सञ्जय साह मित्र
समाज अहिले निराशाको गम्भीर खाडलमा पुरिएको अनुभव भइरहेको छ । निराशाले नेपालभरिलाई एक वर्ष पहिले तराईमा देखिएको कुहिरोलेजस्तै सूर्य नदेखिने गरी छोपेको छ । कुहिरो त यति बाक्लो छ कि सूर्य नदेखिने किसिमको निराशा सबैतिर व्याप्त हुन थालेको छ । सूर्यको प्रकाशले धरती उज्यालो त देखिन्छ तर मानिसको मनभित्र भने उज्यालो देखिएको पाइँदैन । मानिसको मन उज्यालो नभएपछि संसार सारा अँध्यारो नै लाग्छ । आफ्नो आँगन अँध्यारो भएको बेला पूरै पृथ्वी जतिसुकै झलमल्ल उज्यालो हुँदा पनि आफ्नो अनुहारमा भने उज्यालो आएको हुँदैन । अरूको अनुहारको उज्यालोलाई आफ्नो अनुहारमा बसाइँ सार्न नसकिने रहेछ । अरूको उज्यालो आफूलाई काम पनि नलाग्ने रहेछ ।
अहिले नेपाली विभिन्न देशमा रोगजारको लागि जाने क्रम मात्र बढेको छैन, रोजगारको लागि हुने आशाको दीपसमेत मधुरो भएर गएको छ । मधुरो दीपले मनभित्रको सबै अँध्यारोलाई नहटाउने हुनाले बाहिर भने उज्यालोको खोजी गर्न थालेका छन् । केही पछिल्ला तथ्याड्ढहरूले देशको निकै धेरै क्षेत्रमा निराशा बढेको देखाएको छ । देशको शिक्षा क्षेत्रले पनि निकै धेरै रकम विदेश पठाएको छ अर्थात् उच्च शिक्षाको लागि विदेश जाने विद्यार्थीको सङ्ख्या बढेको देखाएको छ । देशमा रहेका उद्योगधन्दाहरू पनि राम्ररी चल्न नसकेको र नयाँ उद्योग खुल्न नसकेको अवस्थामा उद्योगमा काम गर्ने मजदुरहरू पलायन भएको यथार्थमा आफ्नो भविष्य नेपालको पढाइमा नदेखेर वा विदेशको पढाइमा आकर्षण देखेर देशभित्रबाट बाहिर जाने विद्यार्थी बढ्नु संयोग मात्रै नहुन पनि सक्छ । मजदुर पनि विदेश पलायन हुनु र विद्यार्थी पनि विदेश पलायन हुनु एकै किसिमको तस्वीरजस्तो देखिए पनि वास्तवमा निकै धेरै फरक विषय र सन्दर्भ हो । विदेशमा पढ्न जानेहरूमध्ये नेपालमा कमै फर्केका छन् । यस अर्थमा नेपाल छोड्न चाहनेहरू पनि बढ्न थालेको पो अर्थ लाग्छ कि ?
