$type=ticker$count=12$cols=4$cate=0

विचारको युद्धमा चेपिएको नेपाल

SHARE:

विश्वराज अधिकारी
    प्रथम वा दोस्रो विश्वयुद्ध वा अन्य विभिन्न युद्धहरू विगतमा केवल शक्तिका लागि भएका थिए । युद्धमा संलग्न हुने वा युद्धनायकहरूले युद्ध गर्नुको प्रमुख उद्देश्य कुनै खास क्षेत्र वा विश्वभरि नै शक्तिशाली हुनु थियो । आफ्नो शक्तिले थिचोमिचो कायम गर्नु थियो । तर अहिले जे जति युद्धहरू विश्वभरि मच्चिएका छन, यी सबै प्राय:गरी विचारका युद्धहरू हुन् । विचारका युद्धहरू अस्त्र, शस्त्रका युद्धहरूभन्दा झन बढी घातक एवं बढी हताहत गर्ने किसिमका देखिएका छन् । विचारको युद्ध अफ्रिका, युरोप हुँदै एसियासम्म जुन किसिमले अहिले फैलिरहेको छ, त्यो हेर्दा लाग्छ यो युद्ध विगतका युद्धहरूभन्दा बढी विनाशकारी हुनेछ । यसले बढी हताहत गर्नेछ । ठूलो मात्रामा मानव–विनाश गर्नेछ ।
के हो विचारको युद्ध भनेको ?
    आफ्नो विचार अरूमाथि लाद्नका लागि, आफूले लिएको विचार नै सही हो र अरूले लिएको विचार गलत हो भनी प्रमाणित गर्नका लागि, आफ्नो विचारका समर्थकहरूको सङ्ख्या तीव्र गतिमा विस्तार गर्नका लागि, आफ्नो विचारद्वारा सत्ता र शक्ति प्राप्त गर्नका लागि र आफ्नो विचारद्वारा अरूको बुद्धि भुट्नका लागि अहिले चारैतिर विचार–युद्ध घातक किसिमले फैलिरहेको छ । अफगानीस्तान र पाकिस्तानमा तालिबानीले गर्ने खुनी हमला, टर्कीमा कुर्दहरूको सङ्घर्ष, इरान र साउदी अरबियाबीच परोक्ष लडाइ वा शिया–सुन्नी सङ्घर्ष, नाइजेरियाको बोको हरामको ससस्त्र सङ्घर्ष, सोमालियाको अल सवाहको आतड्ढ, कोलम्बियाको फार्क विद्रोहीहरूद्वारा गरिएको गृहयुद्ध, भारतका नक्सलीहरूको हिंसक छापामारी, सिरिया र इराकको विभिन्न क्षेत्रमा आइएसले मचाएको खुनी आतड्ढ सबै केवल विचार–युद्ध हुन् । विचार विस्तारका युद्ध हुन् । ‘मेरो विचार सही अरूका विचार गलत’ सँग सम्बन्धित युद्ध हुन् । एउटा विचारमाथि अर्काे विचारको विजय विचारद्वारा नै नभएर अहिले एउटा विचारमाथि अर्काे विचारको विजय युद्धद्वारा, अस्त्रशस्त्रको प्रयोगद्वारा भइरहेको छ ।
नेपालमा विचार युद्ध
    नेपालमा ज्यादै जनधनको क्षतिसहित माओवादीहरूद्वारा मचाइएको घातक सङ्घर्ष पनि विचार–युद्ध नै थियो । प्रचण्ड, बाबुराम, किरण वैद्यजस्ता अति महत्त्वाकाङ्क्षी व्यक्तिहरूको विचारको गर्भबाट त्यो सङ्घर्षले जन्म लिएको थियो । नेपालको राजनीतिमा उनीहरूको वर्चस्व कायम गर्न उनीहरूद्वारा त्यो खुनी सङ्घर्षको थालनी भएको थियो । निरपेक्ष गरिब जनताको हित र सेवामा उनीहरूको सङ्घर्ष केन्द्रित थिएन । यदि त्यस्तो भएको भए अहिले जस्तो प्रचण्ड काठमाडौंको महलमा नबसेर रूकुम, रोल्पाको गरिबहरूको झोपडीमा हुन्थे, जसरी कलकत्ताको गरिब बस्तीमा मदर टेरेसा बसेकी थिइन् । तर प्रचण्डको उच्च महत्त्वाकाङ्क्षाको अर्थ नेपालको गरिब जनताले ज्यादै ढिलोगरी बुझ्यो । तर जब बुझ्यो तबसम्म १७ हजार भन्दा बढी नेपालीको ज्यान गइसकेको थियो ।
