–कुमार रुपाखेती
हिन्दू राष्ट्रको वकालत गर्ने कमल थापा, सङ्घीयताविरोधी चित्रबहादुर केसी, लुकेछिपे थारू र मधेसको दबेस्वर आवाज उठाउने विजय गच्छदार, नेपालमा सशस्त्र सङ्घर्षको वाहक ए माओवादी, ढुलमुले चरित्रको एमाले र कुनै राजनैतिक दर्शन र आदर्श नभएका साना पार्टीहरू मिलेर वर्तमान सरकारको अनौठो निर्माण भएको हो । सरकार टिकाउन र केहीलाई रिझाउन उपप्रधानमन्त्रीको पद मन्दिरमा पुजारीले भक्तजनलाई प्रसाद बाँडेभैंm बाँडिएको छ । तर पनि यो सरकारलाई अब्बल दर्जाको सरकारको संज्ञा दिनेको कुनै कमी छैन । कुनै जमानामा राजा महेन्द्रले पञ्चायती व्यवस्था टिकाउन अनुदारवादी पञ्चहरूबीच खाँटी काङ्ग्रेसी विश्वबन्धु थापा, परशुनारायण चौधरी र कम्युनिस्ट केशरजंग रायमाझीलाई शासनमा ल्याएका थिए ।
भनिन्छ, त्यतिखेर महेन्द्र राजालाई भारतको आशीर्वाद प्राप्त थियो, त्यही आशीर्वादको बलमा राजाले ‘चित पनि मेरो, पट पनि मेरो’ भन्ने गर्दथे । तर अहिले अवस्था ठीकविपरीत छ । अहिले मधेस आन्दोलनका बखत नेपाल सरकारले भारतीय नाकाबन्दीको धज्जी उडाउन कुनै कसर बाँकी राखेन । प्रधानमन्त्री ओलीले त झन् साइकल चढेर काठमाडौं घुम्ने तर दिल्ली नजाने अडान लिएपछि भारतको पारा चढ्नु स्वाभाविकै हो । एकताका विदेशी प्रभुको इशारामा प्रधानमन्त्री बनेका भनिने माधव नेपाल र जनयुद्धताका भारतमा लुकिछिपी बसेका प्रचण्डसमेतले भारतको नामै तोकी मधेस आन्दोलन चर्काएको हाकाहाकी फलाक्न थालेपछि भारत इन्तु न चिन्तु हुनु पनि स्वाभाविक हो । उपप्रधानमन्त्री चित्रबहादुर केसीले त भारतले नेपालबाट मधेस अलग्याउन खोजेको आरोप नै लगाए भने भारतले अहिले सबैभन्दा नजिकको र भरपर्दो ठान्ने कमल थापासम्मले अन्तर्राष्ट्रियस्तरमा भारतले बलमिच्याइँ गर्न खोजेको भनेपछि भारतले वर्तमान सरकारलाई फुटेको आँखाले देख्न सकेको छैन । हुनत विगतका घटनाहरूले ‘भारतले नेपालमा सरकार बदल्न र निर्माण गर्न सक्छ’ भन्ने प्रमाणित भइसकेको छ । सरकारमा सहभागी नहुने तर सरकार समर्थक नारायण बिजुक्छेको पार्टीले समेत भारतलाई सराप्ने, सरकारमा सामेल सिपी मैनालीको माले र केही मधेसी मन्त्री र सभासद्ले मधेस आन्दोलनमा भारतीय भूमिका किटुवा गरेपछि स्वदेश र विदेशमा समेत आफ्नो मानहानि भएको, मोदीको लोकप्रियतामा र्हास आएको निष्कर्ष निकाली ओलीको सरकार ढाल्न काङ्ग्रेस र मधेसवादीहरूको कान भर्न थालेको छ ।
तर सरकार ढाल्नु अहिले विगतमा जस्तो सजिलो छैन । भारतले साम, दाम, दण्ड, भेद प्रयोग गर्दासमेत यो सरकार सरल तरिकाले ढाल्न फलामको च्युरा चपाउनुपर्ने देखिन्छ । मधेसवादी दलका कार्यकर्ताहरूले जानकी मन्दिरजस्तो पवित्र स्थलमा महिला राष्ट्रपति विद्यादेवी भण्डारीप्रति देखाएको असहिष्णुता र अपमानले वर्तमान सरकारवादीहरू बलियो भएका एक ढिक्का भएका राजनैतिक विश्लेषकहरू बताउँछन् । सङ्क्षेपमा भन्ने हो भने उत्तर–दक्षिण फर्किएको यो सरकार त्यसै पनि कमजोर छ । सरकारवादी दलहरूबीच आन्तरिक द्वन्द्व चर्किने बित्तिकै यो सरकार बालुवाको घरभैंmं गल्र्यामगुर्लुम ढल्ने निश्चित छ । तर ‘नयाँ शक्ति’ भन्दै पुराना बदनाम र बहुरूपिया अनुहार एकत्र गरी हिंड्ने बाबुराम भट्टराई, लामो र अनिश्चित अनि पट्यारलाग्दो र अपत्यारिलो आन्दोलन गर्ने मधेस केन्द्रित दलहरू र आम जनताले अविश्वास गर्ने काङ्ग्रेसलाई सरकार ढाल्न भारतले मोहरा बनाउने हो भने एक, दुई, तीन भारतले यो सरकार ढाल्न सक्दैन ।
विगतमा नारायणहिटीले गर्ने भूमिका अहिले भारतले गर्दैछ । दरबार र राजसंस्थालाई असर पर्ने काम गर्ने, दरबारले भनेको, अर्हाएको नमान्ने पञ्चायतकालीन प्रधानमन्त्रीलाई राजाले एक झटकामा पदच्युत गरिदिन्थे, यसको लागि राजाले ठूलो कसरत गर्नुपर्ने आवश्यकता पर्दैनथ्यो त्यो जमानामा ।
अहिले पहिलो कुरा के छ भने राजालाई भैंm पत्याउने मान्छे भारतले नेपालमा उत्पादन गर्न सकेको छैन, दोस्रो कुरा भारत भन्ने बित्तिकै नेपालमा नाक–मुख खुम्च्याउनेको सङ्ख्या बढ्दो छ । झन् वर्तमान नाकाबन्दीले आलो घाउमा नुनचुक छरेको छ । सङ्क्षेपमा भन्ने हो भने नेपालमा भारतीय कूटनीति असफल भएको छ । अब यस्तो अवस्थामा भारतले कुन मुखले कसलाई गुहारेर ओलीको सरकार ढाल्ने ?