देशमा आएको राजनैतिक अस्थिरताले समाजको हेरक वर्ग र क्षेत्रमा निराशा लिगलिगे दौड देखिएको छ । बेथिति र विकृतिले टाउको उठाइरहेको देखिएको छ । अहिलेको जस्तो बेथिति सम्भवत: नेपालको इतिहासको कुनै पनि खण्डमा देखिएको थिएन । देशमा सरकार हुनु र नहुनुको दोधारको अवस्था छ । कुनै पनि ठाउँमा थितिले काम भएको देखिंदैन । हाम्रो समाजमा कुनै औद्योगिक उत्पादनको जस्तो थितिको पनि म्याद गुज्रेको हो कि ? थिति नै नभएपछि समाजको हरेक क्षेत्रमा अँध्यारो देखिनु स्वाभाविक हो । यस किसिमको अँध्यारोले बढी मात्रामा इमानदारहरूलाई निराश बनाउँदो रहेछ ।
अँध्यारामा निशाचरहरू बढी रमाउँछन् । निशाचरले अँध्यारोको आयु लामो चाहेको हुन्छ । अँध्यारोले जसलाई बढी फाइदा पुर्याउँछ, उही अँध्यारोको गुनगान गाएर हिंड्छ वा कतिपयले अँध्यारोको गुणगान गाउने मण्डली नै खडा गरेको हुन्छ । मण्डलीले त मालिकले दिएको आदेश पालन गर्ने मात्र त हो । आदेशको परिपालन गर्ने सच्चा सेवकले अरू केही देख्दैन । बस, यन्त्र मानवले झैं एकोहोरो गुणगान गरेर अँध्यारो हुनुकै औचित्य देखाइरहन्छ । अँध्यारोको गुणगान बढी हुने र अँध्यारोमा बढी रमाउने तथा अँध्यारोका लागि पनि उज्यालोमा काम गर्नेहरूको मन र मानसिकता बढ्दै गएपछि इमानदारहरूले विस्तारै आफ्नो दिन गएको अनुभूति गर्नु स्वाभाविक नै हो । अथवा आफू इमानदार हुन नसकेर उही अँध्यारोको गुणगान गाउनुपर्ने बाध्यताले आफूलाई भित्रैबाट मनमा पिर पारेपछि आफ्नो सन्तानलाई, आफन्तलाई इमानदारहरूको बस्तीमा गएर शिक्षा र रोजगार गर्न पठाएको पनि हुन सक्छ । आफूलाई अँध्यारोले निरन्तर फाइदा दिइरहेको र जति धेरै अँध्यारो भयो, उति धेरै आफ्नो मोजमस्ती बढ्ने हुन्छ भन्ने ठान्ने केही निशाचरहरूले गर्दा नै अँध्यारो बढेको हो कि भन्नेहरू पनि समाजमा निरन्तर बढिरहेका छन् । कहिलेकाहीं त इमानदार मनले प्रतिप्रश्न पनि गर्छ कि के यहाँको धरतीले उज्यालोको मुख कहिल्यै हेर्न पाउँदैन ?
आखिर उज्यालो ल्याइदिने कसले ? उज्यालोको खोजी र चाहना गरेर मात्र हुन्छ कि उज्यालोको लागि हामीले आफ्नोतर्फबाट सकेको काम पनि गर्नुपर्छ । हाम्रो लागि कसले काम गरिदिने ? विदेशमा गएर हाम्रो लागि अरूले काम गरिदिएका छन् कि विदेश जाने आफैंले नै मिहिनेत गरेर दुई पैसा आर्जन गरेका छन् तथा विद्यार्थीहरूले मिहिनेतले आफूलाई विदेशमा काम गर्न योग्य बनाएका छन् ? हामी विदेशमा काम गर्न योग्य हुने तर स्वदेशमा भने काम गर्नै नसक्ने वा विदेशलाई उठाउन सक्ने तर स्वदेशलाई दिनानुदिन अँध्यारोपछि अँध्यारोमा कसरी लैजान सकेका छौं । के अँध्यारोपछि उज्यालो आउनुपर्ने वा अँध्यारोपछि फेरि अँध्यारो र फेरि पनि अँध्यारो आउने बाटोमा हामी नै हिंडिरहेका छौं । अँध्यारोको आलोचना गर्नेहरू र उज्यालोको कामना गर्नेहरू जति स्वदेशबाट पलायन भएर गएका हुन् ? स्वदेशमा रहेकाहरू केवल असल कामना गर्नेहरू मात्र छन् ? कि मुखले असल कामना गर्ने र व्यवहारले काम नै नगर्ने प्रवृत्ति छ हामीमा ? असल असल भनेर माला जप्ने र खराब काम गर्ने हाम्रो बानीले पो देशलाई एकपछि अर्को अँध्यारोमा धकेलिइरहेको छ कि ? वा हामी जन्मिंदा नै कहिल्यै उज्यालो नहुने समयमा परेका छौं ? उज्यालोको मुख देख्न नपाएको अर्को कारण पनि छ कि ?
