$type=ticker$count=12$cols=4$cate=0

‘मह काट्नेले हात चाट्छ’ भन्नु भ्रष्टाचारलाई बढावा दिनु हो

SHARE:

वैद्यनाथ ठाकुर
    परिवर्तन संसारको शाश्वत् नियम हो । यो ब्रह्माण्डमा अपरिवर्तनीय केही पनि छैन । परिवर्तनकै अर्को नाम हो, विकास । प्रकृतिको निरन्तर परिवर्तनको चरित्रले गर्दा असङ्ख्य आकाशग·ाभित्रको एउटा आकाशग·ा, जसमा अनगिन्ती ताराहरू छन् । त्यसभित्र हाम्रो सूर्य परिवारको विकास भएको हो । सूर्य परिवारमा पृथ्वी र पृथ्वीमा जीवजगत् तथा जीवजगत्भित्र स्तनधारी जीव र स्तनधारीमा मानवको विकास हुनु परिवर्तनको अति उच्चतम रूप हो । मानव जो बाँदरबाट विकास भएर धर्तीमा देखा पर्‍यो, त्यसले आफ्नो अस्तित्वलाई कायम गर्न निकै सङ्घर्षहरू गर्नुपर्‍यो । भनिन्छ, ‘परिपरि आउँछ, टरिटरि जान्छ ।’  ज·लदेखि मानव विकासको यात्रा आधुनिक मानवसम्म आइपुग्दा निकै चुनौती र सम्भावनाले भरिएको थियो । प्राकृतिक प्रकोपको अगाडि निरीह मानव समयको परिवर्तनसँगै आफूलाई प्रकृतिसँग अनुकूल बनाएर बाँच्न तथा आफ्नो छुट्टै पहिचान कायम गर्न निकै जोखिमपूर्ण अवस्थाहरूमा आफ्नो बुद्धिको प्रयोग गर्‍यो । यस यात्रामा मानिसलाई सबैभन्दा बढी सहयोग गर्‍यो, उसको विकसित हुँदै गएको दिमागले । आफ्नो निरन्तरको परिष्कृत दिमागकै कारण एकातिर अनेकौं प्राकृतिक रहस्यमाथिको पर्दा उठाउन सफल भयो भने अर्कोतिर आफूद्वारा निर्मित हतियार (औजार)ले प्रत्येक चुनौतीलाई सहज बनाउन सफल भयो । यसैक्रममा मानव समाजभित्र विभिन्न किसिमका समाजहरू देखा परे । मानिसहरू खानको लागि मूलत: शिकार र फलफूलमैं आधारित थिए । पछिका दिनमा ज्ञानको प्रकाशमा खेती, उद्योगसम्म आधुनिक मानव पुग्न सफल भए । यति बेलासम्म आइपुग्दा विज्ञान र प्रविधिले मानवलाई ब्रह्माण्डमैं एक चमत्कारी जीव बनाइदिएको छ ।
    राज्यको विकाससँगै मानव समाजमा सामूहिक जिम्मेवारीको दायित्व पहिलेभन्दा बढी थपिएको थियो । सम्पूर्ण साधनस्रोत राज्यको अधीनमैं रहने भएपछि समुदायको हितमा त्यसको प्रयोग गर्नुभन्दा व्यक्तिगत हितमा बढी प्रयोग हुन थालेपछि त्यसको चौतर्फी विरोध हुनु स्वाभाविकै थियो र छ पनि । यस अर्थमा शासकहरू दिन प्रतिदिन साधनस्रोतमाथि आफ्नो कब्जा जमाउन निरङ्कुश हुँदै गए र जनताहरू प्रतिरोध गर्न स·ठन निर्माणमा लाग्ने अवस्था उत्पन्न हुँदै गयो । शुरूशुरूमा विरोध शान्तिपूर्ण रहे तापनि पछिल्ला दिनहरू हिंसक दमनले थप हिंसक प्रतिरोधलाई निम्त्यायो र सशस्त्र विप्लवसमेतको अवस्थाहरू देखिन थाल्यो । समाज विकासको यस कालखण्डमा शासकहरूले केवल भौतिक हतियारको माध्यमले