–कुमार रुपाखेती
नेपालका राजनीतिक दल र तिनका नेताहरूले नेपाली जनतालाई अझै रैती नै ठानेका छन् । सन्दर्भ मधेस आन्दोलनको हो । मधेस आन्दोलनमा होमिएर दर्जनौंले ज्यान गुमाए, कोही अपा· भए, धेरै थुनामा परे, मुद्दा मुकदमासमेत खेपे । आन्दोलनकै नाममा महँगाई खेपे, अभाव खेपे, असुरक्षा र अशान्तिसमेत सहे । तर ५ महिना नाघ्यो यो आन्दोलनले मधेसवासीलाई के उपलब्धि
गरायो त भनेर जोडघटाउ, गुणाभाग गर्ने बखत भएको छ । मेरो विचारमा यत्रो ठूलो त्याग र बलिदान हातमा लाग्यो शून्य भएको छ । किनभने लामो आन्दोलनले थाकेहारेका, पस्त भएका थकित नेताहरू एकाएक चुमु्रक्क परेर, मधेससँग नाता तोडेर सरकारमा रहेकाहरूसँग कुममा कुम जोडेर बसेर रमाउन थालेका छन् । दीपक मनाङेको विशाल लावालस्करसहित काठमाडौंमा स्वागत गरिएका राजेन्द्र महतो मधेस नै नपसी “प्रधानमन्त्री ओलीका बुलावा आया है” भन्दै आगापिछा, दायाँबायाँ नगरी सोझै ओली निवास बालुवाटार खोरमा पसे । यिनै राजेन्द्रले रानी भन्सारमा टाउको फुट्ने गरी कुटाइ खाँदा, ओलीले माफी नमागेसम्म कुनै वार्ता गर्दिनँ भनी मधेसका आन्दोलनकारीहरूलाई बाचा गरेका थिए ।
“क्या हुआ तेरा वादा, वो कसम वो इरादा” भनी महतोलाई मधेसवादीले प्रश्न गर्ने बेला आएको छ । थुपै्र आन्दोलनकारीहरूलाई रातिराति मितेरी पुलमा तस्करहरूले कुटेको, खेदेको कुरा अब श्री राजेन्द्र महतोको जानकारीमा छैन । उनलाई अचेल आन्दोलनको राप र तापभन्दा ओलीको साथ र धाप सुहावन लाग्न थालेको छ ।
मधेस आन्दोलन थाती राखेर विजय गच्छदार एक जमानामैं सरकारमा छिरे अनि उपेन्द्र महतो, महन्थ ठाकुरहरू ‘झर्ला र खाउँला’ भनी वार्ता अनि वार्ता भन्दै मधेस आन्दोलन कमजोर पारिरहेका पनि अति धेरै भो । भनिन्छ, उपेन्द्र र महन्थले आफ्नो भाग पनि खोस्न लागेको सुइँको पाएका राजेन्द्र महतो हतारहतारमा दिल्लीबाट साखुल्ले बन्दै ओलीसमक्ष पुगेका हुन् रे ।
यसरी आन्दोलनको नाममा मधेसका जनतालाई बलिको बोका बनाउने र अहम् निर्णय गर्दा यहाँका जनतालाई रैती ठान्दै पाखा लगाउने पुरानै परम्परा हो । मधेसवादी दलको यस्तो ढुलमुले चरित्रले चिरपरिचित थुप्रै युवाहरू सिके राउतको पछि लाग्नाको एउटा प्रमुख कारण यो पनि हो । त्यसो त सिके राउतलाई विखण्डनकारी भनिन्छ । ‘सौताको रिसले पोइको काखामा मुत्ने’ भनेभैंm मधेसवादी दलहरूलाई घुर्की देखाउन पनि केही युवाहरू सिके राउतको पछाडि लागेका अनुमान छ ।
यसअघिको मधेस आन्दोलन होस् अथवा वर्तमान मृतप्राय: मधेस आन्दोलन नै किन नहोस्, जब जब मधेस जाग्छ, च्याउभैंm थुप्रै झिनामसिना, अस्तित्वविहीन शक्तिहरू मधेसहितको नाममा सक्रिय हुन्छन् । यस्तामध्ये अधिकांशहरू क्षणभरमैं धनकुबेर बन्ने सपना बुन्छन्, सक्रिय देखिन्छन् र आकाशबाट खसेको ताराभैंm बिलाएर जान्छन् । मधेस आन्दोलन त्यागेर मधेसवादी नेताहरू अहिले काठमाडौंमा सरकारी मेहमान बनेका छन् । “थोरै दिनको पाहुना छिटो छिटो जा” भन्ने रवैया सरकारले अपनाउँदासमेत मधेसको हुल कहिले बालुवाटार, कहिले सिंहदरबार त कहिले भारतीय दूतावासमा पेलमपेल गरिरहेको देखिन्छ तर आन्दोलनमा दिनरात, जाडोगर्मी नभनी एकनासले दिलोज्यानले लाग्ने मधेसी जनताले के सोच्दैछ । के चाहेको छ भन्ने सरोकार र मतलब यी घुमन्ते छेपारे नेताहरूलाई छैन । आन्दोलनको एउटा पनि उपलब्धि औंलामा गनाउन सक्ने हैसियत र साहस यी नेतामा छैन । सरकारी मेजबानीमा रमाएका यी मधेसका कर्णधारहरू अब कुन मुखले मधेसको सहयोग माग्छन्, त्यो चैं हेर्न बाँकी छ ।
