कुनै पनि मुलुक व्यवस्थितरूपमा सञ्चालन गर्नका लागि सरकार र प्रशासनिक संयन्त्रको महत्त्वपूर्ण जिम्मेवारी हुन्छ । यसमा कसको भूमिका कम र कसको बढी भनेर तौल गर्न कठिन छ । कर्मचारी जतिसुकै इमानदार भए पनि सरकारमा बस्ने नेताहरू भ्रष्ट भए भने मुलुकले प्रगति गर्न सक्दैन । नेताहरू नीति निर्माणको तहमा हुन्छन् । ‘विष वृक्ष रोपेर अमृत फल्दैन’ भने सरह नीति निर्माण नै गलत भएपछि जसरी कार्यान्यवन गरे पनि परिणाम नराम्रै निस्कन्छ । त्यस्तो अवस्थमा काम गर्नेको भन्दा सत्ताका नेताहरूको इशारामा घुम्ने कर्मचारीको उच्च मूल्याड्ढन हुन्छ । गलत प्रवृत्तिका नेताहरूको कब्जामा सत्ता धेरै दिन रहयो भने इमानदार प्रशासनिक संयन्त्रमा पनि क्रमश: बेइमानीको भाइरसले कब्जा जमाउँछ ।
यो प्रवृत्ति एकोहोरो मात्रै होइन, दोहोरोरूपमा सङ्क्रमण हुने गर्छ । राज्य सञ्चालनको तहमा बसेका नेताहरू इमानदार छन् तर प्रशासनिक संयन्त्र भ्रष्ट छ भने त्यस मुलुकमा पनि विकासको काम हुन सक्दैन । ‘मदिराको प्यालामा सुनको छडी डुबाए पनि उसको गुण परिवर्तन हुँदैन’ प्रशानिक संयन्त्रमा भ्रटाचारी, कमिशनखोर, बेइमानहरूको आधिपत्य छ भने जतिसुकै पारदर्शी नीति निर्माण गरिए पनि त्यसबाट अनियमितताको प्वाल टाल्न सकिन्न । भ्रष्ट प्रशासकहरूले इमानदार मन्त्रीले भनेको टेर्दैनन् । गर्नुपर्ने कामलाई पनि विभिन्न कानुनी अडचन तेस्र्याएर टारी दिन्छन् । दराजमा भएको डकुमेन्ट मन्त्रीले माग्दा सचिवले छैन भनिदिए पुगी गो नि । गर्न नहुने काम भने गराएर मन्त्रीलाई नै भडखालोमा जाकिदिन सक्छ प्रशासनतन्त्रले । प्रशासनिक संयन्त्र चलाउनेहरूले चाहो भने इमानदार नेतालाई पनि कमिशनखोर बनाइदिन्छन् । प्रशासनिक संयन्त्रले सरकारलाई पंगु बनाइदिएको उदाहरण विश्वमा धेरै छ । जनमतमार्फत् सत्तामा जाने राजनीतिक दलको सरकारलाई आवधिक सरकार र प्रशासनिक संयन्त्रलाई स्थायी सरकार पनि भन्ने गरिन्छ । देश निर्माणका लागि यी दुवै सरकार इमानदार हुनु आवश्यक हुन्छ । राष्ट्र र जनताप्रति समर्पित, वफादार तथा जवाफदेह हुनुपर्छ ।
हाम्रो मुलुकका राजनीतिक दलका नेताहरू र प्रशासनिक संयन्त्र सम्हालेका प्रशासकहरूको र्याङठयाङ मिलेको छ । दुवै भ्रष्ट र अनियमितताका पक्षपाती छन् । नेताहरूको लथालिङ चाल भए पनि प्रशासनिक संयन्त्रले केही राहत देला कि भन्ने आश रहेन । पर्सा जिल्लाका बर्थि· सेन्टरहरू प्राय: बन्द छ । बन्द हुनुको मुख्य कारण हो कर्मचारीको अभाव । गाउँको बर्थि· सेन्टरमा कार्यरत नर्स र मासिका तथा अनमीलाई क्षेत्रीय स्वास्थ्य निर्देशनालयले सरुवा त गर्यो खाली दरबन्दी भर्ने चासो नै लिएन । एकपछि अर्को गर्दै जिल्ला नै रित्तो भइसक्दा पनि त्यहाँ अर्को कर्मचारी पठाइएका छैनन् । सरुवा भइजानेहरू अधिकांशले पायक सरुवा मागेर गएका छन् । केहीलाई भने निर्देशनालयले दु:ख दिने नियतले सरुवा गरेको छ । यो दुवै किसिमको सरुवा पक्षपातपूर्ण हो । मापदण्डबिनाको सरुवा भनसुन, सोर्सफोर्स, पैसा र पहुँचको भरमा हुन्छ । अन्यथा पर्साका आमा शिशुसँग स्वास्थ्य प्रशासकहरूले के को प्रतिशोध लिएका हुन् ? हजारौं मातृशिशुको ज्यान जोखिममा पारेर सेन्टर नै रित्याएर सरुवा गर्नु अन्यायपूर्ण हो । नेताहरूभन्दा पनि स्वास्थ्य विभाग अन्तर्गतका प्रशासकहरूको गैरजिम्मेवारीपन, बदनियत तथा भ्रष्ट मनोवृत्तिले गर्दा यस्तो भएको हो भन्ने प्रस्ट छ ।