बाबुरामको विचार–युद्ध
    किरण वैद्य र बाबुराम पनि जनसेवक भएको भए किरण वैद्य माओवादीबाट छुट्टिएर उनको दल नेकपा–माओवादी भएपछि वैद्य काठमाडौंमा बसेर विभिन्न पत्रपत्रिकाहरूलाई अन्तर्वाता दिनुको साटो अनुराधा कोइरालाले गरेझैं गरिब बेसहाराहरूको सेवामा संलग्न हुन्थे । डा बाबुराम भट्टराईको त के, कुरा नै गरिसक्नु भो र ? बाबुराम त झन् विचार युद्धमा सबैभन्दा अगाडि छन् । एउटा विचार अगाडि ल्याउँछन्, त्यसले जनताको विचार भुट्छन् । त्यो विचार पुरानो हुन्छ, जनताको विश्वास त्यो विचारमाथिबाट उठ्छ बाबुराम अर्काे विचार लिएर प्रस्तुत हुन्छन् । अनि अर्काे नयाँ एवं ताजा विचार लिएर जनताको विचार भुट्न आरम्भ गर्छन् । नेपाली जनता पनि बाबुरामको विचारको पछाडि मौरीझै उड्न शुरु गर्छ । तर जनताले खोइ बुझेको यी विचारका व्यापारीहरूको नाफा कमाउने बुद्धि ? विचार बेच्नेहरूमा बाबुराम त झनै अग्रपङ्क्तिमा देखिएका छन् । कति सजिलो, बाबुरामको लागि ? उनको विचारको पछाडि लागेर १७ हजारले ज्यान गुमाए । अहिले आएर बाबुराम भन्दैछन् उनले पहिले लिएको विचारको सान्दर्भिकता अब रहेन । यो विशिष्ट ज्ञान पहिले किन उनको दिमागमा फुरेन ? अब बाबुराम फेरि अर्काे विचार बोकेर नयाँ ग्राहकहरूको खोजीमा छन् । उनले धेरै ग्राहक पाइसके । अझै पाउने छन्, सन्देह नगरे हुन्छ । किनभने नेपालमा विचार बेचेर खान जति सजिलो काम कुनै छैन् । असल दूध, दही तरकारी बेचे भने किन्ने ग्राहकले अनेक प्रश्न गर्ला तर नेपालमा विचार किन्न जनताले कुनै पनि किसिमको कन्जुस्याइँ गर्दैन । फटाफट विचार किन्छ । त्यसैले होला बाबुराम अहिले सफलतापूर्क नयाँ विचार बिक्री गर्न अति व्यस्त छन् । हालै केही दिन पहिले मात्र बाबुरामले ३५ जना सदस्य सम्मिलित एउटा ‘केन्द्रीय अन्तरिम परिषद्’ स्थापना गरिएको घोषणा गरेका छन् । चलचित्र क्षेत्रका चर्चित व्यक्ति, जातीय स·ठनका नेताहरू, सेवानिवृत्त कर्मचारी तथा प्रहरी, पूर्व माओवादी नेताहरू तथा अन्य चर्चित व्यक्तिहरू सम्मिलित उक्त परिषद्लाई नयाँ राजनैतिक शक्तिको नाम दिएका छन् उनले ।
मधेसी मोर्चाको विचार युद्ध
    मधेसी मोर्चाको तराई केन्द्रित अहिलेको लामो सङ्घर्ष पनि विचारको युद्ध नै हो । मधेसी नेताहरूलाई अहिले उनीहरू मात्र मधेसको मसिहा, मुक्तिदाता र बाँकी सबै मधेसको शत्रु लागिरहेको छ । मधेसको सामाजिक र आर्थिक विकासका लागि उनीहरूले निर्माण गरेका नीति, नियम र योजनाहरू सही छन् बाँकी सबै गलत र बकवास भन्ने बलियो अडानमा छन् उनीहरू । आफ्ना ती विचारहरू सही छन् र अरूले पनि सही मानिदिनुपर्‍यो भनेर पाँच महिनादेखि बन्द, नाकाबन्दी, धर्नाजस्ता विरोधका कार्यक्रम चलाउन क्रियाशील छन् । मोर्चाका नेताहरूको सोच र विचार अहिले मुलुकभर विचारहरूको पिरामिडमा सबै भन्दा माथि छ । अर्थात् उनीहरूको विचार नै सर्वेसर्वा छ र सर्वेसर्वा हुनुपर्दछ पनि । उनीहरूको विचारबाहेक अरूको विचारले मधेसको हित हुन सक्तैनस