प्रस, वीरगंज, १५ माघ/
जारी मधेस आन्दोलनको क्रममा श्रीसिया सुक्खा बन्दरगाहमा प्रदर्शन गरिरहेका धार्मिक काफिलाहरूले शुक्रवार बिहान सो स्थान खाली गरेका छन् ।
हिजो दिउँसो ३ बजेदेखि सुक्खा बन्दरगाहको आवागमन ठप्प हुने गरी टेन्ट गाडेर काफिलाहरू सडकमा बसेका थिए ।
माघ महिनामा गाउँहरूबाट निस्किने र भारतको विभिन्न धार्मिकस्थलमा पुगेर फर्किने काफिलाहरू यसपटक जारी मधेस आन्दोलनको क्रममा सुक्खा बन्दरगाहअगाडि बस्ने र यहीबाट तिलावे पुलमा जल भरी वीरगंजको अलखियामठमा चढाउने घोषणा गर्दै टेन्ट गाडेर हिजोदेखि प्रदर्शन गरेका थिए ।
श्रीपञ्चमीको दिन भारतको विभिन्न धार्मिकस्थल भ्रमण गरी फर्कने काफिलाहरू हिजो पर्सा जिल्लाको विभिन्न २२ वटा स्थानबाट सुक्खा बन्दरगाहमा एकीकृत भएका थिए ।
यात्रा अवधिमा निकै कठोर अनुशासनमा बस्ने कावँरियाहरूको काफिलामा गएराति विवाद भएपछि आज बिहान ३ बजे काफिलाहरूले टेन्ट परित्याग गरी स्थान खाली गरेका हुन् । काफिलाका सहभागीहरूले पवित्र मनले धार्मिक आस्थाको साथ हिंडेकोमा राजनीतिक आस्था बोकेर धर्नामा बस्नु अधर्मको काम हुने ठहर गर्दै टेन्ट परित्याग गरी धार्मिक कार्यका लागि भारत प्रस्थान गरेका छन् ।
काफिलाहरू टेन्ट परित्याग गरी आआफ्नो गन्तव्यतर्फ लागेपछि सो स्थानमा स्थानीय राजनीतिक दलका कार्यकर्ताहरूले प्रदर्शनलाई निरन्तरता दिएका थिए तर बिहानै सुरक्षाकर्मीहरू पुगेर स्थानीयलाई टेन्टबाट हटाएपछि अवरोध हटेको र सोही बखतदेखि निर्बाधरूपमा सवारी सञ्चालनमा आएको थियो ।