प्रस, परवानीपुर, १२ माघ/
पर्सा जिल्ला अदालतका मुख्य जिल्ला न्यायाधीश महम्मद जुनैद आजादले अदालतबाट प्रदान गरिने सेवा तथा न्याय सम्पादनको काममा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल बार एसोसिएसन पर्सा जिल्ला अदालत बार एकाइले म·लवार आयोजना गरेको परिचयात्मक अन्तक्र्रियात्मक कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश आजादले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
पर्सा जिल्ला अदालतमा यसअघि ६ वटा इजलास रहेकामा हाल ९ वटा इजलास बनाइ अदालतको कामकार्यबाही अघि बढाउन न्यायपरिषद्को निर्देशन रहेको जानकारी गराउँदै न्यायाधीश आजादले सहकर्मी न्यायाधीश र सम्पूर्ण पर्सेली कानुन व्यवसायीलाई अदालतको दायित्वमा सहयोग गरेर अघि बढ्न आग्रह गरे । कानुन र प्रमाणको आधारमा दोषीलाई दण्ड दिने तथा निर्दोषलाई न्याय दिने कुरामा आफू अडिग रहेको उनले बताए ।
कार्यक्रममा बारको तर्फबाट पर्सा बार एकाइ अध्यक्ष प्रमोद प्रसादले पर्सा जिल्ला अदालतलाई यस्तो सङ्क्रमणकालको अवस्थामा पूर्णरूपले सुचारु गर्नुपर्ने, मुलुकी ऐनको अदालती बन्दोबस्त ६२(५) बमोजिम बन्द, हडतालमा तारेख जोड्ने १० दिने म्यादको सुविधा न्याय उपभोक्ताहरूले पाउनुपर्ने, पर्सा जिल्ला अदालतलाई भौतिक सुविधा सम्पन्न गरी व्यवस्थित गर्नुपर्ने, एकै प्रकृतिको मुद्दामा आदेश र फैसलामा एकरूपता हुनुपर्ने साथै एकीकृत सरकारी कार्यालयहरू वीरगंज चिनीमिलको जग्गामा भवन निर्माण गर्ने प्रक्रियालाई अगाडि बढाउनुपर्नेलगायतका सुझाव दिएका थिए ।
कार्यक्रममा प्रश्नोत्तर तथा छलफल पनि भएको थियो । पर्सा जिल्ला अदालत बारका सचिव सन्तोष श्रीवास्तवले सहजीकरण गरेको कार्यक्रममा अधिवक्ताहरू सुधीर कर्ण, किसुनदेवप्रसाद कुशवाहालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
परिचयात्मक छलफल कार्यक्रममा पर्सा जिल्ला अदालतका न्यायाधीशहरू लक्ष्मीकृष्ण श्रेष्ठ, योगेन्द्रप्रसाद साह, काजीबहादुर राई, मुकेश उपाध्याय, राजेन्द्र नेपाल, रामप्रसाद न्यौपाने पनि सहभागी थिए ।