दुवैको परिस्थिति एकैजस्तो थियो। दुवैजना एकै गाउँमा वरपर झुपडी बनाएर बस्दथे। मातापिताको निधनपछि ती दुवैको गुजारा जङगलको दाउरा काटेर बेचेर हुन्थ्यो। परिस्थितिको यस समानताको बावजुद ती दुवैको रुचि, प्रवृत्ति, विचार, आकाङ्क्षामा पर्याप्त अन्तर थियो।
एक साँझ उनीहरू जङगलबाट दाउरा लिएर आइरहेका थिए, त्यसमध्ये विवेकले भन्यो– “शायद १ हामीले केही पढेलेखेको भए, शास्त्रको अध्ययन–चिन्तन गरेको भए, तब जिन्दगीको स्वरूप नै अर्कै हुन्थ्यो।”
“के बेकारको कुरा गर्छौं, विवेक १ पढाइ–लेखाइलाई अब हामीले के गर्नुछ । भगवानसँग प्रार्थना गर, कतै हामीलाई गाडिएको धन भेटोस्, जसबाट बाँकी जीवन आरामले बित्न सकोस्,” वैभवले सधैंजसो विवेकको कुरा काटेर भन्यो।
अचानक कुनै मान्छेको तेज आवाज सुनेर उनीहरू तर्सिए। “कोही समस्यामा छ। हामीले उनको सहायता गर्नुपर्छ,” विवेकले भन्यो र उनीहरू दाउराको थुप्रो एक ठाउँमा राखेर आआफ्नो बन्चरो लिएर त्यस दिशातर्फ दौडिए। केही टाढा पुगेपछि उनीहरूले भयानक दृश्य देखे। शिकारीजस्तो देखिने एकजना व्यक्तिमाथि चितुवाले आक्रमण गरेको थियो। शिकारी नराम्ररी घाइते भएर छटपटाउँदै कराइरहेका थिए।
उनीहरू तुरुन्त अगाडि बढेर चितुवामाथि बन्चरोले प्रहार गरे। अचानक भएको यस प्रहारमा चितुवा डरायो र घाइते हुँदै जङगलतर्फ भाग्यो। अब दुवैजना घाइते व्यक्तिलाई लिएर गाउँतर्फ हिंडे। त्यसै बेला घाइते व्यक्तिलाई खोज्दै केही प्रहरीजस्ता देखिने व्यक्तिहरू त्यहाँ पुगे।
“त्यहाँ छ, महाराज १ महाराज तपाईं सन्चै हुनुहुन्छ ?” नजिक पुग्नेबित्तिकै त्यसमध्ये एकजनाले सोध्यो।
“हो, अब म ठीक छु। यदि यी बहादुर युवकले मलाई नबचाएको भए मेरो के हुन्थ्यो ?” शिकारीजस्तो देखिने व्यक्तिले कराउँदै भन्यो।
“स्याबास नौजवानहरू १ आफ्नो राज्यको महाराजको प्राण जोगाएर तिमीहरूले सारा राज्यमाथि नै उपकार गरेका छौं,” सिपाहीले भन्यो।
“महाराज १” विवेक र वैभव दुवैजना अचम्ममा परे। “हो, म शिकारको पछि लाग्ने क्रममा सिपाहीको साथ छुट्यो । त्यसपछि चितुवाले ममाथि आक्रमण गर्यो। तिमीहरूको बहादुरी केवल स्याबासयोग्य छैन, बरु पुरस्कारयोग्य पनि छ। भोलि बिहान तिमीहरूलाई राजमहलमा आउने निमन्त्रण दिन्छौं। त्यहाँ तिमीहरूलाई मनले मागेको पुरस्कार दिएर सम्मानित गरिनेछ,” राजाले भने ।
भोलिपल्ट उनीहरू ठीक समयमा राजमहल पुगे। महाराजले उनीहरूको भव्य स्वागत गरे र मागे जति पुरस्कार माग्न भने। “महाराज १ यदि तपाईं प्रसन्न हुनुहुन्छ भने मलाई दश हजार स्वर्ण मुद्रा दिनुहोस्, जसबाट म आफ्नो गरिबीबाट छुटकारा पाउन सकूँ,” वैभवले हात जोडेर भन्यो।
