–कुमार रुपाखेती
कृष्णमान जोशीको जन्म वि.सं. १९९४ सालमा पाटनमा भएको हो । बाल्यकालमा अभिभावकविहीन भएपछि उनी विरक्तिएर वीरगंज आएका थिए र अन्तिमसम्म वीरगंजकै भएर बसे । उनलाई वीरगंजमा शेरबहादुर भन्ने व्यक्तिले छोराभैंm पालेर राखेका थिए, त्यतिखेर उनीहरू बिर्ताको कृष्णमन्दिर अगाडिको केशर बहादुर मानन्धरको घरमा बस्दथे, जुन खपडाको घर अहिलेसम्म छ । उनको बाल्यकाल निकै कष्टप्रद थियो । उनको पालनहार शेरबहादुर अलि रक्स्याहा थिए । कृष्णमानले जोशी थर तिनै शेरबहादुरबाट पाएका हुन् । शेरबहादुरलाई धेरैले गुभाजु भनेर समेत चिन्थे तर उनको पूरा नाम शेरबहादुर जोशी हो । कृष्णमान जोशीको वास्तविक थर अमात्य हो । शायद त्यसैले होला कतिपय ठाउँमा उनले कृष्णमान जोशी (अमात्य) लेख्थे । तर उनलाई वीरगंजले कृष्णमान जोशी भनेर चिन्दथ्यो ।
जीविकोपार्जनको आफ्नो प्रारम्भिक कालमा उनी कहिले त्रिजुद्ध हाइस्कूलमा जागिरे त कहिले नेपाल राष्ट्र बैंकमा समेत जागिर गरे । त्यतिखेर नेपाल राष्ट्र बैंकमा उनको तलब तीस रुपियाँ थियो । सधैं बिरामी रहने पत्नी इन्दिरा जोशीको सेवा गर्न तथा ससाना छोराछोरी सुरेश, सुनिताको उचित रेखदेख गर्न राष्ट्र बैंकको जागिर तगारो बनेकाले उनले त्यो जागिर त्यागे ।
त्यसपछि उनले जीवनयापनका लागि नेपाल पुस्तक पत्रिका गृहको स्थापना गरे । नेपाल पुस्तक पत्रिका गृह वीरगंजमा पहिलोपटक पत्रपत्रिका बिक्री वितरण गर्ने पसल बन्यो । उनले यो पेशामा पाँच दशकभन्दा बढी बिताए । यसैबीच अन्दाजी २०३० सालतिर उनकी पत्नी इन्दिराको निधनपछि छोराछोरीको पालनपोषण उनकै जिम्मामा आयो । पत्रपत्रिका पसल स्थापनापछि उनको सम्पर्क वामपन्थीहरूसँग बाक्लिन थाल्यो । त्यसो त उनकी पत्नी इन्दिरा पनि वामपन्थी रुझानकी थिइन् । इन्दिराको उपचारका निम्ति त्यतिखेर उनलाई चीनसम्म पठाउँदासमेत उनी बाँचिनन् । पञ्चायतविरोधीले त्यतिखेर उपचारमा चाइना जान पाउनु ठूलो कुरा थियो । उनी आजीवन वामपन्थी नै रहे । तर पटक–पटकको वामपन्थी फुट र गुटले आजित उनी आफ्नो जीवनको अन्तिममा स्वतन्त्र वामपन्थी थिए र कताकता तत्कालीन माओवादी नेता प्रचण्ड र बाबुरामसँग प्रभावित थिए । त्यतिखेर उनको कुमालटोलस्थित घर वामपन्थीहरूको जमघट हुने थलो थियो । सङ्क्षेपमा भन्ने हो भने उनको घर मिनी पार्टी कार्यालय नै थियो । मनमोहन, साहना, मोहनचन्द्र, निर्मल लामा, पुष्पलाल, मोहन विक्रम आदिको उनको निवासमा आनाजाना भइरहन्थ्यो । बिर्ताबाट उहाँहरू २०१० तिर कुम्हालटोल बसाइ सरेको अनुमान गरिन्छ । इन्दिराको परिवार पनि त्यतिखेर कलकत्ताबाट यता आएको थियो, कुम्हालटोल सरेको केही समयपछि उहाँको विवाह भएको थियो । वामपन्थी भएकोले उनी पटक–पटक पञ्चायती