प्रस, वीरगंज, १५ माघ/
जिल्ला प्रहरी कार्यालय, पर्साले रक्सौलका लागूऔषध ब्राउनसुगरका नाम चलेका तस्कर दीपेन्द्र
सोनारलाई पक्राउ गरेको छ ।
वीरगंज–रक्सौल मितेरी पुल नजिकबाट शुक्रवार बिहान सोनारलाई पक्राउ गरिएको स्रोतले जनाएको छ । उनीबाट ५० ग्रामको हाराहारीमा ब्राउनसुगरसमेत बरामद भएको थाहा हुन आएको छ ।
लागूऔषध कानुन कार्यान्वयन एकाइ कार्यालय, वीरगंज र सुरक्षाकर्मीहरूको लिस्टमा रहेका तस्कर सोनार मितेरी पुल आएको मौका छोपी प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले सो घटना सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक राजुबाबू श्रेष्ठले दीपेन्द्र सोनार पक्राउबारे अनभिज्ञता जाहेर गरे । उनले आफूलाई सोबारेमा हालसम्म जानकारी नगराइएको प्रतीकलाई बताए ।
स्रोतका अनुसार सादा पोशाकमा रहेका जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरीले सोनारलाई पक्राउ गरेको हो । सोनार पक्राउ परेपछि वीरगंज तथा रक्सौलका सुरक्षाकर्मीबीचमा हल्लीखल्ली मचेको छ ।
प्रहरी स्रोतका अनुसार सोनारसँग गोप्य अनुसन्धान भइरहेको र बरामद ब्राउनसुगर परीक्षणका लागि रोनास्टमा पठाउने तयारी भइसकेको छ ।