“महाराज १ मेरो अभिलाषा सानैदेखि सत्पुरुषको सङगतिमा ज्ञान प्राप्त गर्ने थियो । तर आजसम्म यस्तो हुन सकेन। यदि तपाईं मप्रति प्रसन्न हुनुहुन्छ भने मेरो यो इच्छा पूरा गरिदिनुस्,” विवेकले आफ्नो मनको कुरा सुनायो।
महाराजले वैभवलाई दश हजार स्वर्ण मुद्रा दिए र विवेकलाई राजगृहमा आचार्य देवलको आश्रममा पठाउने व्यवस्था गरिदिए। विवेकसँग अलग हुँदा वैभवलाई खल्लो त लागिरहेको थियो साथै उसको बुद्धिप्रति दया पनि लागिरहेको थियो। छुट्टिने समय वैभवले भम्यो– “अहिले पनि सोच विवेक तिमीले के माग्यौं। अहिले पनि समय छ, महाराजसँग स्वर्ण मुद्रा माग र मसँगै गाउँ हिंडेर आरामले बस,” वैभवले आफ्नो सल्लाह प्रकट गर्यो।
“होइन मित्र १ मैले आफ्नो आवश्यकता अनुसार ठीक नै
मागेको छु । ज्ञानप्राप्तिपछि म तिमीसँग भेट्न अवश्य आउने छु। त्यति बेलासम्मको लागि बिदा देऊ,” यति भनेर विवेक महर्षि देवलको आश्रमतर्फ प्रस्थान गर्यो ।
समय पल–क्षण, दिन–महिना–वर्षले आफ्नो यात्रा पूरा गर्दै गयो। कुन बेला १२ वर्ष बित्यो पत्तै भएन। यसबीच विवेकले महर्षि देवलको आश्रममा कठोर तप–साधनाको साथ आफ्नो विद्याध्ययन पूरा गरिसकेका थिए। तत्त्वदर्शी विद्वानको रूपमा उनको ख्याति
चारैतिर फैलिन थाल्यो। जीवनको अनगिन्ती रहस्यको उनले अनुभव गरिसकेका थिए ।
साधना र अध्ययन पूरा गरेपछि उनी आफ्नो मित्रसँग भेट्न गाउँतर्फ लम्के। गाउँ पुगेपछि उनलाई आश्चर्यको ठेगाना नै रहेन। वैभव अहिले पनि त्यस जीर्ण झुपडीमा दिन बिताइरहेका थिए । “यो के भयो वैभव १ तिमी यस अवस्थामा ?”
वैभवले एकाएक विवेकलाई चिन्न सकेन, केवल हात जोडेर उनको सामुन्ने उभिरहयो।
“अरे १ मलाई चिनेनौं ? म विवेक हुँ तिम्रो मित्र।”
“विवेक तिमी १” वैभवले तुरुन्त अँगालो मार्यो। साथै उसको आँखाबाट आँसु पनि निस्कियो।
“के भयो वैभव १ तिमीले त महाराजासँग पर्याप्त धन लिएर फर्किएका थियौं। तर पनि यस्तो... के कसैले तिम्रो स्वर्ण मुद्रा बाटोबाटै लुट्यो ?” विवेकले सोध्यो।
“होइन विवेक १ धनले नै मलाई लुट्यो। समझदारीको अभावमा मैले धनको उचित सदुपयोग गर्न सकिनँ। धन पाउने बित्तिकै मनको कुसंस्कार ममाथि हावी हुन थाल्यो। गलत सङगतिको कारण विलासप्रियता पनि बढ्यो। हेर्दाहेर्दै सबै धन समाप्त भयो। साथै मेरो स्वास्थ्य पनि चौपट भयो। अब त केवल पछुताउन मात्र बाँकी छ।”
विवेकले वैभवको पीडा बुझ्यो। उसलाई सम्झाउँदै भन्यो–
“मित्र १ वास्तविक सम्पदा जीवन हो। जसले यसको उचित उपयोग गर्न
सिक्यो, त्यसले संसारको समस्त सम्पदाको पनि उचित उपयोग गर्न
सक्छ। पछुताउन छाड, बाँकी
जीवन सम्हाल्ने यत्न गर, शेष आपैंm ठीक हुनेछ।”
“तिमीले ठीकै भन्थ्यो विवेक १ आज मैले बुभेंm। विवेक र वैभवको
जोडीमा विवेकको महत्त्व बढी हुन्छ र सधैं रहन्छ । तिम्रो सान्निध्य पाएर ममा पुन: नवजीवनको सञ्चार हुन थालेको छ।”