आफ्नो हितमा कानुन बनाएर ब्रह्मलुट मचाएन बरु प्रतिरोध गर्नेहरूलाई दुश्मन सरहको व्यवहार पनि गर्दै गयो । जसले गर्दा समाजभित्र कतिपय मामिलामा गृहयुद्धको अवस्था नै देखियो र भयो पनि जुन अझै कायम नै छ । शासकहरूले व्यापक जनसाधारणहरू जो नागरिकसम्मको श्रेणीमा थिएन, उनीहरूलाई उनीहरूले भोगिरहेको दु:ख, पीडा र चरम गरिबी तथा अभावलाई पूर्वजन्मको पाप, ईश्वरीय श्रापजस्ता कुराहरूसँग गाँसेर विभिन्न धार्मिकग्रन्थहरूलाई समाजभित्र आध्यामिकताको नाउँमा पस्किन थाल्यो । यसले गर्दा हाम्रो समाजमा शासकहरूको लुटखसोटविरुद्ध ईश्वरले नै फैसला गर्ने, दण्ड दिने जस्ता भावना प्रबलरूपमा अगाडि सार्न लगायो भने अर्कोतिर उनीहरूले आफ्नो अनुकूलको उखान टुक्काहरू पनि कथन लगाइ प्रचारप्रसार गराए । यस्तैमध्येको एक उखान हो– मह काट्नेले हात चाट्छ । वास्तवमा यो उखान हेर्दा वा सुन्दा सामान्यजस्तो देखिन्छ । हो त नि मह काटेपछि हात त चाट्नै पर्‍यो नि । तर वास्तवमा यसभित्र भ्रष्टाचारलाई बढावा दिने गन्ध रहेको छ ।
अनियमितता भनेको अनियमितता नै हो । त्यो सबै दृष्टिकोणले वर्जित छ तर यस उखानले नजानिंदो गरी भ्रष्टाचारलाई वैधता प्रदान गर्ने कोशिश गरिरहेको छ । एकचोटि नेपाली काङ्ग्रेसका सन्त नेता प्रधानमन्त्री भएको बेला पर्सा जिल्लामा भ्रमण अनुगमनको सिलसिलामा आउँदा जिल्ला प्रशासन कार्यालय, पर्साको हलमा जिल्लाभरिका कार्यालय प्रमुखहरूलाई विशेष निर्देशन अन्तर्गत तपाईंहरूलाई भात खान तलब सरकारले दिएकै हो तर त्यसले तरकारी खान पुग्दैन । तरकारी खानलाई अलि अलि तलमाथि गर्दा हुन्छ, त्यसलाई घूस मानिंदैन । त्यति बेला यो विषयले वीरगंजका छापाहरूमा निकै ठूलो स्थान पाएको थियो । छापावाल सबै मिडियाले प्रमको यो कथनलाई नै प्रमुख समाचार बनाएको थियो । हो त्यही आशयको उखान हो– ‘मह काट्नेले हात चाट्छ ।’
    हामी सबैलाई थाहा भएकै विषय हो । कोही पनि सित्तैमा मह काट्न आउँदैन । त्यसको लागि उसले ज्याला पाएकै हुन्छ, अनि हात किन चाट्ने ? सबै कार्यालयका कर्मचारीहरू वा मन्त्रालयका मन्त्रीदेखि उच्च पदस्थ कर्मचारीहरू, सुरक्षा निकाय, न्यायपालिका, क्याम्पसका पदाधिकारीहरू वा विद्यालयका आदरणीय हेडसरहरू सबैलाई नेपाल सरकारले तोके बमोजिमको तलब, भत्ता, सुविधा दिएकै छ । अनि हात चाट्ने कुरा किन ? यदि सम्बन्धित व्यक्तिलाई तलबभत्ताले पुग्दैन भने सो पदलाई किन आफ्नो अजीविकाको वृत्ति बनाउने ? बरु पुग्ने गरी अर्कै पेशा, व्यवसाय वा जागिर गरे भैहाल्यो नि १
