– प्रा.डा. शम्भु प्रसाद पटेल
चिकित्सा क्षेत्रमा अचेल ‘खडेबाबा’ भन्ने शब्दको व्यापक चर्चा भएको पाइन्छ जुन फर्जी, नक्कली र मुकुण्डोधारी शिक्षकको पर्यायवाची बनेको छ । डा. गोविन्द केसीको मेडिकल आन्दोलन पश्चात् उत्पन्न खडेबाबाबारे बहस चलिरहँदा देशले उनीहरूबारे विस्तृत विश्लेषण खोजेको छ । उपाधि एक विषयमा र प्राध्यापन अर्को विषयमा गर्ने शिक्षकलाई अलराउन्डर वा खडेबाबाको दर्जा दिने हो भने अपवाद बाहेक धेरै कलेजहरूमा अलराउन्डर वा खडेबाबाहरूको बिगबिगी छ । प्राय:जसो मेडिकल कलेजहरूमा विशेषज्ञहरूको अभाव छ । यहाँ बायोस्टाटिस्टिक्स विषयका खडेबाबाहरूबारे मात्र चर्चा गरिएको छ । बायोस्टाटिस्टिक्स एक आधारभूत विज्ञान हो जुन चिकित्साशास्त्रको एमबिबिएस, बिडिएस, बिफार्मेसी, बिपिएच., बिएस्सी नर्सिङ, एमपिएच., एमएन. आदि कार्यक्रममा अनिवार्य विषयको रूपमा पठनपाठन गराइन्छ । चिकित्साशास्त्रमा गरिने अनुसन्धान र सो विषयको विकास विस्तारमा बायोस्टाटिस्टिक्सको महत्त्वपूर्ण भूमिका हुन्छ ।
आधुनिक चिकित्साशास्त्र गफमा आधारित विज्ञान होइन, यो ज्ञान, धारणा, सीप, अभ्यास र आचारसंहिताले भरिपूर्ण तथ्यमा आधारित विज्ञान हो । प्रत्येक दिन नवीनतम ज्ञान र प्रविधिको विकास भइरहेको परिवेशमा उच्च शिक्षाको अन्य क्षेत्रमा जस्तै चिकित्साशास्त्रमा पनि विशेषज्ञ जनशक्तिको व्यवस्था भएको पाइन्छ । शिक्षकको नियुक्ति र पदोन्नति खुला विज्ञापन तथा उसको योग्यता, विशिष्टता, ज्येष्ठता, सृजनशीलताको आधारमा हुने गर्दछ । बायोस्टाटिस्टिक्स प्राध्यापन गर्नको लागि विश्वविद्यालयले तथ्याड्ढशास्त्र लिएर कम्तिमा स्नातकोत्तर उपाधि उत्तीर्ण गरेको हुनुपर्ने प्रस्ट मापदण्ड निर्धारित गरी दरबन्दीसमेत किटान गरेको छ तर यो मापदण्ड कागजमा मात्र सीमित छ । अपवादबाहेक अधिकांश सम्बन्धन प्राप्त मेडिकल कलेजहरूमा कमर्स वा गणितका शिक्षकहरू बायोस्टाटिस्टिक्स प्राध्यापन गराइरहेको पाइन्छ । हामी कहाँ अझै पनि नियुक्ति र पदोन्नति योग्यताको आधारमा होइन, राजनीतिक भागबन्डा, भौतिक हस्तक्षेप, चाकडी–चापलुसी र जातपातको आधारमा भएको पाइन्छ । सरकारले उच्च शिक्षामा स्पष्ट नीति निर्माण र अवलम्बन गर्न नसक्दा र सरोकारवालाहरू जागरुक नहुँदा खडेबाबा संस्कृति फस्टाएको छ । फलस्वरूप एकातिर बायोस्टाटिस्टिक्सको विषयगत अस्मिता र पहिचान अपहरित भएको छ, प्राज्ञिक प्राध्यापकहरूको भविष्य धरापमा परेको छ भने अर्कोतिर विषयगत शिक्षकको अभावमा