नेपालमा शासकहरू आफ्नो भनाइप्रति कहिले पनि जिम्मेवार रहेनन् । त्यसै क्रममा हाल बहालवाला प्रधानमन्त्री ओली पनि आफ्नो भनाइमा दृढ रहन्छन् भनी सोच्नु अस्वाभाविक हुन्छ । यहाँ शासकहरूले जे भन्छन्, त्यो कहिल्यै हुँदैन वा नगर्नका लागि नै उनीहरू भन्छन् भनी सोच्नु बरु स्वाभाविक हुन्छ । शासकहरू सन्त–त्यागी होऊन्, शक्तिसम्पन्न राजा–महाराजा होऊन् वा आफ्नो क्षेत्रको दिग्गज–विशेषज्ञ नै किन नहोऊन्, सत्तामा बस्ने बित्तिकै के बित्पात पर्छ, बेइमान बनिदिन्छन् । राजा–महाराजाका पालामा देशलाई सि·ापुर बनाउने कुरा उठाइयो, देश झन्झन् रसातलतिर पुग्यो । राजापछि प्रजातन्त्र आयो सन्त नेताले खानेपानीको त के कुरा काठमाडौंको सडकसम्म पानीले पखाल्ने कुरा उठाए, आज मेलम्ची दुई दशक भइसक्यो अधूरो छ । सानासाना भूरेटाकुरे मन्त्रीहरूले के भने त्यो कुरै नगरौं, अहिले प्रधानमन्त्री ओलीले एक वर्षभित्र देशमा लोडसेडिङ रहने छैन भन्ने कुरा उनको मुखबाट झर्न पनि पाएको छैन, दुईपटक लोडसेडिङको तालिका फेरिइसक्यो । लोडसेडिङ कम गर्न होइन, वृद्धि गर्न ।
काम गर्नु पुरुषार्थ हो, काम गर्नमा सन्तोष छ, काम गरेपछि जनताले पत्याउँछ भन्ने सामान्य ज्ञानको कुरासमेत हाम्रा नेता–शासकहरूमा नहुनु उदेकलाग्दो कुरा हो । शासक–राजा–महाराजा छ भने उसलाई चुनौती दिन सकिन्न, उसलाई फेर्न सकिन्न–यद्यपि विश्व इतिहासमा आज राजामहाराजाहरू गन्तीका मात्र छन्, तर प्रधानमन्त्री वा मन्त्रीहरूलाई फेर्न सकिन्छ, चुनावमा जनताले उनीहरूलाई पराजित गरिदिन सक्छ तापनि यी लोकतन्त्रका शासकहरू कुरा गरेर, ताली पिट्न लगाएर मात्र आत्मगौरव महसुस गर्दछन् । यो नेपालीमा बुद्धिको समग्र विकास हुन नसकेको लक्षण मात्र हो । कुनै पनि देशको शासक वा प्रधानमन्त्री वा सरकार वा राष्ट्रप्रमुखको धोको आफ्नो पालामा देश र जनताका लागि केही उपलब्धिमूलक काम होस् भन्ने रहन्छ । एक वा दुईपटक मुख्य पदमा पुगेपछि पुन: त्यहाँ पुग्ने चाहना हुँदैन । तर नेपालमा हुनेखाने नेताहरू पटकपटक प्रधानमन्त्री हुन्छन्, देशको लागि भने सिन्कोसमेत भाँच्न सक्दैनन् । अहिलेसम्म नेपालमा प्रधानमन्त्री बन्न केही गर्नका लागि अठोटले होइन, इतिहासमा नाम लेखाउने धोको मात्र भएकोले यस्तो भएको हुन सक्दछ । येनकेन प्रकारेण एकपटक प्रधानमन्त्री बनेपछि पुग्यो । तर त्यस्ता मानिस अर्कोपटक पनि प्रधानमन्त्री बनेपछि किन काम गर्न चाहँदैनन्– यो यक्ष प्रश्न हो नेपालका शासकहरूको मनोविज्ञान सम्बन्धमा ।
यो सबको कारण जनता विभाजित भएर हो । समूह–समूह र जातजातिमा विभाजित जनता आफ्नो मानिस पदमा पुगेपछि ढुक्क हुन्छ । उसले काम गरोस् वा नगरोस् पुन: उसैलाई भोट दिन्छ । जनता अलिकलि सचेत भइदिने हो र एकपटक पदमा पुगेपछि काम नगर्ने नेतालाई पुन: सम्मान नदिने मनस्थिति बनाउने हो भने नेताहरू तह लाग्छन् । तर चारपटक प्रधानमन्त्री बनेर राज्यको ढुकुटी रित्याउने, आफन्तका लागि मरिमेट्ने, अयोग्यको उपाधि पाउनेहरू पनि पुन: प्रधानमन्त्री बन्न लालायित रहन्छन् र जनताले त्यस्ता व्यक्तिलाई पराजित बनाउने कुनै उद्यम गर्दैन । जनताको यो मानसिकता नहटुन्जेल ओलीहरू नचाहिने वाचा गरिरहन्छन्, शासकहरू देशलाई कामले देशलाई नर्क बनाउने र बोलीले स्वर्ग बनाउने भाखा बोलिरहन्छन् ।