मधेसवादीहरूलाई अचेल मधेसका ढोल सुहावन लाग्दैन बरु दूरका ढोल (ओलीका ढोल) सुहावन लाग्न थालेको छ । प्रधानमन्त्रीको कुर्सी जोगाउन बनारसको लड्डुभैंm मन्त्री पद बाँड्न ओली खप्पीस छन् भन्ने कुरा मधेसवादी नेताहरूलाई थाहा छ र यो पनि थाहा छ कि ओलीले मधेसवादीहरूको भाग (मन्त्री पद) लुकाइछिपाइ राखेका छन्, उनको मनमाफिकको काम भयो भने त्यो मन्त्री पद फिर्ता पाइन्छ ।
पूरै रामायण पढिसकेर ‘सीता कसको जोइ ?’ भन्ने मधेसवादी दललाई अहिले लामो मधेस आन्दोलन घाँडो बनेको सबैले महसुस गरेकै छन् । वार्ताबिनाको लामो आन्दोलनले कुर्सी पड्काउन पाइँदैन भन्ने थोरबहुत ज्ञान यिनलाई छँदैछ । अनि ‘ताक परे तिवारी, नत्र गोतामे’ यिनको रणनीति बनेको छ । आन्दोलन र रक्तपातको जरिये प्रचण्डहरू प्रधानमन्त्रीसम्म बनेको इतिहास नै साक्षी छ । यसरी ‘चोर चोर मौसेरा भाइ’ बन्ने यो सुवर्ण अवसरको सदुपयोग गर्न उपेन्द्र, महन्थ र राजेन्द्रहरू कम्मर कसेर लागेका छन् । आन्दोलन त्यागेर उपप्रधानको पदको विजय गच्छदारको रजगज देखेर यिनले र्याल काटेको पनि धेरै समय बितिसक्यो । त्यसैले आन्दोलनमा समय खेर फाल्नुभन्दा विजय गच्छदारको बाटो अपनाउनु यिनले श्रेयकर ठानेका छन् । कोठे वार्ताबाट समाधान निस्किने भए यत्रो विनाशकारी आन्दोलन किन भन्ने प्रश्न कम लाजिमी छैन । आजसम्म आन्दोलनका घाइतेले क्षतिपूर्ति र औषधि उपचार खर्च पाएनन्, आन्दोलनमा मारिएकाहरूले १० लाख रुपैयाँ पाएन त के भयो ? आन्दोलनका अगुवाहरूले राम्रो ‘गिफ्ट’ पाउने सम्भावना बढेर गएको छ ।
अझै पनि मुलुकमा एकतन्त्री जहानियाँ राणाशासनको मौखिक कानुन देखे, भोगेका तथा पञ्चायतकालीन संविधानभन्दा माथि राजसंस्था बेहोरेका हामी जिउँदै छौं । वर्तमान संविधान २०७२ यी सबैभन्दा बेहतर र स्तरीय पक्कै छ । बत्तीस लक्षणले युक्त छ, यो संविधान म पनि मान्दिनँ । संविधान रामायण
र महाभारतजस्तो अकाट्य होइन, संविधान समय अनुसार संशोधन हुने दस्तावेज हो ।
अनि समयको माग अनुसार संशोधन हुने यो दस्तावेजलाई तोडमरोड गरी ५६ जनाको ज्यान जाने गरी हायतौबा मचाएर मधेस तताउने नाममा जे भयो, त्यसको नैतिक जिम्मेवारी मधेसबाट कसले लिने ? रैतीले कि नेताले ?
कोठे वार्ताबाट मधेसवादीहरूको हौसला बुलन्द भएको र आन्दोलन पस्त भएको देख्दादेख्दै पनि कसैकसैले यसैलाई आन्दोलन सफल भएको ठान्दै सबुर गरेका छन् । यसैलाई भनिन्छ, ‘घाँटी हेरेर हाड निल्नु’ अथवा ‘पद सानो गाँस ठूलो’ गर्नु हुन्न रे ।
उधारो र अपूरो, अधूरो सम्झौतारूपी छलछामले मधेसवादी दलहरूलाई फेरि खाल्डोमा खसाल्ने पक्कापक्की छ ।
नाकाबन्दी पछि अब सिंहदरबार केन्द्रित आन्दोलन गर्छौं भन्ने केही मधेसवादी दलहरूको सोच र ओलीका उखान टुक्का उस्तै उस्तै हुन् । ओलीको उखान टुक्कालाई कसैले ध्यान नदिने र जोक (मजाक)को रूपमा लिएभैंm सिंहदरबार केन्द्रित आन्दोलन पनि ‘नाङ्लो ठटाएर हात्ती तर्साउने’ सर्कस मात्र हो ।