चिकित्साशास्त्रका विद्यार्थीहरू शैक्षिक कुपोषणको शिकार बनेका छन् । अचेल चिकित्सकहरूको आचारण, योग्यता, कार्य सम्पादन क्षमतालगायतबारे गम्भीर प्रश्न उठ्ने गरेको छ । चिकित्सक, स्वास्थ्यकर्मी र संस्थामाथि गालीगलौज, भौतिक आक्रमण दिन प्रतिदिन बढ्दो छ । मेडिकल काउन्सिलद्वारा लिइने योग्यता परीक्षामा चिकित्सकहरू पटकपटक अनुत्तीर्ण भएको खबर सुनिन्छ । स्वदेशी चिकित्सकहरूको साख, कैरियर र भरोसामाथि आशड्ढा उठेको छ । शायद यसै कारणले होला, अलिकति हुनेखाने स्वदेशमा उपचार गराउन चाहँदैनन्, विदेशमा उपचार गराउन मन पराउँछन् । तर सर्वसाधारण जनता पीडित छ ।
यस सन्दर्भमा बायोस्टाटिस्टिक्सको विषयगत अस्मिता तथा पहिचान र चिकित्सकहरूको भविष्यसित सम्बन्धित प्रश्नहरूको खोजी आवश्यक हुन्छ । आफूले नपढेको वा उपाधि/विशेषता हासिल नगरेको विषयमा प्राध्यापन गर्नु अन्य विषयको अस्मिता र पहिचानको अपहरण होइन र ? उपाधि/विशेषता एक विषयमा र प्राध्यापन अर्को विषयमा गर्नु भनेको खसी झुन्डयाएर कुकुरको मासु बिक्री गर्नु जतिकै ठगी कार्य होइन र ? एउटा अन्धोले अर्को अन्धोलाई डोर्यायो भने के नतिजा आउँछ ? एउटा दन्त चिकित्सकले नेत्र चिकित्सकले गर्ने आँखाको शल्यक्रिया गर्यो भने के हुन्छ ? उत्तर स्पष्ट छ– दुर्घटना हुन्छ । स्मरण रहोस् त्रिभुवन विश्वविद्यालयलले विगत चार दशकदेखि यस विषयको स्नातकोत्तर तह र विद्यावारिधि तहको दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । स्वदेशमैंं बायोस्टाटिस्टिक्स विषयका विशेषज्ञ जनशक्ति हुँदाहुँदै सो विषयमा एमबिएस, एमबिए वा गणितका शिक्षकबाट प्राध्यापन हुनु मुख हुँदाहुँदै नाकबाट दूध खानु जस्तै मूढता भएन र ?
मुलुकलाई विषयगत शिक्षक र योग्य चिकित्सकको ठूलो खाँचो छ । एक्काइसौं शताब्दीमा विश्व प्रतिस्पर्धामा उत्रन सक्ने दक्ष चिकित्सक उत्पादन गर्नको लागि प्रत्येक विषयको प्राध्यापन सम्बन्धित विषयकै विशेषज्ञबाट हुनु आवश्यक छ, पुरातन शिक्षा प्रणालीका अवशेषहरूलाई त्याग्नु आवश्यक छ र सुशासन र कानुनविपरीत क्रियाकलापलाई निरुत्साहित गर्नु आवश्यक छ । मेडिकल क्षेत्रमा देखा परेको खडेबाबा र अलराउन्डर संस्कृतिलाई निरुत्साहित गरिएन भने यसले निश्चय नै चिकित्साशास्त्रको सम्पूर्ण गरिमा ध्वस्त हुन्छ ।
प्रा डा. शम्भु प्रसाद पटेल
कबनबच)उभबअभशयलभद्दण्ण्ड२थबजयय।अयm
(लेखक त्रिभुवन विश्वविद्यालय, ठाकुर राम बहुमुखी क्याम्पसमा तथ्याड्ढशास्त्रका प्राध्यापक हुन् ।)