ई. गोपाल श्रेष्ठ
आजको व्यवसायिक युगमा प्राय: सबै मानिस तनावमा नै हुन्छन् । ‘तनाव’ शब्द मानव शरीरको महत्त्वपूर्ण अ·हरू ‘स्नायु र मस्तिष्क प्रणाली’ सँग सीधा सम्बन्धित हुन्छ । तनाव व्यक्तिगत स्वास्थ्य तथा सौहार्दपूर्ण पारिवारिक वातावरणको लागि डरलाग्दो र ध्वंसात्मक हुन्छ । हाम्रो आवश्यकता तथा आकाङ्क्षाको अनुपातमा हाम्रो स्रोत तथा साधन सीमित हुन्छ । आवश्यकता तथा आकाङ्क्षा पूरा गर्न सकिएन भने हामीलाई तनावले आक्रमण गर्छ । तनावले मानिसको रक्तचाप बढाउँछ । बढ्दो रक्तचापले मानिसलाई ‘ब्रेन हेमरेज’ तथा ‘प्यारालाइसिस’ पनि गर्न सक्छ, तनावले निम्त्याउने रोगमध्ये मुटु र मृगौला रोग त सामान्य नै हो । मानिस मानिसबीच पारिस्परिक सम्बन्धमा एकले अर्कोलाई नबुझेर दुव्र्यवहार गर्यो भने पनि तनाव सृजना हुन्छ । दुव्र्यवहारले मानिसको आत्म–सम्मानमा चोट पुग्छ र यो चोटले मानिसको हृदय छिया–छिया पारिदिन्छ । हृदय छियाछिया हुनु भनेको तनाव सृजना हुनु हो । मानिसको कार्यस्थलमा सधैं न्यायोचित काम भइरहेको हुँदैन । अन्यायपूर्ण कामले पनि तनाव सृजना गर्छ । अन्याय जति ठूलो हुन्छ, आक्रोश पनि त्यत्ति नै डरलाग्दो हुन्छ ।
तनावमा मानिसले आफू स्वयं, समाज र परिवारका अन्य व्यक्ति तथा सदस्यलाई समेत हानि–नोक्सानी पुर्याउने खालको डरलाग्दो गल्ती गर्छ । तनावले भावनालाई उत्तेजनामा परिणत गरिदिन्छ र त्यही तनावमा गरिएको गल्ती उत्तेजनाको परिणाम हो । उत्तेजना हटेपछि मानिस मानवको रूप धारण गर्छ, उत्तेजनामा मानिसको रूप मानवको नभएर दानवको हुन्छ । उत्तेजित मानिसले भौतिक चीज/वस्तु जस्तो टेलिभिजन सेट, मोबाइल, भान्छाको उपकरण, घरको फर्निचर, सजावटका सामानहरू नष्ट गर्न सक्छ भने पशुवत् व्यवहार गरी आफू भन्दा शारीरिकरूपमा कमजोर पत्नी तथा छोराछोरीमाथि हातपात पनि गर्न सक्छ । अति नै नकारात्मक अवस्थामा आफू मर्न/आत्महत्या गर्ने र अन्य व्यक्तिको हत्या पनि गर्न सक्छ । तनावको परिणाम त्रासदीपूर्ण छ, त्यसैले यसको व्यवस्थापन तथा नियन्त्रण जरुरी छ ।
आफूले गर्ने र गर्नुपर्ने काम, आम्दानी अनुसारको खर्च, सामाजिक तथा पारिवारिक रूपमा आइपर्ने परिस्थिति आफ्नो नियन्त्रणमा ल्याउन सकियो भने यसले तनाव व्यवस्थापनमा ठूलो योगदान पुर्याउँछ । आम्दानीलाई खर्चले जित्यो भने तनाव सिर्जना हुन्छ, आफ्नो काम तथा परिस्थिति आफ्नो नियन्त्रणभन्दा बाहिर गयो भने पनि तनाव सिर्जना हुन्छ । कसरी खर्च नियन्त्रण गर्ने, कसरी आफ्नो