नेपाली जनताले सय दिनभन्दा बढी सास्ती खेपिसकेको छ । केही सुविधाभोगीहरूलाई यसले केही अप्ठयारो पारेको बाहेक सामान्य जनताले अत्तिएको अवस्था प्रकट गरेको छैन किनकि अव्यवस्थामा पनि व्यवस्थाको सूत्रपात भएको छ । जनताको धैर्य लाचारहीनताको सड्ढेत होइन, निरन्तर भोगिरहने एकैनासे समस्याबाट पार पाउने अभीप्सा हो । जहिले पनि राष्ट्रिय पहिचानको लागि पीडित भइरहनु र आन्तरिक तथा बाहय हैकममा बाँचिरहने दुरवस्थाबाट निकास पाउने आकाङ्क्षाजन्य धैर्य हो यो । आन्तरिक विषमताको सरोकार राज्यसँग, सरकारसँग छ भने बाहय विषमता आर्थिक परनिर्भरताबाट मुक्ति पाउने बाटोको चाहना हो । यद्यपि यो दोस्रो चाहना फलिभूत हुने अपेक्षा थोरै छ । किनकि नेपाली शासकहरूको प्रवृत्ति आदिकालदेखि परमुखापेक्षी रहेको छ । आफ्नो सुख सयलको संसाधन अरूले जुटाइदेओस्, शासक हुनु भनेको सामन्त हुनु हो, लिन मात्र जान्ने, दिन वा गर्न नजान्ने–नहुने अवस्था हो भन्ने मनोग्रन्थिबाट मुक्त नहुन्जेल नेपाल निर्भरताको बाटोमा हिंड्न सक्दैन । नेपाली जनताले आफूलाई स्वाभिमानी ठानी टाउको ठाडो पारी हिंड्ने अवस्था आउँदैन ।
विश्वका विकसित मुलुकहरूको राजनीतिक इतिहासको पन्ना पल्टाउने हो भने यस्तो दुरभिसन्धिमा सत्तामा बसेको राजनीतिक दलले जहिले पनि जनताको हकमा निर्णय गर्ने गरेको पाइन्छ । जटिल अवस्थाबाट निकासका लागि दल र शासकको अधिकार खोसेर जनतालाई दिएको पाइन्छ । भोलि म सत्तामा आएमा सुखसुविधा पाउनुपर्छ भन्ने सोच हामीकहाँ पाइन्छ भने आज दु:ख दिने प्रतिपक्षी भोलि सत्तामा पुग्यो भने उसले पनि दु:ख पाओस् भनेर सत्ताको अधिकार कटौती गर्दै जनतामा प्रत्याभूत गर्ने गरेको ऐतिहासिक निर्णयले ती मुलुकहरूमा जनतामा निहित उच्चतम सार्वभौमसत्ताको निर्माण हुन पुगेको पाइन्छ । नेपाली राजनीतिक इतिहास पल्टाउने हो भने जहिले पनि कुनै पनि आन्दोलनको अवसान सत्ता सम्झौतामा हुने गरेको छ । आन्दोलनबाट सत्ता गुम्ने अवस्था देख्यो कि जनतालाई नदी तरेको लौरो ठानेर मिल्क्याई सत्ताधारीहरूले सम्झौता गर्ने गरेको र जहिले पनि जनता र देश ठगिने गरेको उदाहरण बग्रेल्ती पाइन्छ । राणाकालको उदयदेखि आज २०७२ सालसम्म भएका राजनीतिक सम्झौताहरूबाट देखिने तथ्य हो–सत्ताले जहिले पनि आफ्नो स्वार्थलाई मात्र केन्द्रित गरेर सम्झौता गर्ने गरेको छ ।
मानिस बानीको कायल हुन्छ । निरन्तर अभ्यासले बानीको विकास हुन्छ । नेपालमा पनि निरन्तर सम्झौता मात्र गर्दा सम्झौतावादी मानसिकता विकसित भएको छ । माओवादी सङ्घर्षको अवसानपछि कति सम्झौता भए त्यसको गणना कुनै पनि तथ्याड्ढशास्त्रीको लागि कठिन छ भने ती सम्झौताहरूमा सूचीकृत बुँदा स्मरण गर्न त कम्प्युटरले मात्र भ्याउला । माओवादी सङ्घर्षले सत्र हजार नेपालीको ज्यान लियो, सम्झौतामा आएर टु·ियो । मधेस आन्दोलनले एक दशक पहिले रडाको मचायो, पचासौंको ज्यान लियो सम्झौतामा टु·ियो । मधेसवादीहरूले निरन्तर सत्तामा बसे, सम्झौता पूरा गराउन ध्यान दिएनन् । आज सत्ताबाट परपर हुँदै गएपछि फेरि आन्दोलन सहायक बनेको छ । आन्दोलनकै क्रममा आफ्नो अडान बिर्सेर मतदान गर्न पुगे । केही उतै अल्झिए, सत्तामा पुग्न नसकेका फेरि आन्दोलनमा आए । यस आचरण मधेसी जनता त के समग्र नेपाली जहिले पनि आन्तरिक गुलामीकै शिकार बनिरहने छ । प्रत्यक्ष वा परोक्ष ।