प्रस, रौतहट, १३ माघ/
राष्ट्रिय मानव अधिकार आयोगको टोलीले आज गौरमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
आयोगका उपनिर्देशक सूर्यबहादुर देउजाको नेतृत्वमा रौतहट आएको तीन सदस्यीय टोलीले मधेस आन्दोलनको क्रममा मृत्यु भएको व्यतिmहरूबारे छानबिन परिवारजनसँग भेटेको थियो । निरीक्षणको समीक्षा आज नेपाल पत्रकार महासङ्घ रौतहटको सभाहलमा अन्तक्र्रियामार्फत् गरिएको हो । सो अवसरमा नेपाल नागरिक समाजका सचिव तथा जेष्ठ नागरिक सङ्घका जिल्ला अध्यक्ष विजयकिशोर झा, नागरिक समाजका गौरीशड्ढर मिश्र, नेपाल बार एशोसिएसनका जिल्ला अध्यक्ष अनुरुद्ध बैठा, नेपाल बार एशोसिएसनका जिल्ला सचिव सुरेश तिवारी, कानुन व्यवसायी सञ्जीवकुमार मल्लिक, नेपाल पत्रकार महासङ्घ, रौतहट शाखाका जिल्ला अध्यक्ष शैलेन्द्र गुप्ता, सल्लाहकारद्वय शैलेन्द्र झा र प्रभात झा, उपाध्यक्ष जयप्रकाश यादव, राजदेवी एफएमका राकेश यादव, बज्जिका वाणीका दिनेश यादव, पत्रकार रमेश सिंह, राकेश यादव, कान्तिपुर टेलिभिजनका रौतहट संवाददाता रमेश ठाकुर, रौतहट एफएमका धर्मेन्द्र साह, गोरखापत्र दैनिकका रौतहट संवाददाता सञ्जय मिश्र, महिला गीता देवीलगायतले मधेस आन्दोलनमा अधिकतम बल प्रयोग भएको र मधेसीमाथि दमन गरी अधिकारको आन्दोलन समाप्त पार्न स्थानीय प्रशासनले भूमिका खेलेको आरोप लगाएका थिए ।