प्रस, वीरगंज, १२ मङ्सिर/
नेपाली काङ्ग्रेस वीरगंज नगर कार्यसमितिले मधेस आन्दोलनको समर्थनमा र्यालीपछि आयोजना गरेको कोणसभालाई सङ्घीय समावेशी मधेसी गठबन्धनले बिथोलेर नेपाली काङ्ग्रेसको झन्डा जलाएको छ । काङ्ग्रेस नगर कार्यसमितिले शनिवार निकालेको समर्थन र्याली नगरपरिक्रमापछि माईस्थानमा कोणसभाको लागि एकीकृत भएको बेला गठबन्धनका नेता, कार्यकर्ताहरूले हस्तक्षेप गरी काङ्ग्रेसको झन्डा जलाएको हो ।
जारी मधेस आन्दोलनमा सहभागी मधेसवादी दलहरूले पार्टीको झन्डा त्यागेर विरोधको कालो झन्डा बोकेका तर नेका वीरगंज नगर कार्यसमितिले पार्टीको झन्डा प्रयोग गरेर आन्दोलनमा घूसपैठ गर्न खोजेको भन्दै गठबन्धनका नेता, कार्यकर्ताहरूले र्यालीमा हस्तक्षेप गरी काङ्ग्रेसको झन्डा जलाएका थिए ।
गठबन्धनका नेता राजेशमान सिंहले झन्डासहित र्याली निकालेर काङ्ग्रेसले आन्दोलन भाँड्न खोजेको बताए । उनले मधेसविरोधी संविधान जारी गर्ने कार्यमा संलग्न नेकाले जारी मधेस आन्दोलन तुहाउन घूसपैठको रूपमा पार्टीको झन्डासहित र्याली निकालेको आरोप लगाए । उनले मधेस आन्दोलनमा सहभागी हुने हो भने नेकाबाट राजीनामा दिएर कालो झन्डा समाउन आग्रह गरे ।
गठबन्धनका अर्का नेता राजकुमार यादवले अहिले झन्डा मात्र जलाइयो तर यसैगरी घूसपैठ भएमा काङ्ग्रेसका नेता, कार्यकर्ताहरूलाई भौतिक कारबाई गरिने चेतावनी दिए ।
अर्का नेता शिव पटेलले आन्दोलनमा समर्थन जनाउनु राम्रो पक्ष भएपनि नेकामा बसेर पार्टीको झन्डासहित सडकमा देखिनु राम्रो सड्ढेत नभएको बताए ।
गठबन्धनका नेता तथा कार्यकर्ताहरूले माईस्थानमा जम्मा भएका नेका पर्साका नेता, कार्यकर्ताहरूले बोकेका झन्डा र ब्यानर खोसेर जलाउनुका साथै नेका मुर्दाबाद, घूसपैठ बन्द गर जस्ता नारा लगाएका थिए । गठबन्धनले नेकाको कोणसभा बिथोलेर झन्डा जलाएपछि नाराबाजी गर्दै नगरको परिक्रमा पनि गरेको थियो।
यसैबीच नेका वीरगंज नगर कार्यसमितिले आज पत्रकार सम्मेलन गरी जारी मधेस आन्दोलनमा समर्थन जनाउँदै निकालिएको र्यालीमा मधेसी गठबन्धनको नाममा केही नेताहरूले आफ्नो स्वार्थसिद्ध गर्न खोजेको आरोप लगाए । नगरसभापति म. सहाबुद्दीनले समर्थनमा निकालिएको र्यालीमा हस्तक्षेपको गुन्जाइस नभएको तर केही नेताहरूले आन्दोलनका नाममा आफ्नो स्वार्थसिद्ध गर्नका लागि यस्तो कार्य गरेको बताए । उनले गठबन्धन वा मोर्चाले झन्डासहितको र्याली ननिकाल्नको लागि अग्रीम जानकारी नगराएको बताए ।
उनले नेका नगरसमितिले पूर्वनिर्णय गरेर समर्थन र्याली निकालेकोमा हस्तक्षेप गरिनु र पार्टीको झन्डा जलाउनु घोर निन्दनीय काम भएको बताए । सभापति सहाबुद्दीनले गठबन्धनका स्थानीय नेताहरूले आन्दोलनको नाममा तस्करी गरेका र उनीहरूसमेत मधेस आन्दोलनका केन्द्रीय नेताहरूले वर्तमान समस्याको समाधान नचाहेको आरोप पनि लगाए । उनले नगर कार्यसमितिले मधेस आन्दोलनको समर्थनमा घोषणा गरेका कार्यक्रमहरू पूर्व निर्धारित समयमा गर्ने जानकारी पनि गराए ।
पत्रकार सम्मेलनमा नेका क्षेत्र नं. १ का सभापति विजय सर्राफ, नाउक्षे अस्पताल विकास समितिका पूर्व अध्यक्ष म. सतार, सञ्चारकर्मीहरू दीपेन्द्र चौहान र विजय कुशवाहालगायतको सहभागिता थियो ।