प्रस, वीरगंज, १४ मङ्सिर/
पर्सा जिल्लास्थित विभिन्न विद्यालयका छात्र–छात्राहरूले मधेस आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सोमवार वीरगंज नगर क्षेत्रमा मानव साङ्लो प्रदर्शन गरेका छन् ।
प्याब्सन, एन प्याब्सन, सामुदायिक विद्यालयलगायत जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरूको आयोजनामा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
परवानीपुरको हिमाल आयरनदेखि वीरगंज छपकैयासम्म विद्यार्थीहरू हात गाँसेर सडकमा उभिएका थिए ।
बिहान ९ बजेदेखि ११ बजेसम्म उनीहरूले प्रदर्शन गरेका थिए । मुख्य सडकमा ठाउँ नपाएर विद्यार्थी कोचाकोच भएपछि एकै ठाउँ तीन लाइनसम्म गरी विद्यार्थीहरू उभिएका थिए ।
सो क्रममा विद्यार्थीहरूले नाराबाजी समेत गरेका थिए । हरि खेतान बहुमुखी क्याम्पसका प्रमुख डा. भगवानप्रसाद यादवको नेतृत्वमा घण्टाघरबाट निस्केको मधेस आन्दोलन समर्थक जुलुस माईस्थान, अलखिया मठ आदर्शनगर हुँदै मुख्य सडकमा आएर मानव साङ्लोमा परिणत भएको थियो ।
मानव साङ्लोमा विद्यार्थीहरू स्कूल पोशाकमा सडकमा आएपछि यातायात ठप्प भएको देखिन्थ्यो ।
विद्यार्थीहरूले आआफ्नो स्कूलको तुल ब्यानर झुन्ड्याउँदै मधेसको माग पूरा गर, मधेसी एकता जिन्दाबादलगायत नारा अड्ढित प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । विद्यार्थीहरूको सुरक्षाको लागि २० वटा ठाउँमा चिकित्सकसहित एम्बुलेन्स राखिएको थियो । मोर्चाका नेता प्रदीप यादवका अनुसार करिब डेढ लाख विद्यार्थी मानव साङ्लोमा सहभागी थिए ।
त्यसैगरी आज पोखरिया नगरपालिकामा रहेका शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरूले पनि मानव साङ्लो बनाएका थिए । पोखरियाका निजी तथा सामुदायिक विद्यार्थीहरू हातमा हात मिलाई पोखरिया बजारमा मानव साङ्लो बनाएको समाचार प्राप्त भएको छ ।
प्रस, रौतहट, १४ मङ्सिर/
जारी मधेस आन्दोलनको समर्थन तथा प्रहरी दमनको विरोधमा आज जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूले सदरमुकाम गौरमा मानव साङ्लो प्रदर्शन गरे ।
आज विहान १० बजेदेखि ११ बजेसम्म विद्यार्थीले मानव साङ्लो प्रदर्शन गरेका हुन् । भन्सार देखि सबगढा चोकसम्म मानव साङ्लो प्रदर्शन गरिएको थियो ।
सरकारी तथा गैरसरकारी विद्यालयका विद्यार्थीहरूले मानव साङ्लो प्रदर्शनपश्चात् सरकार र प्रहरीको विरोधमा नारा लगाएका थिए । प्रहरी दमन बन्द गर , मधेसीको माग पूरा गरजस्ता नारा लगाइएको थियो ।