$type=ticker$count=12$cols=4$cate=0

अमेरिका: आविष्कारको भूमि

SHARE:

विश्वराज अधिकारी
    संयुक्त राज्य अमेरिका जहाँ प्रत्येक पल नयाँ नयाँ वस्तु एवं सेवाहरूको विकासबारे सोचिन्छ, नयाँ वस्तु एवं सेवाहरूको विकास गरिन्छ र नयाँ वस्तु एवं सेवाहरूको विकास गरेर उपभोक्ताहरूलाई अधिक सेवा तथा सन्तुष्टि प्रदान गरिन्छ । यसैगरी व्यापारका नयाँ नयाँ तरिकाहरूको विकास गरिन्छ । नयाँ नयाँ वस्तु एवं सेवाहरू उत्पादन गर्ने सन्दर्भमा नै अमेरिकामा फेसबूक, युट्युब, स्काइप, गूगल, अमेजन, इबे, ट्वीटर, उबर आदिको विकास भएको हो । यी सुविधाहरूको विकासले उपभोक्ताहरूलाई प्रदान गर्ने सुविधाहरूको विस्तार मात्र भएन, व्यक्तिहरूको जीवनशैलीमा नै परिवर्तन आयो । रोजगारका अनेक अवसरहरू सृजना भए ।
    संसारको कुनै एक कुनामा भएको घटना केही मिनेटभित्रमा नै संसारभरिका व्यक्तिहरूलाई अवगत गराउन सकिन्छ भन्ने कुरा युट्युबको विकास हुनुभन्दा पहिले कसैले सोचेको पनि थिएन । अहिले सिरियामा सरकारी सेना वा इस्लामिक उग्रवादी स·ठनले सामान्य नागरिकमाथि गरेको बम हमला होस् वा नाइजेरियाको अर्काे इस्लामिक उग्रवादी स·ठन बोको हरामले गरेको हिंसक कारबाई, केही मिनेटभित्रमा नै संसारभरि युट्युबमा हेर्न सकिन्छ । युट्युबले सञ्चारलाई यति छरितो र व्यापक पारिदिएको छ कि अब कुनै सार्वजनिक महत्त्वको घटना थाहा पाउन अखबार, रेडियो वा टिभीको समाचारलाई पर्खेर बस्नुपर्दैन, युट्युब हेरे हुन्छ ।
    सञ्चारको क्षेत्रमा भएको अर्को महान् आविष्कार हो, फेसबूक। फेसबूकका प्रयोगकर्ताहरूलाई नागरिक मान्दै यसलाई देश मान्ने हो भने चीनलाई उछिंदै फेसबूक संसारको सर्वाधिक ठूलो देश हुन पुगेको छ । अहिले, संसारभरिबाट लगभग १ अरब ५५ करोड जति व्यक्तिहरूले फेसबूक प्रयोग गर्छन् । जनसङ्ख्याको आधारमा चीन विश्वको सर्वाधिक ठूलो देश हो । चीन, जहाँ अहिले (सन् २०१५ को अनुमान) करिब १ अरब ४१ करोड व्यक्तिहरूको बसोबास छ ।
    फेसबूक आपैंmमा एक विशाल मुलुक हुन पुगेको त छ नै यसका प्रयोगकर्ताहरूले पनि विश्वको अनेक स्थानहरूबाट एक अर्कासँग स्वतन्त्र भएर विभिन्न किसिमबाट अन्तक्र्रिया गर्न सक्छन् । फेसबूकको कुनै एक प्रयोगकर्ताले यो प्रयोग गर्न बस्दा लाग्छ ऊ अनेक व्यक्तिहरूको माझमा छ, त्यो प्रयोगकर्ता एक्लै भए तापनि । मनोवैज्ञानिकरूपमा फेसबूकले एक्लै बसेर यो प्रयोग गर्ने व्यक्तिलाई ऊ मान्छेहरूको भीडमा बसेको अनुभूति गराइदिन्छ । यो आपैंmमा एक चमत्कार हो । एक अनौठो माध्यमको आविष्कार हो । फेसबूकले व्यक्तिहरूको जीवनशैलीमा नै परिवर्तन ल्याइदिएको छ । अहिले व्यक्तिहरूले कुन ठाउँमा के भयो, को कुन स्थितिमा छ, कसले के भन्यो भनी थाहा पाउन पहिले फेसबूकमा ‘लग इन’ हुन्छन्, पछि मात्र सञ्चारका अन्य माध्यम प्रयोग गर्छन् । अहिले, यो समय बिन्दुमा, फेसबूक आपैंmमा समाचारको ठूलो स्रोत हुन पुगेको छ । खासमा फेसबूक अहिले ‘भानुमति का पिटारा’ हुन पुगेको छ, जहाँ मनोरञ्जन, सूचना, जानकारी, गीत, स·ीत, इतिहास, राजनीति जस्ता अनेक विषयहरू पाउन सकिन्छ ।