    हामी सबैलाई थाहा छ, राणाहरूको एक सय चार वर्षे शासनकालभन्दा पञ्चायतको ३२ वर्षे शासनकाल बढी भ्रष्ट थियो । पञ्चायतको निर्दलीयताभन्दा १४ वर्षे बहुदलकाल महाभ्रष्ट थियो । अहिलेको नौ वर्षे गणतन्त्रको अन्तरिमकाल झन् भ्रष्टाचारमा सबै काललाई उछिन्न सफल भएको समाचार हालै ट्रान्सपरेन्सी नेपालले प्रकाशित गरेको रिपोर्टमा देखिएको छ । संसारभरिकै भ्रष्ट देशहरूमा नेपाल साबिकको भन्दा चार अड्ढ झन् माथि चढेको छ । 
    नेपाल प्राकृतिक साधन र स्रोतको अर्थमा संसारकै अति सुन्दर र धनी देश हो । तर राजनीतिक अस्थिरता, आन्दोलन, बन्द, हडताल र चरम गरिबीको अर्थमा संसारकै दोस्रो गरिब देश हो । हाम्रो गरिबीको मुख्य कारण अरू केही नभएर मुलुकको प्रत्येक निकायमा व्याप्त व्यापक भ्रष्टाचार नै हो । भ्रष्टाचार नियन्त्रण गर्ने नियामक निकायभित्र पनि भ्रष्टाचार छ भन्दा हामी आपैंm अनुमान लगाउन सक्छौं हाम्रो देशमा भ्रष्टाचार कति धेरै सुरुचिको परिकार हो । आजसम्म देश विकास र जनताको उत्थानको नाममा जेजति रकम ऋण, अनुदान तथा सहयोग आयो, त्यसलाई इमानदारीपूर्वक सो शीर्षकमा खर्च गरिएको भए, यति बेला नेपाल संसारकै आत्मनिर्भर, स्वावलम्बी तथा स्वाभिमानी देशहरूमध्येको एक हुने थियो भन्दा कुनै अतिशयोक्ति नहोला । नेपालमा प्राय: मानिसको प्रत्येक क्षेत्र, पेशा, सेवामा लाग्नुको एउटै अर्जुनदृष्टि हो, सम्पत्ति आर्जन गर्नु र त्यो पनि सजिलो तरिका भ्रष्टाचारबाट । त्यसैले भ्रष्टाचारमुक्त समाज बनाउन वा भ्रष्टाचारलाई न्यून गर्न अब हामीले मह काट्नेले हात चाट्नुपर्छ जस्ता उखानलाई प्रचारप्रसार गर्नुभन्दा तिरस्कार र बहिष्कार गर्न जरुरी छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : ‘मह काट्नेले हात चाट्छ’ भन्नु भ्रष्टाचारलाई बढावा दिनु हो
‘मह काट्नेले हात चाट्छ’ भन्नु भ्रष्टाचारलाई बढावा दिनु हो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg41Mhz7B8BahLU31lL8kRZkhCU_dNgRCE6XKkfTqMlhWQXQBgNxSvBSZqHYGoHpf7Lj2O0_r1kKYUF9lQoh5_bIO3j3WCBh6vXSjxzwv1-bxVkRRAm9jtxfXvp8Raj7JQulQZ8gyYXr64/s200/baidnath+takur.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg41Mhz7B8BahLU31lL8kRZkhCU_dNgRCE6XKkfTqMlhWQXQBgNxSvBSZqHYGoHpf7Lj2O0_r1kKYUF9lQoh5_bIO3j3WCBh6vXSjxzwv1-bxVkRRAm9jtxfXvp8Raj7JQulQZ8gyYXr64/s72-c/baidnath+takur.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/01/blog-post_855.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/01/blog-post_855.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy