बर्थिङ सेन्टर सेवा पूर्णरूपले ठप्प भएको छ । मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाको एकल हैकमवादी तथा वनवे अनमि र स्टाफ नर्सको सरुवा गरेको कारण पोखरिया अस्पताललगायत ग्रामीण क्षेत्रका अधिकांश बर्थिङ सेन्टर बन्द हुन पुगेका हुन् ।
ग्रामीण क्षेत्रको प्रमुख पोखरिया अस्पतालमा आजदेखि एक्कासि बर्थिङ सेन्टर बन्द भएपछि समस्या भएको स्थानीय बद्री चौरसियाले बताए । पोखरिया अस्पतालमा ६ जना स्टाफ नर्स, ३ जना अनमिको एकैचोटी क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाले एकोहोरो सरुवा गरेपछि कर्मचारी नभएको कारण बर्थिङ सेन्टर बन्द भएको मेसु डा. रोशन चौरसियाले बताए ।
यस भेगमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य निर्देशनालयले सरुवा गरे पनि सो स्थानमा कसै नपठाउँदा सेवा बन्द भएको उनले बताए । पोखरियामा कार्यरत शुभेच्छा चापागाई, मीना पासवान, दीपा भण्डारी, पुष्पा ओलीलगायतको सरुवा भएको छ । सरुवा भएकामध्ये सबैजना रवाना लिएर गएका तर अनमि दीपिका सिंह आपैंm गर्भवती भएपछि उनी पनि बिदामा बसेपछि सेवा बन्द भएको हो । त्यहाँ दैनिक २० देखि २५ वटा सुत्केरी हुने गरेको मेसु चौरसियाको भनाइ छ । पर्सा जिल्लामा ३४ जना अनमि तथा स्टाफ नर्सको सरुवा मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले गरेको थियो । सो ठाउँमा अहिलेसम्म कसैलाई पठाइएको छैन । ल·डी, कौवा वनकटैया, मुडली, सम्भौता, धोबिनीलगायत अन्य गाविसमा पनि एक साताअघि नै बर्थिङ सेन्टर बन्द भएको थियो ।