    अमेजन, इबे जस्ता सपिङ वेबसाइटहरूले विभिन्न सामग्रीहरू खरिद गर्ने तरिकामा नै परिवर्तन ल्याइदिए । यी वेबसाइटहरूको प्रयोगले विभिन्न सामग्रीहरू खरिद गर्न भौतिकरूपमा कुनै पसलमा नै पुग्नुपर्दछ भन्ने परम्परागत मान्यतालाई असत्य प्रमाणित गरिदिए । यस किसिमका सपिङ वेबसाइटहरू प्रयोग गरेर घरमा बसेर नै संसारभरिबाट करोडौं व्यक्तिहरूले विभिन्न सामग्रीहरू खरिद गर्छन् । यसरी खरिद गर्दा समयको बचत त हुन्छ नै साथै वस्तुहरूको मूल्य पनि सस्तो पर्न आउँछ । विक्रेताहरूले कुनै महँगो स्थानमा, ठूलो घरमा, पसल सञ्चालन गरेर सामग्रीहरू बिक्री गर्नु नपरेकाले मूल्य स्वाभाविकरूपमा सस्तो पर्न जान्छ । यसरी अनलाइन सपिङले मानिसको जीवन पद्धतिमा नै परिवर्तन ल्याइदिएको छ । अहिले करोडौं व्यक्तिहरूले संसारभरिबाट अनलाइन सपिङ गर्छन् । सन् २०११ मा, अमेरिकामा २०० बिलियन डलरको कारोबार अनलाइन सपिङबाट भएको थियो भने सन् २०१६ मा अनलाइन सपिङ ३२७ बिलियन डलर पुग्ने अनुमान गरिएको छ ।
    संसारको प्रत्येक स्थानमा समान किसिमले आवश्यक पर्ने र छोटो दूरीको आवागमनलाई अत्यधिक सरल तुल्याइदिने ‘टेक्सी’को अर्को कुनै प्रभावकारी विकल्प होला भन्ने कसैले सोचेको पनि थिएन । एक किसिमले भन्ने हो भने टेक्सी निर्विकल्प नै थियो । नयाँ वस्तु, सेवा एवं व्यापार पद्धतिको विकासको क्रममा ‘उबर’ टेक्सीको प्रभावकारी विकल्प हुन पुगेको छ । अहिले उबरको प्रयोगले छोटो दूरीको यातायातलाई सरल, छरितो र सस्तो तुल्याइदिएको त छ नै साथै व्यापारको नयाँ तरिकाको विकास पनि गरिदिएको छ । आफ्नो निजी प्रयोगका लागि कार वा सवारीका साधन राख्नेहरूले आफ्नो सो कारलाई उबरको सहयोगमा टेक्सीको रूपमा प्रयोग गर्न सक्छन् र फुर्सतको समयलाई थप आय प्राप्त गर्नमा उपयोग गर्न सक्छन् । यसरी उबरले रोजगारको नयाँ अवसर सृजना गरिदिएको छ । संसारभरि नै उबरको प्रयोगमा व्यापक वृद्धि भएको छ पनि ।
    यसरी अनेक किसिमका वस्तु, सेवा एवं व्यापार पद्धतिहरूको विकास गरेर अमेरिका विभिन्न आविष्कारहरूको जननी हुन पुगेको छ । अमेरिका विश्वमैं राजनैतिक तथा आर्थिकरूपमा धनी हुन सक्नु अमेरिकाको आविष्कार संस्कृतिले गर्दा हो । नयाँ नयाँ वस्तु एवं सेवाहरूको अविष्कार गर्नु अमेरिकाको संस्कृति नै बनेको छ । यहाँका कलेज मात्र होइन, हाईस्कूलदेखि नै विद्यार्थीहरूलाई अनुसन्धानमुखी हुन प्रेरित गरिएको हुन्छ ।
    अमेरिकाको अविष्कार (खोज, अनुसन्धान, अन्वेषण, उत्पत्ति वा विकास जे भनौं) संस्कृतिको रक्षा दुई महत्त्वपूर्ण तत्त्वहरूले गरेका छन् । ती दुई महत्त्वपूर्ण तत्त्वहरू हुन्– १० कडा नियम र कानुन तथा २० अविरल शान्ति र सुव्यवस्था ।
    अमेरिकामा जसले जुन वस्तु वा सेवा अथवा व्यापारको खोज एवं विकास गरेको हो, उसले त्यसको व्यापारिक प्रतिफल (आर्थिक लाभ) प्राप्त गर्ने स्वतन्त्र अधिकार राख्दछ र सरकारले पनि उसको त्यो अधिकारको सुनिश्चितताको प्रत्याभूति गर्दछ ।
    यसैगरी अमेरिकाभित्र रहेको अविरल शान्तिले पनि यस मुलुकको आर्थिक, सामाजिक एवं राजनैतिक विकासमा ठूलो योगदान पुर्‍याएको छ । यहाँका बालबालिकाहरूलाई यदि कसैले चक्काजाम, बजारबन्द, नाकाबन्द भनेको के हो भनी प्रश्न गर्ने हो भने उनीहरूले बुझ्ने छैनन् किनभने उनीहरूले ती कुराहरू कहिले देखेका पनि छैनन् । नेपालमा भने प्राथमिक स्कूलमा जानेहरूलाई पनि जुलुस, बन्द, हडताल, चक्काजाम आदि भलीभाँति थाहा छ । जुलुसमा गएको अनुभवसमेत छ ।
