प्रस, वीरगंज, १५ पुस/
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा आज लाठी जुलुस प्रदर्शन भएको छ ।
बारा र पर्साबाट हजारौंको सङ्ख्यामा आएको जनताले आज नगर क्षेत्रको विभिन्न ठाउँबाट निकालेको लाठी जुलुस घण्टाघरमा एकत्रित भई मितेरी पुलमा पुगेका थिए । वीरगंजको पावरहाउस, लक्ष्मणवा, नगवा चोकबाट निस्केको बाजागाजासहित नाचगान गर्दै मितेरी पुल पुगेको थियो ।
बाराको कलैया, गंजभवानीपुर, इनर्वासिरा, बरियारपुर, पचरौताबाट आएको जुलुस नगर परिक्रमा गर्दै मितेरी पुलमा पुगेको थियो । बाजागाजासहित निकालिएको लाठी जुलुसमा मोर्चाका कार्यकर्ताहरूले अभी नहीं तो कभी नहीं भन्ने नारासहित जुलुस प्रदर्शन गरेका थिए ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता सभासद् लालबाबु राउत गद्दी, केन्द्रीय सदस्य निजामुद्दीन समानी, जिल्ला अध्यक्ष प्रदीप यादव, नन्दन यादवलगायतले आज प्रमुख भूमिका निर्वाह गरेका थिए ।
प्रस, रौतहट, १५ पुस/
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रौतहटद्वारा आज विशाल लाठी जुलुस प्रदर्शन भएको छ ।
मधेसी क्रान्ति चोकदेखि शुरु भएको लाठी जुलुस नगर परिक्रमा गर्दै सदरमुकाम गौरको विभिन्न क्षेत्र पुगेको थियो । मोर्चाका जिल्ला संयोजक राम निवास यादव, सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामेश्वर राय यादव, सद्भावना युवा मञ्चका केन्द्रीय अध्यक्ष शम्भु सुप्रिम, मधेसी नेता रेवन्त झा, अजयकुमार गुप्ता, पूर्व सभासद् रम्भा देवी, महिला नेत्री किरण ठाकुरलगायतको सक्रियतामा लाठी जुलुस प्रदर्शन भएको थियो । जुलुसले नगर परिक्रमा गर्ने क्रममा मधेसी एकता जिन्दाबाद, मधेसीको माग पूरा गर, ११ बुन्दे माग पूरा गरजस्ता अनेकौं नारा लगाएका थिए ।
नगर परिक्रमापश्चात् जुलुस नेपाल भारत मितेरी पुलमा धर्ना बसी नाकाबन्दीमा नैतिक समर्थन जनाएको थियो । जुलुसमा युवा, किसान, वृद्ध, विभिन्न राजनीतिक दलका कार्यकर्ता, जिल्लास्तरीय नेताहरू, विद्यार्थी, समाजसेवी, बुद्धिजीवीलगायतको सहभागिता थियो ।