काम तथा परिस्थिति आफ्नो नियन्त्रणमा ल्याउने—यस्ता कुरामा सोच पुर्याए अवश्य पनि तनाव व्यवस्थापनमा सहयोग पुग्न जान्छ । धेरै कुराहरू आपसी सोच तथा बुद्धिले नियन्त्रणमा ल्याउन सकिन्छ । केही कुराहरू आफ्नो क्षमताभन्दा बाहिरको हुन्छ । यस्ता कुराहरूमा आफ्नो आत्मसम्मानलाई चोट पुग्न नदिई सम्झौता पनि गर्नुपर्छ । कसैलाई क्यान्सर रोग लागी आखिरी अवस्थामा पुगिसकेको छ भने—उसले जीवनसँग सम्झौता गर्नु नै पर्छ । मृत्युलाई सहर्ष स्वीकार गर्नु नै पर्छ । कति कुरा शुरुमा नराम्रो देखिन्छ तर कालान्तरमा राम्रो लाग्न थाल्छ । विकास–निर्माणको काम गर्दा शुरुमा धेरैलाई तनाव सृजना गर्छ । तर काम समाप्त भएपछि त्यसबाट हुने लाभले मानिसको शुरुमा सिर्जित तनाव आफैं साम्य हुन पुग्छ । हरेक व्यक्तिको जीवनमा समय र अनुशासन सधैं बलवान हुन्छ । समय र अनुशासनसँग सम्झौता गरी हातेमालो गरी जीवनलाई मार्गदर्शन गर्न सकियो भने पनि तनाव व्यवस्थापनमा सहयोग पुग्छ ।
तनाव बढ्दै जाँदा बुद्धि–विवेक, विश्लेषणात्मक क्षमता, धैर्य–सहनशीलता आदि मानवीय गुणको प्रयोग गर्दै जानु पर्छ । आवेग वा आवेशमा केही बोल्यौं, केही गर्यौं भने त्यो गल्ती हुन्छ । कोही व्यक्ति आवेग वा आवेशमा आयो भने अरू पनि आवेगमा/आवेशमा नआई परिस्थितिलाई नियन्त्रणमा लिन सक्नुपर्छ । भारतका प्रधानमन्त्रीले आवेगमा/आवेशामा आई नेपालविरुद्ध नाकाबन्दी गर्दा त्यसको डरलाग्दो नकारात्मक परिणाम हामी भोगिरहेका छौं भने त्यसैको नकारात्मक परिणाम जस्तो भारतबाट नेपालमा निर्यात हुने औद्योगिक मेशिन–उपकरण तथा मेशिनरी पार्टपुर्जा, उत्पादनको लागि आवश्यक कच्चा पदार्थ, साना तथा ठूला गाडीहरू, इन्धनलगायत तयारी खाद्यान्न तथा जिन्सी वस्तुहरूको व्यापार घाटा सहनुपरेको छ । यसले गर्दा नेपालमा नै व्यापारिक निर्भरमा रहेका कतिपय भारतीयहरू अहिले समस्यामा परेका छन् । भारतको प्रधानमन्त्री उत्तेजनामा आई कुकृत्य गर्दा नेपालको प्रधानमन्त्री पनि उत्तेजनामा आएकै हो । दुई देशको प्रधानमन्त्रीको उत्तेजनाले गरेको क्षति कल्पना गर्न नसकिने प्रकृतिको छ । अहिले हामीले भोगिरहेको नाकाबन्दी भारतीय प्रधानमन्त्रीलाई आत्मसम्मानमा चोट पुगेको तनावको परिणाम हो । यो तनावको सम्बोधन जटिल छ । त्यसै कारण यसले ध्वंसात्मक रूप लियो र हामी दुई देशबीचको बलियो सम्बन्ध अचानक भताभु· हुन पुग्यो । तनावको परिणाम यस्तो डरलाग्दो हुने भएकोले यसको व्यवस्थापन तथा नियन्त्रण गर्नु नै पर्छ ।