–कुमार रुपाखेती
मधेस आन्दोलनको लम्बाइ र चौडाइबारे सबै जानकार छन् । तिहार, छठ पर्वअघिसम्म आन्दोलनको रफ्तार तेज थियो । सीमानाकामा दर्जनौं टयाड्ढर, हजारौं मान्छे पूरै गर्मजोशीका साथ पुग्थे । ‘परिन्दा भी पैर मार नहीं सकता’को अवस्था थियो, मितेरी पुलमा ।
तर केही समययता मितेरीपुलको वातावरण खलबलिएको छ । आन्दोलनकारीको कब्जामा भनी प्रचार गरिने मितेरी पुल अचेल रात ढल्दै गएपछि आक्रमणकारीको कब्जामा पर्न थालेको छ । कुनै बेला गन्ती गर्नै नसक्ने गरी ठेलमठेल आन्दोलनकारी दिनरात धर्ना दिने मितेरी पुल अचेल औंलामा गन्न सकिने उपस्थितिका साथ सम्पन्न भइरहेको छ । झन् रात छिप्पिदै जाँदा कारोबारीहरूले आक्रमण गर्न थालेपछि रातका बखत मधेसवादी स्थानीय नेताहरू समेत त्यता जान डराउन थालेका छन् । तर तामझाम पसन्द केही स्थानीय नेताहरू भने मोबाइलको घन्टी बज्नासाथ ‘हम मितेरी पुलमे बानी’ भन्न चुक्दैनन् । कोही कोही त सञ्चारकर्मी मित्रहरूको सदासयता र दरिलो मित्रताले गर्दा जतासुकै भए तापनि मितेरी पुलमैं उपस्थित रहेको छनक दिन्छन् । जसले गर्दा एक आवाजमा ‘जागते रहे रे, बढ्ते चलो रे’ भन्दै मितेरी पुल पुग्ने कार्यकर्ताहरू एकाएक स्यालको सिङ हराएभैंm हराउन थालेका छन् । रात छिप्पिदै जाँदा मितेरीपुलमा आक्रमण बढ्न थालेपछि हारगुहार माग्ने कार्यकर्ताहरू ‘आगे आगे चले हम, पिछे पिछे तुम’ भन्ने नेताहरूलाई खोज्न थाल्छन् र निराश बन्छन् । बरु वीरगंजका रेडियो एफएमहरूले तत्कालै आक्रमणको तारनतार खबर प्रसारण गरी हतोत्साहित कार्यकर्ताहरूलाई हौसला दिन्छन् । दलबलसहित मितेरी पुल पुग्न नेताहरूलाई आह्वान गर्छन् ‘तर आगे आगे चले हम’ भन्नेहरूले न सूचना पाउँछन्, न आफ्नो सुराग दिन्छन् । तर बिहानपख भने ‘चाय में चर्चा’ भनेभैंm मितेरी पुल पुग्छन्, चियाको चुस्कीको मजा लिन्छन्, आक्रमणको जायजा लिएको भान पार्दै कुलेलाम ठोक्छन् । भनिन्छ, आजकल त रातका बखत मितेरी पुलमा धर्ना दिन धनलक्ष्मी वर्षा गर्नुपर्छ रे ।
मितेरी पुलका आन्दोलनकारी र आक्रमणकारी दुवै पक्ष भाडाका हुन् भन्ने पनि गाइँगुइँ चल्न थालेको छ । करिब पाँच दर्जनले ज्यान गुमाएको मधेस आन्दोलनमा कसैकसैले पाँच पुस्तालाई पुग्ने जोहो गरे रे । दिनभर आन्दोलनकारी र रातभरि ट्राफिक प्रहरीको भूमिका निर्वाह गर्नेहरूसमेत यहाँ बेखौफ नेता बनेकै छन् । आन्दोलनको नाममा सबैलाई कमाउने कामज्वरो आउन थालेपछि मधेस आन्दोलनमा सक्रिय भूमिका निभाउने, मान्छे ओसार्ने टयाक्टर र व्यक्तिहरू अचेल ठोरीतिर तेल ओसारिरहेका सहजै देख्न सकिन्छ । स्मरणीय छ, लामो मधेस आन्दोलनमा मुलुक नै ठप्प हुँदा समेत यहाँका केही नेताहरूको ट्रकगाडीहरूले दिन दुगुन्ना र रात चौगुन्ना कमाइ गरिरहे । यसमा कुनै दुई मत छैन कि मधेस आन्दोलनको आफ्नै गरिमा र महत्त्व छ । तर विडम्बना के छ भने अहिले मधेसमा ‘ताप्केको सट्टा बिंड तातेको छ’ चिसो ताप्केमा सेल पाक्दैन । सबैलाई थाहै छ, वीरगंज नाका नेपाल प्रवेशको सबैलाई सुलभ र छोटो नाका हो, जसलाई आन्दोलनकारीहरूले निकै महत्त्वका साथ निकै मेहनत र प्रचारप्रसार गरेर बन्द गराएका थिए । तर २५/२५ जनाको हुलले पटकपटक हुलहुज्जत गर्न थालेपछि यो बहुचर्चित नाका बिनाप्रयास र अनाहकै सहज हुन थालेको देख्दा नेपाल सरकारसमेत अचम्भित छ रे । मधेसको माग पूरा होस्, मधेस आन्दोलनको हीरो मितेरी पुल अब खलनायक बन्नु नपरोस् भन्ने आमजनताको चाहना पूरा होस् । मितेरी पुललाई ‘नायक नहीं खलनायक है तु’ भन्नु नपरोस् ।
पुनश्च: नेपालीको दानापानी छिर्ने प्रमुख नाका मितेरी पुल करिब १०० दिनदेखि ठप्प छ । मितेरी पुल कसैका लागि कोरामीन त कसैका लागि दु:ख र अभावको वाहक बनेको छ ।