कदापि हुन सक्तैन । यदि अर्काे कुनै विचारले सच्चा रूपमा मधेसको हित गर्न खोज्छ भने त्यो विचार मधेसको शत्रु हो र मधेसको जनताले पनि त्यस्तो विचारलाई बलपूर्वक नै भए पनि शत्रु मान्नुपर्छ । अर्काे विडम्बना १ मधेसी मोर्चाका नेताहरूको विरोधको अनुभवहीन शैली र तरिकाले गर्दा मधेसका बासिन्दा नै बढी सड्ढट र पीडामा परेका छन् । मधेसका गरिबहरूको जीवन डरलाग्दो किसिमले कष्टकर हुन पुगेको छ । मधेसले ठूलो र अपूरणीय आर्थिक क्षति बेहोर्नुपर्ने भएको छ । मधेसको हित गर्ने भनेर थालिएको सङ्घर्षले झन् मधेसको नै ठूलो आर्थिक क्षति भएको छ । के ठूलो परिमाणमा आर्थिक क्षति हुनु नै मधेसको हित हो ? विकास हो ? तर मधेसमा जुन आर्थिक क्षति भएको छ त्यसको पूर्ति कहिले र कसरी गर्ने र यो क्षतिको लागि जिम्मेवार को हो ? यसबारे कसैसँग ठोस सोचाइ छ ? यो क्षतिको मधेसी मोर्चा वा सरकार, कुनै एक पक्षले त जिम्मेवारी लिनैपर्छ निस कि त्यस्तो होइन ? के जस्तोसुकै अपराध गरे पनि उम्कन पाइन्छ ?
सरकारको विचार युद्ध
    अर्काेतिर सरकार धृतराष्ट्रको शैलीमा बसेको छ । सत्ता मोहमा उसले मानव मूल्यलाई बिर्सिरहेको छ । आफ्नो अडान ठीक छ, आफ्नै विचार ठीक छ भन्ने भ्रममा छ । सरकार पनि विचार युद्धमा नै छ । सरकारलाई लागिरहेको छ उसले लिएको विचार नै सही, बाँकी सबै विचार गलत हुन् । उनीहरूको विचार नै देशभरि चल्नुपर्दछ। जसरी पनि चल्नुपर्दछ ।
विचार युद्धको शिकार भने जनता
    अर्काेतिर विचार युद्धको शिकार जनता हुन पुगेको छ । महत्त्वाकाङ्क्षीहरू, राजनैतिक शक्तिहरू, जे जतिले विचार युद्ध गरिरहेका छन् ती सबै युद्धको डरलाग्दो परिणाम सामान्य नागरिकहरूले भोगिरहेका छन् । विभिन्न विचार–युद्धमा लाखौंको ज्यान गएको छ, करोडौ शरणार्थी भएका छन् । नेपालमा मचेको विचार युद्धहरूले पनि कम जनधनको क्षति गरेको छैन । त्यस कारण अहिलेको समयमा ठूलो चुनौती भनेको नै कसरी सही किसिमले विभिन्न विचारहरूको व्यवस्थापन गर्ने भन्ने हो ।
दचद्दण्टघ)बमजष्पबचष्२थबजयय।अयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : विचारको युद्धमा चेपिएको नेपाल
विचारको युद्धमा चेपिएको नेपाल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgKw_hcBC5DEUB7KF-1FqHGZv16zAIhLD3MQZFqeF7xUSkVr5kxhQwJDJWX-viZ-VjnyIRVJOIYwC0-LtxS3Rw3_NzWepTRu56sRs6Tk_ZBy6Sqao6xQSphyphenhyphen9kc9yVvuGXmbZQhrMR6JPs/s200/bishraj+adhikari.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgKw_hcBC5DEUB7KF-1FqHGZv16zAIhLD3MQZFqeF7xUSkVr5kxhQwJDJWX-viZ-VjnyIRVJOIYwC0-LtxS3Rw3_NzWepTRu56sRs6Tk_ZBy6Sqao6xQSphyphenhyphen9kc9yVvuGXmbZQhrMR6JPs/s72-c/bishraj+adhikari.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/01/blog-post_666.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/01/blog-post_666.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy