अनन्तकुमार लाल दास
प्रत्येक शिक्षकले यस्तो कक्षाको कल्पना गर्छ जसमा विद्यार्थीहरू प्रसन्न, सक्रिय, जिज्ञासु, सतर्क, ज्ञान प्राप्त गर्न उत्सुक, कल्पनाशील, सृजनशील, आफ्नो भावना अभिव्यक्त गर्न सक्षम, कार्यमा नियमित, बूढापाका वा साथीहरूसँग मिलनसार होस् । मैले कक्षाकोठामा के अनुभव गरेको छु भने केटाकेटीहरू धेरै कुरामा समान हुन्छन् तर उनीहरूबीच एक आपसमा अन्तर पनि हुन्छ । उनीहरू द्वारा गरिने अनुक्रियामा अन्तर देखापर्छ र एउटै केटा वा केटी बेग्लाबेग्लै समयमा भिन्न–भिन्न अनुक्रिया गर्दछन् ।
उदाहरणका लागि केही विद्यार्थीलाई नजिकबाट अवलोकन गर्नुहोस् । नरेश शारीरिक रूपले कमजोर छ, कक्षामा सतर्क भई बस्दैन र सक्रिय पनि छैन । सात वर्षकी रीना आफ्नो कक्षामा राम्री थिइन् तर हिजोआज उदास रहन्छिन् । उनी एकोहोरो अरूलाई हेरिराखेकी हुन्छिन् र प्राय: आफ्नै कल्पनामा डुबी रहन्छिन् । रमेश र कमली दुवै पढाइमा कमजोर छन् । यी दुवैलाई के भएको छ ? के यिनीहरू मन्दबुद्धिका हुन् ? होइन, यिनीहरूमध्ये प्रत्येकको व्यवहारमा भिन्नता छ । किशोरको समस्या हो–भोक । किशोरलाई खानको लागि पर्याप्त भोजन पाइँदैन । बढी भोको भएको हुनाले कक्षामा उसले कसरी ध्यान दिन सक्छ ? रीनाको बुवा बढी रक्सी खान थाले । उनी प्राय: रिसको आवेगमा घर छाडेर जाने कुरा गर्छन् । रमेशको आमाबुवा दुवै उसको पढाइमा कुनै सहायता गर्दैनन् किनभने दुवै अशिक्षित छन् । कमली धनी परिवारसँग सम्बन्धित छे तर उसको आमाबुवालाई छोरीको कुरा सुन्ने समय छैन । कमली आफ्नो घरमा काम गर्ने मायासँगै बस्छिन् ।
शिक्षक, शिक्षाप्ेरमी र शिक्षाविद् सबै माथि उल्लिखित समस्या भएका विद्यार्थीहरू तथा अन्य प्रकारको समस्याले ग्रसित विद्यार्थीहरू जो शिक्षणप्रति सकारात्मक प्रतिक्रिया गर्दैनन् त्यसप्रति चिन्तनशील रहेका छन् । यस्ता विद्यार्थीहरूमध्ये अधिकांशको शैक्षिक उपलब्धि सामान्यभन्दा तल, सामाजिक सम्बन्ध अपर्याप्त तथा असामाजिक गतिविधिप्रति बढी झुकाव हुन्छ । यिनीहरू मध्ये बढीले विद्यालय परित्याग गर्नु पनि एउटा अर्कै समस्या हो । धेरै समय सम्म आनुवंशिकतालाई नै केटाकेटीहरूको अधिकांश समस्याको कारक मानिथ्यो तर विभिन्न शोधकर्ताहरूको अथक प्रयासले धेरै यस्ता कारण थाहा हुन आएको छ जसले उनीहरूको व्यक्तित्वमाथि प्रभाव पार्छ । केटाकेटीहरूको जीवनमा यस्ता कारणहरू मध्ये कुनै एकको कमीलाई पनि प्रतिकूल परिस्थिति भन्न सकिन्छ ।
हाम्रोजस्तो अविकसित राष्ट्रको प्रमुख समस्या गरीबी र अशिक्षा हो, जुन अन्य समस्याहरूको पनि मुख्य कारण हो । धेरै समस्या चक्रीय र अन्योन्याश्रित प्रकृतिको हुने भएकाले धेरै मानिस यसबाट छुटकारा पाउन सक्दैनन् । उदाहरणका लागि गरीबीका कारण आमाबुवा आआफ्नो सन्तानलाई विद्यालय पठाउन सक्दैनन् र उचित शिक्षाको अभावमा ठूलो भएपछि यिनीहरूलाई सम्मानजनक जागिर पाउन गार्हो हुन्छ । गरीबीको कारण धेरैजसो मानिस यस्ता ठाउँमा बसोवास गर्छन्, जहाँ मूलभूत सुविधाको अभाव हुन्छ । केटाकेटीहरूसँग घरमा खेल्ने ठाउँको कमी हुन्छ । आमाबुवा दुवै बिहान काममा निस्कन्छन् र साँझ मात्र फर्कन्छन् । केटाकेटीहरूलाई आफ्नो सुरक्षा आपैंm गर्नुपर्छ । यदि आमाबुवासँग निश्चित जागिर छ भने उनीहरूको बसोवास स्थायी हुन्छ र केटाकेटीहरू छेउको विद्यालयमा पढ्न सक्छन् तर यदि स्थायी जागिर छैन भने एक ठाउँबाट अर्को ठाउँ सर्ने बाध्यताले गर्दा केटाकेटीहरूको पढाइ पनि बाधित हुन्छ । यस परिस्थितिले गर्दा केटाकेटीहरूमा सजिलै गलत क्रियाकलाप विकसित हुन थाल्छ ।
गरीबी रेखामुनि जीवन व्यतीत गर्ने परिवारका ससाना केटाकेटीहरूलाई आमाबुवासँगै काममा जानुपर्ने बाध्यता हुन्छ । बाल्यकालमा खेल्ने र विद्यालय जाने ठाउँमा उनीहरू सानै उमेरदेखि दायित्वको बोझ उठाउन बाध्य हुन्छन् । नेपालको ग्रामीण र पहाडी भेगको जीवन पनि यसभन्दा भिन्न छैन । गरीबी, आहारको कमी, दूषित पेयजल, स्वास्थ्य र शिक्षाको अभाव ग्रामीण र सुदूर पहाडी भेगमा बसोवास गर्ने परिवारको लागि निरन्तर चल्ने समस्या हो । स्वास्थ्य सुविधाको अभावमा कम आम्दानी हुने परिवारका केटाकेटीहरूमा दृष्टिदोष, श्रवणदोष र अन्य रोग पाइन्छ । औसत नेपाली केटाकेटीहरूको जन्मको आरम्भ नै कठिन हुन्छ । गरीबी र शिक्षाको अभावमा पटकपटक गर्भवती हुनाले आमा झन् कमजोर हुन्छिन् र उनका सन्तान पनि आहारको कमीले गर्दा पटकपटक बिरामी पर्छन् । शोधले के देखाएको छ भने कुपोषणले मस्तिष्कको विकास र बौद्धिक क्रियाशीलतालाई मन्द बनाउँछ । कुपोषणको दूरगामी प्रभाव केटाकेटीहरूको व्यवहारमा देखापर्छ । अल्पपोषित केटाकेटीहरू सुस्त र वरिपरिको परिवेशप्रति उदासीन हुन्छन् । यिनीहरूमा एकाग्रताको पनि कमी हुन्छ । उनीहरूमा भोकप्रति चिन्तित हुने हुने प्रवृति हुन्छ । यस कारण कक्षामा हुने पढाइप्रति उनीहरूमा रुचि देखा पर्दैन । पोषणबाहेक पर्याप्त निद्रा, आराम, व्यायाम, उपयुक्त घरको व्यवस्था, लुगा र चिकित्सा आदि मानिसको स्वस्थ मनोदशा विकसित गर्न सहायक हुन्छ । यसबाट वञ्चित केटाकेटीहरू विद्यालयमा उपलब्ध सुविधाको पूर्ण लाभ प्राप्त गर्न सक्षम हुँदैनन् ।
उल्लिखित कारणहरूबाट मात्र विद्यालयमा सफलता प्राप्त हुँदैन । यस बाहेक सांस्कृतिकरूपले वञ्चित भएपछि पनि उनीहरूमाथि प्रतिकूल प्रभाव पर्न जान्छ । घरको वातावरणको प्रभावले पनि उनीहरूको पढाइलाई बढी प्रभावित गर्दछ । सामान्यतया घरमा जहाँ एक आपसमा कुराकानीका लागि राम्रो भाषा प्रयोग गरिन्छ, जहाँ आमाबुवाले सन्तानको कार्यमा रुचि लिन्छन्, उनीहरूलाई प्रोत्साहित गर्छन्, पुरस्कार दिन्छन् र केटाकेटीहरूको चरित्रप्रति सतर्क रहन्छन्, त्यहाँ केटाकेटीहरूलाई बौद्धिक विकासका लागि प्रेरणा प्राप्त हुन्छ र बौद्धिक आवश्यकताको पूर्ति पनि । सांस्कृतिक परिवेशबाट वञ्चित घरमा यस्ता कुरामध्ये धेरैको अभाव हुन्छ । यस्ता परिवारको सदस्य सङ्ख्या पनि बढी हुन्छन् । यस्ता परिवार गरीबीले ग्रस्त हुन्छन् र मूलभूत आवश्यकताको पूर्तिका लागि सङ्घर्षरत रहन्छन् । यस्ता परिवारको शैक्षिक स्तर पनि निम्न हुन्छ र आफ्नो कुरा भन्ने योग्यता पनि कम हुन्छ । यस्ता परिवार कुनै पनि हालतमा आफ्नो सन्तानलाई प्रेरणादायक वातावरण प्रदान गर्न सक्षम हुँदैनन् । मध्यम वर्गीय परिवारको अपेक्षा यिनीहरूमा शब्द भण्डार पनि सीमित हुन्छ । व्याकरणको दृष्टिले यिनीहरूको भाषा अशुद्ध हुन्छ । यस प्रकार हामी के पाउँछौं भने सांस्कृतिक दृष्टिकोणले पिछडिएका केटाकेटीहरूमा एकाग्रताको आधार कमजोर हुन्छ । यस्ता केटाकेटीहरू विद्यालयमा प्रवेश लिएपछि आफ्नो कक्षासाथीको शैक्षिक क्रियाकलापको तुलनामा कमजोर हुन थाल्छन् र समयसँगै झन् टाढिंदै जान्छन् । विस्तारै पटकपटक असफल भएपछि विद्यालयप्रति आकर्षणमा कमी आउँछ र उनीहरूले कुनै निहुमा विद्यालयको पर्खालबाट बाहिरिन खोज्छन् ।
मानिसको व्यक्तित्व विकासका लागि आमाबुवासँग नजिक र मायालु सम्बन्ध हुनु अति आवश्यक हुन्छ । हाम्रो मान्यता के रहेको छ भने सबै आमाबुवाले आआफ्ना सन्तानलाई माया गर्छन् तर दुर्भाग्यवश यो सत्य होइन । यस्ता धेरै केटाकेटीहरू छन्, जसलाई आमाबुवाले जन्माउन चाहँदैनथे । हुन सक्छ उनीहरूको पहिले नै बढी सन्तान भएर वा आमाबुवाबीच सम्बन्ध नराम्रो भएको कारण थप जिम्मेवारी बढाउन नचाहेर होला । यसबाट के प्रस्ट हुन्छ भने कतिपय कारणले धेरै केटाकेटी भाग्यशाली हुँदैनन् र यस्ता केटाकेटीहरूको पालनपोषण कुनै संस्थामा हुन्छ जहाँ उनीहरूको शारीरिक रेखदेख अर्थात् उनीहरूलाई सफासुग्घर राख्ने, पौष्टिक खाना दिने, बिरामी भए इलाज गर्नेजस्ता कुरामाथि विशेष ध्यान दिइन्छ । पहिले केटाकेटीहरूको विकासका लागि यो नै पर्याप्त हो भन्ने बुझाइ थियो तर पछिको एक अध्ययनले के देखाएको छ भने संस्थामा स्याहारसुसार गरिएका केटाकेटीहरू हरेक कुरामा पिछडिएका हुन्छन् । यसको एक मात्र कारण त्यहाँ स्नेहको अभाव हो ।
जीवनको प्रारम्भिक कालमा आमाबुवाको मायाबाट वञ्चित रहने केटाकेटीहरूको व्यक्तित्वमाथि यसको दूरगामी र कहिलेकाहीं स्थायी प्रभाव पर्छ । प्रारम्भिक जीवनमा भावनात्मक आवश्यकता पूर्ति नहुनाले केटाकेटीहरूको बौद्धिक विकास स्थायीरूपले कमजोर हुन जान्छ । यसबाट सामाजिक परिपक्वता र सामाजिक योग्यतामा पनि कमी आउँछ । यस्ता केटाकेटीहरूमा धेरै प्रकारको विकृति पाइन्छ । यस्ता केटाकेटीहरू आपराधिक गतिविधिमा बढी संलग्न भएको देखिएका छन् । यस कारण शिक्षकहरूले सन्तोषजनक प्रगति नगर्ने विद्यार्थीहरूको सूक्ष्म अध्ययन गर्नुपर्दछ र यस्ता अध्ययनबाट शिक्षकहरूले धेरै यस्ता कुराहरू पाउने छन् जसलाई सम्बन्धित विद्यालयमा भएका सबै शिक्षकमाझ राखेर छलफल गरियो भने निश्चितरूपले त्यस्ता विद्यार्थीहरूले पनि प्रगति गर्नेछन् ।