पुस १५ देखि माघ १५ गतेसम्मको अवधि तराई–मधेसको लागि सबैभन्दा जाडो समय हो । यो एक महिनाको अवधिलाई जाडोयामको मध्याह्न मानिन्छ । यस वर्ष पनि जाडोयामको मध्याह्न शुरू भइसकेको छ । यद्यपि बितेका वर्षहरूमा जस्तो हुस्सु, कुहिरो तथा चिसो सिंरेटो भने यस वर्ष भएको छैन । मौसमविद्हरूले पनि यस वर्ष बाक्लो कुहिरो लाग्ने सम्भावना नरहेको बताएका छन् । तर पनि मौसम हो, यसको कुनै भरोसा हुँदैन । नसोचेको र अकल्पनीय किसिमले परिवर्तन हुने चिजको पर्यायवाची मौसम हो । मौसमसम्बन्धी कैयन भविष्यवाणीहरू उल्टा भएका उदाहरणहरू छन् । यसर्थ जाडोको खतरा ‘यस वर्ष यतिकै टर्छ’ भनेर हेलचक्रयाइँ गर्ने अवस्था भने छैन । अहिलेको अवस्थामा पनि अस्वस्थ्य, विपन्न, बालक, वृद्धवृद्धा र सावधानी अपनाउन नसक्नेहरूका लागि त ज्यान लिन सक्ने चिसो भइसकेको छ ।
केही दिन पहिले कलैयामा एक किशोरीको कठ्याङ्ग्रिएर ज्यान गयो । बिहानै नुहाएकी किशोरीले समयमा तातो कपडा नपहिरिंदा चिसोले ज्यान लिएको हो । त्यसैगरी सर्लाहीमा एक वृद्धको दम फुलेर मृत्यु भयो । राति सुतेका वृद्धको बिहान प्राण गइसकेको थियो । उनको साथमा तातो ओड्ने, तातो पानी वा स्प्रे पनि थिएन । प्रकाशमा नआएकाहरूको सङ्ख्या धेरै हुन सक्छ । बितेको वर्ष हुस्सु लागेको बेला बारामा एक युवक मोटरसाइकल चलाउँदा–चलाउँदै सडकमैं ढले । गाउँलेहरूले तुरुन्तै उनको उद्धार गरी आगोको छेउमा राखेर तातो तेलले मालिस गरिदिए । चेत फिर्यो । चिसो सहन सक्छु भन्ने हिम्मत हुँदाहुँदै एक्कासि अचेत भएको युवकले पछि बताएका थिए । बितेकै वर्ष वीरगंजमा एक नवविवाहित दुलहीले चिसोको कारण ज्यान गुमाइन् । हुस्सु लागेको दिन, साँझपख स्नान गरेर कठ्याङ्ग्रिएकी उनले सड्ढोचको कारण समयमा परिवारजनलाई भन्न नसक्दा ज्यान गएको थियो । त्यसैगरी माघ महिनाको राति रक्सी पिएर ड्युटीमा बसेका चौकीदार हृदयघातबाट ठहरै भए । उनले रक्सीको रापमा गर्मी कपडा नलगाएको हुँदा चिसोको कारण रक्तचाप बढेर हृदयघात भएको थियो ।
चिसोमा उब्जने र यसका कारण सक्रिय हुने रोगहरू धेरै छन् । प्राय: सबै घटनाहरू अचेतन तथा पूर्वसावधानी नअपनाएको कारणबाट भएको देखिन्छ । एउटा भनाइ छ– ‘बार लगाए तिल जोगिन्छ ।’ तराई–मधेस क्षेत्रमा वर्षमा मुस्किलले दुई महिना जाडो हुने हो । मुलुकको हिमाली र पहाडी भूभागमा बाह्रै महिना चिसो हुन्छ । हाम्रो मुलुकमा भन्दा बढी चिसो हुने मुलुकहरू पनि संसारमा छन् । तर हामी भएको स्थान तराई–मधेसमा नै बर्सेनि चिसोले ठूलो क्षति पुर्याउने गरेको छ । सधैं जाडो हुने ठाउँका बासिन्दाहरूले चिसो प्रतिरोधात्मक उपायहरू अपनाउने गरेका छन् । उनीहरूको जीवन नै त्यसैमा व्यतीत गर्नुपर्ने हुँदा सचेत भइसकेका छन् । हामीहरू भने छेपारोको कथा चरितार्थ गरिरहेका छौं । जाडो बितेपछि कष्ट बिर्सन्छौं र अर्को वर्षको तयारी गर्दैनौं । विपन्न परिवारको अवस्था दयनीय छ, यहाँ सम्पन्न परिवारका सदस्यहरू नै जाडोमा ज्यान गुमाइरहेका छन् । चौकीदार, मोटरसाइकल चलाउने युवक र नवविवाहिता यसका उदाहरण हुन् । चिसोबाट बच्ने र बचाउने उपायबारे हरेक अभिभावक एवं शिक्षकलाई जानकारी गराउने हो भने उनीहरूले आआफ्नो घर, विद्यालयमा सचेतना अपनाउन सक्नेछन् । यसतर्फ सरकार त उदासीन छ नै सामाजिक सङ्घसंस्था र नागरिक अगुवाहरूले तत्परता देखाउन जरुरी छ ।