प्रस, वीरगंज, १२ माघ/
६४ औं अन्तर्राष्ट्रिय भन्सार दिवस म·लवार वीरगंजमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सहभागीहरूले बन्द हडतालको कारण व्यापक आर्थिक क्षति भएकोमा दु:खेसो पोखे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बन्द हडतालको कारण प्रमुख नाका वीरगंज प्रभावित भएको टिप्पणी गरे । वीरगंज भन्सारले देशकै अर्थतन्त्रमा प्रत्यक्षरूपमा सहयोग पुर्याउँदै आएकोमा अहिले अर्थतन्त्र धराशयी भएको उनले बताए ।
राजनीतिक मुद्दाको विषयलाई लिएर शुरू भएको बन्द हडतालको कारण अर्बौ रुपैयाँ तस्करको हातमा गएको प्रजिअ घिमिरेले बताए । उद्योगी–व्यवसायीलाई परेको मर्का राज्यले बेहोर्नुपर्ने उनको तर्क थियो । भन्सारलाई आधुनिकीकरण गर्न शुरू गरिएको सफ्टवेयरको कमान्ड विदेशमा रहेकाले अब ती डिजिटल कमान्ड नेपालबाट नै सञ्चालन होस् भन्ने चाहना रहेको र राज्यले पनि आफ्नो तरिकाले काम गरिरहेको उनले बताए ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडियाले तेस्रो मुलुकबाट कोलकातामा आएको सामानको डिटेन्सन चार्ज तिर्न नसक्दा व्यापारीहरू समस्यामा परेका बताए । नेपाली व्यापारीको प्रतिनिधि अहिले लुकेर बसेको उनले आरोप बताए । सात सयभन्दा बढी कन्टेनर अहिले कोलकाता बन्दरगाहमा रोकिएका र दैनिक चार करोड रुपैयाँ डिटेन्सन चार्ज लिने गरेको कारण व्यापारीहरू धराशयी भएको बताए ।
वीरगंज भन्सारले अझै पारदर्शिता अपनाउनुपर्ने नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं मध्यमाञ्चल संयोजक शीतल महतोले बताए ।
भन्सार दिवसको अवसरमा उत्कृष्ट कर्मचारी सुशीलकुमार शर्मा, विनोद सुब्बा, भन्सार एजेन्ट श्यामबाबू पटेल, पत्रकार उपेन्द्र ठाकुरलाई सम्मान गरिएको थियो । भन्सार प्रमुख मित्रलाल रेग्मीको सभापतित्वमा शुरू भएको कार्यक्रममा मणिराज पौडेल, पत्रकार उपेन्द्र ठाकुरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
६४ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा खेलकुद कार्यक्रम, वृक्षरोपण, रक्तदान कार्यक्रम तथा सार्वजनिक शौचालय उद्घाटन गरिएको थियो ।
आज भएको रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेका रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धरले जानकारी गराए ।
खेलकुदमा उत्कृष्ट खेलाडीलाई पनि दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।
त्यसैगरी भन्सार दिवसको अवसरमा श्रीसिया सुक्खा बन्दरगाहमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।