व्यवस्थाको शिकार भए र पटकपटक जेल परे । २०३७ सालतिर गौर जेल हुँदा म पनि उहाँलाई भेट्न गएको थिएँ । वीरगंज कारागारमा त त्यसै पनि भेट हुने गर्दथ्यो । नेपाल पुस्तक पत्रिका गृहले जेतनेत कृष्णमान, सुरेश, सुनिताहरूको गुजारा चलाएको थियो । शेरबहादुर धेरै अघि नै बितिसकेका थिए । कुम्हालटोलमा त्यतिखेर साहेबज्यूहरूको १२ धुर जग्गा खरिद गरी उनले सानो खपडाको घर बनाएका थिए, धेरैपछि उहाँले दुई कोठाको पक्की घर बनाउनु भयो, त्यो पुरानो दुई कोठे घरमा दुईतल्ले बनाई आज पनि उनका छोरा सुरेश, पत्नी सची तथा नाति–नातिना सुजस र सैवी बसेका छन् । कृष्णमान जोशीले पत्रपत्रिका बेच्दै, वामपन्थी राजनीति गर्दे वीरगंजमा त्यही १२ धुर जग्गा जोडेका हुन्, जसको त्यतिखेरको खरिददर प्रतिधुर दुई सयले चौबीस सय रुपियाँ हो । कृष्णको नाता कुटुम्ब वीरगंजमा त्यतिखेर निकै न्यून थिए अथवा छँदै थिएनन् । इन्दिरासँगको विवाहपछि नातेदारको सङ्ख्या बढ्यो । काठमाडौंबाट त्यो जमानामा उनको घरमा यदाकदा तुलसीलाल अमात्य, सुशीलचन्द्र अमात्य र गौरतिरका वामपन्थी नेता विष्णुबहादुर मानन्धर, भैरव रेग्मी आइरहन्थे । भनिन्छ, कुमालटोलको साहेबज्यूको १२ धुर जग्गाको मात्र रु २४ सय जोहो गर्न शेरबहादुर र कृष्णमानले निकै दौडधूप गरे । एमाले पर्साका बालगोपाल थापा, पुराना वामपन्थी जानकारीका लागि अस्तिसम्म जोशीजीको घर पुगिरहन्थे । त्यस्तै वीरगंजकै चिरञ्जीवी आचार्यसमेत कृष्णमान सर भन्दै उनको घर पुग्दथे । पुराना साहित्यकार श्यामप्रसाद शर्मासँग समेत जोशीसरको निकै हेलमेल थियो । कृष्णमान जोशी नेपाल राष्ट्र बैंकमा काम गर्नु अघि त्रिजुद्ध हाइस्कूल बिर्तामा पढाउने भएकाले उनलाई सबैले कृष्णमान सर भन्दथे । त्यतिखेर चिरञ्जीवी आचार्यहरू उनका शिष्य थिए ।
कृष्णमान जोशीको जीवन निकै सङ्घर्षपूर्ण, मेहनतपूर्ण थियो । छोरा सानो हुँदा उनले कहिले घुम्तीमा कति कताबाट कता सार्दासार्दै दोकान चलाए । तर मीनाबजारको गोलघरमा रहेको उनको पसलले वीरगंजमा छुट्टै पहिचान बनायो । त्यतिखेरसम्म उनका छोराले समेत पसलमा सहयोग गर्न थाले । जिउडालले कृष्णमान जोशी निकै बलिया र हैन्डसम थिए । उनी सदाबहाररूपमा साइकलमा गुडिरहेको सबैले देख्न सक्थे । बिहान पसल खोल्ने, दिउँसो खाना खाने, पुन: राति आठ बजे पसल बन्द गर्ने, घर जाने उनको दिनचर्या नै थियो । सबैभन्दा ठूलो कुरा उनको कुनै अम्मल थिएन, नेवार भए पनि रक्सी, चुरोट नछुने । वीरगंजमा उनको मिल्ने हमउम्र थिए सान्दाइ, गोपालचन्द्र गोतामे आदि ।
