प्रस, वीरगंज, १३ माघ/
राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम विद्यार्थीका लागि लोकसेवा आयोगमा जाँच दिन निश्शुल्क तयारी कक्षा शुरु गरेको छ ।
बुधवार वीरगंज माइस्थानस्थित सीएसई एन्ड आइटीको सभाकक्षमा निश्शुल्क कक्षा उद्घाटन गरियो ।
कार्यक्रमको मुख्य अतिथि नेशनल मेडिकल कलेजका एमडी बसरूद्दिन अन्सारीले उद्घाटन गरेका थिए । कार्यक्रम संयोजक जफर अन्सारीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा मुस्लिम फोरम नेपालका राष्ट्रिय अध्यक्ष मौलाना नुरूल होदा, नेपाली काङ्ग्रेस वीरगंज नगरसमितिका सभापति महम्मद सहाबुद्दिन, आयोजक संस्थाका आलम गिर अन्सारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । राष्ट्रको विभिन्न अ·मा सहभागिताका लागि योग्यता अपरिहार्य रहेको र सो योग्यताका निम्ति आयोगले निश्शुल्क कक्षा सञ्चालन गरेको कार्यक्रम संयोजक जफर हुसैन अन्सारी (जफर) ले बताए । दुई महिनासम्म चल्ने कक्षामा बारा, पर्सा, रौतहटका २५ जना विद्यार्थी सहभागी छन् । निश्शुल्क कक्षा लिन इच्छुक बाँकी मुस्लिम विद्यार्थीहरूका लागि निवेदन आएको प्राथमिकता अनुसार हरेक दुई महिनापछि सञ्चालन हुने कक्षामा सहभागिता गराउँदै जाने उनले बताए । निश्शुल्क कक्षाको प्रशिक्षकमा महम्मद मन्जुर आलम, शशिभूषणलगायत रहेका छन् ।