प्रस, वीरगंज, १३ माघ/
पोखरिया नगरपालिकामा वडा नं. ४ अन्तर्गत सतवरियाटोलमा तीन महिनामा अज्ञात रोगबाट २६ जनाको मृत्यु भएको समाचार प्रकाशमा आएपछि आज जिल्ला जनस्वास्थ्य कार्यालयले छानबिन टोली पठाएको छ ।
जनस्वास्थ्य कार्यालयका शाखा अधिकृत राजकिशोर दासको नेतृत्वमा गएको टोलीले आज सो गाविसमा स्थलगत निरीक्षण गर्दै तथ्याड्ढ सड्ढलन गरी सार्वजनिक गरेको छ । मृत्यु हुनेमा नाबालकदेखि वृद्धसम्म रहेको तथ्याड्ढ सार्वजनिक गरेको अनुगमनमा खटेका चिकित्सक डा. रोशन चौरसियाले बताए ।
सो गाउँमा अधिकांश व्यक्ति झाडापखाला, मिर्गौला, पक्षपात, क्यान्सर, ज्वरो र चिसो र रक्तस्रावको कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको चिकित्सक डा. चौरसियाले बताए ।
विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशमा आएपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा आज जिल्ला जनस्वास्थ्य कार्यालयले सो ठाउँमा अनुगमन टोली खटाएको थियो ।
टोलीले सार्वजनिक गरेको तथ्याड्ढ अनुसार मृत्यु हुनेमा सोनु साहको ५ महिने छोरा, रानीकुमारी (१२ वर्ष), जानकी देवी (७४), जादोलाल महतो (६५), रामचन्द्र महतो (७३), धुन साह कानू (९०), सोमरावती मियाँ (३४), प्रद्युम्नको १२ दिने छोरी, शिवदुलारी चाईं (८५), लालबहादुर ठाकुरकी पत्नी, पुकार साह (२०), रामाज्ञा साह कानू (७५), ढोडा महतो (७४), रोज मियाँ (७३), कमही देवी राम (७०), धनवन्ती देवी (२२) र उनको एक दिने छोरी, श्रीराम महतो चाईं (६०) र उनको एक दिने नातिनी, नन्दलाल साह (१००), भोजिया देवी (७५), रिङ्कु राम (५ महिना), आरती कुमारी (१८), मकसुद मियाँ (५५), लोथा महरा (६०) र उनको २ दिने नातिनीलगायत २६ जनाको नाम सार्वजनिक गरेको छ ।
सो गाउँमा अहिले त्रास फैलिएको छ । तिहारदेखि अहिलेसम्म सो गाउँमा लगातार मान्छे मर्ने क्रम बढेपछि स्थानीय बासिन्दाले कालले सतायो भनेर श्रीमद्भागवत महायज्ञ आयोजना गर्ने भएको स्थानीय ओमप्रकाश चौहानले बताए ।
चौहानका अनुसार गाउँमा लगातार मान्छे मर्न थालेपछि गाउँमा हल्लाखल्ला मचेको थियो तर एक्कासि यो कुरा समाचारमा आएपछि गाउँका मान्छेहरूले पनि चासो देखाएको उनले बताए । गाउँमा काल नै पल्केको हुन सक्ने स्थानीय बासिन्दाले टोलीलाई बताए ।
अनुगमन टोलीसँगै पुगेका प्रतीक दैनिकका सञ्चारकर्मीले मृतक परिवारसँग बुझ्दा एक्कासि उनीहरूको मृत्यु भएको घरपरिवारले जनाएका छन् । हिजो र आज गरी गाउँमा दुईजनाको श्राद्ध सम्पन्न भएको थियो ।
गाउँमा मान्छे मर्न थालेपछि सो गाउँका हजामलाई मुण्डन गर्न भ्याइ नभ्याइ भएको रमेश ठाकुरको भनाइ छ । ठाकुरका अनुसार आफूकहाँ मान्छेहरू अचानक मुण्डन गर्न आउन थालेपछि आफू भयभीत र अचम्ममा परेको बताए ।
सो गाउँमा अधिकांशको मुण्डन भएको छ । तीन हजार जनसङ्ख्या भएको सो वडामा अधिकांशको घरमा दुईदेखि तीनजना मान्छे मरेको देखिन्छ ।