कतिपय अवस्थामा मानिसले चाहेर मात्र पनि केही गर्न सक्दैन । खेतमा रित्तो हात गएको किसानले पाकेको धानसमेत काट्न सक्दैन । उसो भए हामी सबै रित्ता मनले अँध्यारो हटाउने चाहना राखेका छौं त ? उन्नति गर्न त मानिसले रित्तो हातको ठाउँमा बुद्धिको प्रयोग गर्नुपर्छ । आखिर हामीकहाँको बुद्धि सम्भवत: भरपर्दो नभएर नै विदेशमा हुनेखानेले पढाइरहेका छन्, पढ्न पठाइरहेका छन् । यहाँको शिक्षाप्रति र रोजगारप्रति सर्वसाधारणसमेतको विश्वास निकै कम हुँदै गएको हामीले नै अनुभव गरिरहेका छौं । देशले युवाहरूको पलायन निरन्तर भइरहेको देखेको पनि छ तर पनि पलायन रोक्न सक्ने शिक्षा वा शैक्षिक प्रणाली विकास गर्न नसक्नुको पछाडि पनि कुनै कारण छ कि ? वा समग्रमा एकैमुस्ठ भन्नुपर्दा हाम्रो पूरै प्रणाली नै बदल्नुपर्ने भएको छ । पूरै प्रणालीमैं कुनै कमजोरी रहेको कारणले नै होला शायद जुन जोगी आए पनि कानै चिरेको जस्तो भइरहेको छ समाजमा । अँध्यारोविरुद्ध जतिसुकै ठूलो स्वरमा जसले पनि धेरै चर्को कुरा गरे पनि अन्तमा भने उसको हातमा बागडोर पर्दा पहिलेभन्दा पनि झन् अँध्यारो किन हुन्छ । सबैको बोलीको चमक किन चाँदीको पालिस लगाएको फलामको जस्तो एकपल्ट सामान्य आगोमा पर्दा मात्रै फेरि कालो भइहाल्छ ?
आखिरमा निराशा बढेको छ समाजमा । यस समाजमा रहेर यसै समाजमा आफ्नो उज्यालो भविष्यको खोजी गर्नेहरूले वा सन्ततिसमेतको भविष्य यही धरतीमा खोज्नेहरूले अब मुख खोल्ने बेला भइसकेको छ । समाजलाई उज्यालो बनाउन अरूलाई गाली गर्ने काम चाहिं रोकेर अब समाजलाई अगाडि बढाउन, समाजलाई उज्यालोतिर लैजान र समाजलाई उन्नतिको मार्गमा लैजान आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपरेको छ । अँध्यारोलाई हटाउनु परेको छ । उज्यालोलाई घरमा ल्याउनु परेको छ । धेरै नेपालीको मनलाई उज्यालो बनाउनुपरेको छ । यदि कतैबाट उज्यालोको सड्ढेत देखिंदैन भने उज्यालोलाई आफ्नो अन्तर्मनमा बालौं । अन्तर्मनलाई उज्यालो बनाएर स्वार्थरहित किसिमले अगाडि बढ्न खोजेमा आफ्नो अनुहार उज्यालो हुन्छ । आफ्नो अनुहारको उज्यालो आभाले आफ्नो अगाडि उभिनेलाई पनि उज्यालोमा अनुहार हेर्न सजिलो हुन्छ । अनुहार हेर्नै नचाहनेलाई शरीरभरि उज्यालो छरिदेऔं जसले गर्दा उज्यालोले उसलाई लज्जित तुल्याओस् । हाम्रो प्रयासले चारैतिर उज्यालो फैलियो भने निशाचरहरू कि भाग्छन् कि ना·िन्छन् ।