कुनै चीजको अम्मली नभएकाले उनी बूढेसकालमा समेत तन्दुरुस्त र जवान देखिन्थे । वामपन्थी राजनीतिबाट कुनै आर्थिक उन्नति नभए तापनि कुनै पदप्राप्त नभए तापनि उनी जीवनपर्यन्त यसैमा रमाइरहे । त्यतिखेर उनको घर वामपन्थीहरूको सेल्टर र रक्सौल भएर भारत जाने र रक्सौल भएर नेपाल पस्ने वामपन्थीहरूको हल्टेज गर्ने (बस्नेखाने) भरपर्दो ठाउँ थियो ।
वामपन्थीहरूको जमघट, पत्राचारको माध्यम र वामपन्थी गतिविधिको सुइँको पाउन उनको पसल वरपर पञ्चायतकालमा प्रहरी र सिआइडीहरू घुमिरहन्थे भन्ने त्यतिखेर खुबै चर्चा थियो । त्यो कम्युनिस्टको पसल हो भनेर कतिपय अनुदारवादी पञ्चहरू उनको पसलमा खरिदारी गर्दैनथे ।
उनको निधन भएको दिन माधवकुमार नेपाल र चित्रबहादुर केसीले फोनबाट उनको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका थिए । त्यस्तै चिरञ्जीवी आचार्यसमेतले फोनबाटै (काठमाडौंबाट) समवेदना प्रकट गरेका थिए । पत्नी इन्दिराको निधन भएको धेरैपछि आफू एक्लिएको महसुस गरी उनले किरण जोशीसँग दोस्रो विवाह गरे । किरणबाट उनका दुई छोरी श्वेता, सितु र एक छोरा सुबोध पनि छन् । पाँच दशक लामो पत्रिकाको व्यापारिक जीवनमा उनले रक्सौलमा एक ब·ाली दादा मनोरञ्जन रायसँग होलसेलमा भारतीय पत्रपत्रिका झिकाउने गर्दथे र जीवनपर्यन्त मनोरञ्जन रायसँग नै कारोबार गरे । मनोरञ्जन राय अझै रक्सौलमा जिउँदै छन् ।
यिनै मनोरञ्जन राय करिब ५ दशक अगाडि कृष्णमानकै घरमा बस्नेखाने गर्दथे, पछि उनी रक्सौल बसाइँ सरे । भनिन्छ जोशी सरले पत्रिकाको कारोबार गर्दा गोर्खापत्रको मूल्य एक सुकाभन्दा पनि कम १५ पैसा थियो रे । आजका झिगु पुस्तक पसलका सञ्चालक नारायणमान बिजुक्छे कुनै बखत जोशी सरको नेपाल पत्रपत्रिका गृहमा काम गर्दथे । त्यतिखेर नारायणमानलाई धेरैले चाइनिज भन्थे ।
कृष्ण–इन्दिराका एक मात्र छोरा सुरेश जोशी अहिले पनि माईस्थान बूक स्टल नामको पुस्तक पत्रिका पसल सञ्चालन गर्दछन् । कृष्णमान जोशीलाई कसैले माड्साब, कसैले सर अनि कसैले वामपन्थी नेता त कसैले पुस्तक पसले अनि कम्युनिस्टहरूले उनलाई अर्कै उपनामले समेत चिन्दथे ।
मृत्युको केही वर्षअघि हिमाञ्चल केबिन अगाडि बिजुली नभएको साँझ इँटा पत्थरमा ठोकिएर साइकलबाट लडी घाइते भएपछि उहाँ विस्तारै कमजोर हुँदै जानुभयो । अन्तकालमा पार्किन्सन, मधुमेह आदि रोगले समेत उहाँलाई गलाउँदै गयो, अन्ततोगत्वा यही पुस १५ गते ३:३० बजे दिउँसो आफ्नै निवासमा उहाँको निधन भयो ।
२०३६ साल, २०४५ सालको जनान्दोलन र २०६२ को दोस्रो जनान्दोलनमा उहाँ सक्रिय हुनुहुन्थ्यो । यसै रचनामार्फत् म मृतात्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु । कृष्णमान जोशी अब हाम्रो सम्झनामा जीवित रहनुहुनेछ ।
पुनश्च: कृष्णमान जोशीकी छोरी सुनीता रूपाखेती (जोशी) मेरी पत्नी हुन् । उनी मेरा ससुरा । उनलाई पुरानियाहरूले आदरले कृष्णमान माडसाप पनि भन्छन् ।