प्रस, पथलैया, १२ मङ्सिर/
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष चण्डीराज ढकालले तीन महिनादेखि जारी मधेस बन्द र भारतको अघोषित नाकाबन्दीले मुलुकको अर्थतन्त्र पाँच वर्ष पछाडि धकेलिएको बताएका छन् ।
उद्योग वाणिज्य सङ्घ सिमरा शाखाको चौधौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनको उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै ढकालले मुलुकको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको बताए ।
अब मधेसमा जारी बन्द र भारतको नाकाबन्दी खुले पनि नेपालको अर्थतन्त्र पहिलेको स्थितिमा आउन धेरै वर्ष लाग्ने उनको भनाइ थियो । बन्दले निजी क्षेत्रको अवस्था निकै धराशयी भएको भन्दै ढकालले बन्दकर्ता र सरकार जिम्मेवार भएर वर्तमान समस्या समाधान गर्न अग्रसर हुनुपर्ने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नरेन्द्र खड्काले पनि बन्दका कारण निजी क्षेत्रको अवस्था निकै दयनीय हुन पुगेको बताए । उनले बन्दलाई तत्काल टुङ्ग्याएर अघि बढ्न आग्रह गर्दै बन्दकर्ताको मागप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
बारा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद साहले तीन महिनादेखिको बन्द अझै केही दिन जारी रहे सबै उद्योगी–व्यवसायीले आफ्नो उद्योगमा ताला लगाएर साँचो उद्योग वाणिज्य महासङ्घलाई बुझाउने बताए । बन्दको समयमा निजी क्षेत्रलाई धराशयी हुन नदिन उद्योग वाणिज्य महासङ्घको भूमिका नदेखिएको उनको भनाइ थियो ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुबोध गुप्ताले बन्दका कारण उद्योग व्यवसाय उठ्नै नसक्ने गरी थलिएको बताए । राजनीतिक अस्थिरताका कारण निजी क्षेत्रले बेहोर्नुपरेको क्षतिको जिम्मेवारी अब सरकारले लिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार न्यौपाने, पथलैयास्थित मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वरी चापागाईं, बारा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शिवनाथ शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सिमरा शाखाका अध्यक्ष रेशम तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योगी किसान श्रेष्ठ, इच्छाबहादुर वाग्ले, सुरेश खनाल, सिमरा गाविसका निवर्तमान अध्यक्ष भोला अधिकारी, जीतपुरका निवर्तमान अध्यक्ष देवनारायण चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।