–कुमार रुपाखेती
जसले जेसुकै अर्थ लगाओस्, अचेल म बिचरो राजेन्द्र महतोलाई सुशील कोइराला, केपी ओली र झलनाथ खनालभन्दा अब्बल दर्जाको ठान्न थालेको छु । कमसेकम महतोले सरकारी खजानाबाट नभई आफ्नै खर्चबाट दिल्लीसम्म पुगेर आफ्नो स्वास्थ्यको चेकजाँच गराए । आफ्नो स्वास्थ्यको चेकजाँच गराउनु अपराध होइन । मधेस आन्दोलनका घाइतेलाई सरकारी कोषबाट उपचार गराउने व्यवस्था भएपनि महतोले सरकारसँग हात थापेनन् । मन्त्री हुँदा जसले पनि अपच हुने गरी हसुर्छ, यसमा उनी पनि अपवाद होइनन् । मौकामा चौका कसले हान्दैन ?
मन्त्री हुँदा एसी गाडी, एसी अफिसमा बस्ने उनी ५ महिने लामो आन्दोलनमा टायरको मुस्लो, धुँवाको बीच कालाम्मै हुँदै धर्ना बसेको सबैले देखेकै हो । एकाएक वातावरण परिवर्तन भई एयरकन्डिसनबाट धुँवाको बीचमा बस्दा स्वास्थ्यमा प्रतिकूल असर पर्छ नै । त्यसमाथि पनि सुरक्षाकर्मीले लाठी बर्साइदिंदा उनको बूढो शरीर लर्खरिने भयो नै । त्यसो त राजेन्द्र महतोको मोटो लगानीमा बल्खुमा एउटा सुविधासम्पन्न अस्पतालसमेत छ । तर पनि नेपाली काइदा सबैलाई फाइदा भन्दै उनी दिल्ली गए । कमसेकम दिल्लीसम्मले त उनी घाइते भएको समाचार पायो । नेपालमैं उपचार गराएको कत्तिले घाइते भएको नाटक गर्दैछ भन्ने आरोप लगाउँथे । ज्यानको माया कसलाई हुँदैन र ? तर बिचरा महतोलाई आफ्नो ज्यानको निकै माया रहेको देख्दा म औधी खुशी भएँ । हो नि ५० भन्दा बढी मधेसी आन्दोलनमा शहीद भए । के ठेकान सुरक्षाकर्मीले उनको ठाउँ–कुठाउँ कता हिर्काइदियो, उचित उपचारका लागि भारत जान करै लाग्यो । त्यता जाँदा ‘एक पन्थ दो काज’ पनि हुन्छ । स्वास्थ्य र राजनीति दुवैको उचित स्याहार सम्भार हुन्छ । अहिले मधेसलाई महतोको जरूरत पनि छ ।
अर्को कुरा उनलाई खस पहाडे विरोधी म मान्दिनँ । उनको कुशलक्षेम सोध्न मधेसी मोर्चाका समेत कोही दिल्लीस्थित मेदान्त पुगेनन् तर खस बाहुन रामचन्द्र पौडेल अस्पताल पुगी उनलाई भेट्दा महतो औधी खुशी भई पौडेलसँग हाँसी–हाँसी फोटो खिंचाइ पत्रपत्रिकामा पठाए । सेल्फी सेल्फी भन्दै कराए पनि रे । महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई भेटेरै ‘कनि राजेन्द्र से मोबाइल में कुशलक्षेम बतियालु’ भन्दा समेत नजाने किन हो कुन्नी प्रमले महत्त्व दिएनन् । कुशलक्षेम सोध्न राजेन्द्रले नै महन्थलाई आग्रह गरेका थिए रे ।
धेरैले जनताले सिटामोलको गोटीसमेत पाएनन्, यो महतो त्यत्तिकै दिल्ली गएको भन्दै रोष पनि प्रकट गरे । म भन्छु– ए बाबा १ उपचार भनेकै अहिलेको युगमा हैसियतको कुरा हो । सिटामोल किन्ने बुता (क्षमता) नभएका नेपालीले आफूलाई महतोसँग दाज्न मिल्छ ?
महतोको त काठमाडौंदेखि सप्तरीसम्म असरल्ल सम्पत्ति छ, पोकाका पोका सुनचाँदी, भव्य महल, गाडीघोडा छ । अनि के उनले यो सबै श्रीसम्पत्ति मधेस आन्दोलनका नाममा दान दिन साँचेर राख्या हो त ? यो सम्पत्तिको उनका थुप्रै हकदार नै छन् नि । तलमाथि पर्यो भने यो कुबेरको धनको रक्षा गर्ने कसले ?
नाङ्लो ठटाएर हात्ती धपाउने दुस्साहस गरेभैंm केहीले उनको नागरिकतामा प्रश्नचिह्न उठाएको पनि मलाई निको लागेन । पटकपटक मन्त्री भइसक्या मान्छे कसरी इन्डियन हुन्छ ? मन्त्रीले पनि फरजरी र फरेब गर्छ र ? सिके राउत र गोइत जस्ता होइनन् क्यारे महतो । सद्भावना पार्टीका अध्यक्ष महतो लडाकू नेता मानिन्छन् । बिना हतियार रानी भन्सारमा हतियारधारी सुरक्षाकर्मीसँग भिड्दा घाइते भइन्छ भन्ने दिव्य ज्ञान हुँदाहुँदै पनि उनी डराएनन् । सुरक्षाकर्मीले पनि भूपूमन्त्री भनी कसरी नचिनेको होला ? त्यसैले अब उनी गुरिल्ला युद्धतर्फ समेत फर्किन सक्छन् ?
धेरैले महतोलाई टपरटुइँया नेता भनेको मलाई चित्त बुझ्दैन । सञ्जय टकला (जेलमा छन्)बाहेक उनको पार्टीका उनी र कसैले समेत प्रत्यक्षबाट संविधानसभामा छिर्न पाएनन् तर उनी मधेसमा छिरेर, रँडाको मचाएर बसेकै छन्, संविधानसभामा हैसियतविहीन भएपनि मधेसमा हैसियतवाल नै छन् । अरू मधेस आन्दोलनमा लाग्दा उनी आन्दोलन छोडेर टीका लगाउँदै पार्टी प्रवेश कार्यक्रममा समेत लागेकै हुन् । पहिलो संविधानसभामा हारेका माधव नेपाल प्रधानमन्त्री भएभैंm महतो पनि दोस्रो संविधानसभामा चारोखाना चित्त भएपनि मन्त्री पद खोज्दैछन् भन्ने आरोप पनि म खारेज गर्दछु । किनकि केपी ओलीले हरुवाहरूलाई मन्त्री पद दिन्नँ भनी हाकाहाकी फलाक्दा फलाक्दै के मुखले कुर्सी देऊ भन्ने ?
यस्ता थुप्रै कुराहरू छन्, जसले महतोलाई अरू नेताहरूभन्दा भिन्न र पृथक देखाउँछ । अचेल महतोको टक्कर उपेन्द्र यादवहरूसँग रे । तर महतोले अब कसैसँग टक्कर लिनुभन्दा स्वास्थ्यलाभ गर्नु बेस ।