प्रस, रौतहट, ११ मङ्सिर/
‘जारी मधेस आन्दोलन र आजको सन्दर्भ’ विषयमा शुक्रवार गौरमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सङ्घीय समावेशी मधेसी गठबन्धन जिल्ला कार्यसमिति रौतहटले गौर नगरपालिकाको सभाकक्षमा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा सञ्चारकर्मी, बुद्धिजीवी, व्यापारी, नागरिक समाज, कानुन व्यवसायी, नागरिक अगुवा एवं युवा विद्यार्थीहरूको सहभागिता थियो ।
मधेस आन्दोलनको १०५ औं दिनसम्म आइपुग्दा आन्दोलनप्रति नकारात्मक र सकारात्मक पक्षको समालोचनात्मक विश्लेषण गर्नका लागि कार्यक्रम आयोजना गरिएको गठबन्धनले जनाएको छ ।
कार्यक्रममा वक्ताहरूले पेट्रोलियम पदार्थको तस्करी रोक्न गाउँगाउँमा समिति गठन गरेर तस्करको पहिचान गर्न सुझाव दिएका थिए । नागरिक समाजका अगुवा ग·ाधर वर्माले तस्करको फोटोसहित फेसबूकमा राख्नसमेत आग्रह गरे । उनले अब निर्णनायक आन्दोलनमा जुट्नुपर्ने बताए ।
कार्यक्रममा गठबन्धनका युवा नेता ललित मल्लिकले आएका सुझावहरूलाई कार्यावन्यन गर्न तत्पर रहने प्रतिबद्धता जाहेर गरे ।
सो अवसरमा युवा नेता राजीवकुमार सिंह, वकिल सुरेश तिवारी, नन्दकिशोर साह, शम्भु गिरीलगायत वक्ताहरूले मन्तव्य गरेका थिए । राम प्रवेश दासको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।