    नेपालमा किन हो, कहिले पनि शान्ति आउन सकेन । पञ्चायतकालमा देशभरिको ऊर्जावान समय केवल पञ्चायती व्यवस्था कसरी समाप्त पार्न सकिन्छ भनी सोच्न र त्यसका लागि विभिन्न आन्दोलनहरू गर्नमा नै खर्च भयो । पञ्चायती व्यवस्था ढल्यो, प्रजातन्त्र आयो । प्रजातान्त्रिककालको मूल्यवान समय पनि दलहरूबीच सत्ताको लागि अनेक सङ्घर्ष र झगडामा बित्यो । प्रजातान्त्रिककालको पछिल्लो समय त माओवादीहरूको अदूरदर्शी, अतिअनुत्पादक रक्तपातपूर्ण समयमा बित्यो । यो समयले आम नेपालीलाई ह्दयहीन र अति हिंसक हुन सिकायो पनि । गणतन्त्रको युग त झन् सर्वाधिक डरलाग्दो र लथालि·को रह्यो ।
    नेपालको गणतान्त्रिक युगमा भएको मधेसी मोर्चाको आन्दोलनले त झन् हिन्दी गीतको एक पङ्क्ति नै याद दिलायो । मोर्चाको आन्दोलनले नेपाललाई ‘इक दूर से आती है, पास आके पलटती है, इक राह अकेली सी रुकती है, न चल्ती है’को स्थितिमा पुर्‍याइदिएको छ । नेपालको स्थिति वा मोर्चाको आन्दोलन ‘रुकती है, न चल्ती है’को स्थितिमा छ । यदि मोर्चाको आन्दोलन सही छ भने उसले सम्पूर्ण तराई–मधेसको जनतालाई साथ लिएर आन्दोलन तीव्र पार्नुपर्‍यो, अनि सरकारलाई जनदबाबमा पारेर आफ्ना मागहरू पूरा गराउनुपर्‍यो । जनताले पनि मोर्चालाई अटुट साथ दिएर वार कि पारको स्थितिमा पुर्‍याउनुपर्‍यो । तर मोर्चालाई लाग्छ, उसको आन्दोलन सही छैन, उसले आम मधेसीको साथ पाएको छैन भने मोर्चाले तत्काल आन्दोलन फिर्ता लिनुपर्‍यो । मधेसको जनताले पनि मोर्चालाई आन्दोलन फिर्ता लिन दबाब दिनुपर्‍यो । मोर्चाको आन्दोलनलाई ‘रुकती है, न चलती है’को स्थितिबाट बाहिर आउन अनि देशमा शान्ति ल्याउन मधेसका जनताले मोर्चाका नेताहरूलाई थप दबाब दिनुपर्‍यो । स्थिति यस्तै रहने हो भने विकसित देशहरूले म·लग्रहमा बस्ती बसाल्ने योजना गर्दा नेपालले ज·ली जीवनमा प्रवेश गर्न सुरसार गर्नुपर्ने हुन्छ । काठमाडौंका अग्ला अग्ला घरहरूका चुल्होमा दाउरा बल्नुले, औषधिको अभावमा बिरामीहरू मर्नुले, चिसोले मात्र पनि गरिबहरूको ज्यान जानुले के नेपाल ज·ली जीवनमा प्रवेश गर्न थालेको सड्ढेत गर्दैन त ?
    त्यस कारण विकासको लागि पूर्वशर्तको रूपमा रहेको पहिले शान्ति ल्याउनुपर्‍यो । आर्थिक विकास गर्न अमेरिकाभैंm पहिले शान्तिमा जोड दिनुपर्‍र्याे । शान्ति कायम भएपछि स्वत: विकास हुन्छ । सीमाड्ढन र पहिचानको समस्या पनि समाधान हुन्छ ।                       दचद्दण्टघ)बमजष्पबचष्२थबजयय।अयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : अमेरिका: आविष्कारको भूमि
अमेरिका: आविष्कारको भूमि
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjVg9clg10ULeV6JkE3bQh1QQIWe66IvqaqbBSCn0v8kWDZgmkKrktlEAmDTo_niwqPAbSo6S3yA3N2CBZUuzfhspwAwH1BLapiemQntOnLEvMNEYF83kxK3vuBXDRYf4CNXqSNkUT2FgQ/s200/bishwaraj+adhikari.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjVg9clg10ULeV6JkE3bQh1QQIWe66IvqaqbBSCn0v8kWDZgmkKrktlEAmDTo_niwqPAbSo6S3yA3N2CBZUuzfhspwAwH1BLapiemQntOnLEvMNEYF83kxK3vuBXDRYf4CNXqSNkUT2FgQ/s72-c/bishwaraj+adhikari.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/12/blog-post_440.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/12/blog-post_440.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy