राजेश केशरीवाल, रक्सौल, १२ मङ्सिर/
खाना पकाउने ग्यासको तस्करी तथा कालोबजारी गर्ने समूहलाई शनिवार रक्सौल प्रहरीले नियन्त्रणमा लिएको छ । रक्सौलको सोना टाकिज हलनजिकबाट भारतीय ग्यास कालोबजारी गरेको अभियोगमा एकजनालाई र·ेहात पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नहर रोडस्थित वीरबहादुर साहको घरमा डेरा लिई बस्दै आएका राहुल कुमार रहेको प्रहरीले जनाएको छ । विभिन्न उद्योगको भारतीय ग्यासलाई एक सिलिन्डरबाट अर्को सिलिन्डरमा खन्याएर कालोबजारी गरेकोले नियन्त्रणमा लिएको प्रहरीको दाबी छ ।
रक्सौलमा विगत २ महिनायता ग्यासको कालोबाजारी बढेको उपभोक्ताले गुनासो गरेपछि प्रहरीले छापामारी गरेको हो ।
घटनास्थलबाट ५४ वटा विभिन्न भारतीय ग्यासको सिलिन्डर र ७ वटा खाली सिलिन्डर एवं ग्यास भर्ने उपकरणसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
नेपाल जारी मधेस आन्दोलनको कारण नेपालतर्फ ग्यासको तस्करी बढेको र रक्सौलका उपभोक्ताहरू ग्यास अभावको मारमा परेका रक्सौलका बासिन्दाहरूको गुनासो छ ।
उपभोक्ताहरूले रक्सौल अनुमण्डल पदाधिकारी समक्ष गुनासो गरे लगत्तै प्रहरीसहितको कालोबजारी नियन्त्रण टोलीले शड्ढास्पदस्थलहरूमा छापा मारेको हो । हाल रक्सौलकाबाट वीरगंज ग्यास पुर्याउने तस्करहरूले भारु ६५० मा रक्सौलमा पाइने १४ किलो भारतीय ग्यास अर्को सिलिन्डरमा १२ किलो मात्रै भरेर नेपालमा लगी नेरु ३५ सयमा बेच्ने गरेका छन् ।