$type=ticker$count=12$cols=4$cate=0

मानव अधिकार र राज्यको दायित्व

SHARE:

अधिवक्ता रामेश्वर सेढाई
    सय दिन पार भएको आन्दोलनको राप र तापले जलिरहेको र गलिरहेको यो समयमा मानव अधिकार के हो के होइन भनेर यसका सैद्धान्तिक पक्षमा लेख्नु र बोल्नु अघि धेरैपटक घोत्लिएर सोच्नुपर्ने डरलाग्दो अवस्थाका माझ समाज गुज्रिरहेको छ । हिंसा र प्रतिहिंसाका दुष्चक्रले समाज ग्रस्त हुँदै जादा अरूका तर्क सुन्ने, पढ्ने र गहिरोसँग चिन्तनमनन गर्ने धैर्यसमेत गुम्दै गएको छ ।  कसले के भन्यो वा लेख्यो भन्ने भन्दा पनि कुन समुदाय, क्षेत्र वा वर्णको मानिसले लेखे बोलेको हो भन्ने चश्माले हेर्ने, बुझ्ने र धारणा बनाउने लहर बढी चलिरहेको मौसममा यो लेख कहाँनिर उभिन्छ यसै भन्न कठिन छ ।
    मानव अधिकारलाई सभ्यताको उत्कृष्ट उपहार मानिएको छ । मानव अधिकार नैसर्गिक अधिकारहरू हुन् र तिनलाई राज्यले जस्तोसुकै परिस्थितिमा हरण गर्न मिल्दैन भन्ने मान्यता रहेको छ । मानव अधिकार व्यक्ति र राज्यबीच अन्तर्सम्बन्धित विषय हो । मानव अधिकार उपभोग गर्ने कोणबाट हेर्दा नागरिक दाबीकर्ता हो भने राज्यले चाहिँ कर्तव्य निर्वाहक भएर मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तिकर्ताको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यसको विशेषता भनेकै सर्वव्यापी, अविभाज्य, अन्तर्निर्भर, अन्तर्सम्बन्धित र अहरणीय हुनु हो । मानव अधिकार सम्बन्धी भियना सम्मेलनले यस तथ्यलाई थप जोड दिएको पाइन्छ । सबै मानिस समान छन् भन्ने मानव अधिकारको सिद्धान्त भएकोले जुनसुकै जाति, धर्म, र·, भाषा, लि·, राजनीतिक वा अन्य विचारधारा, राष्ट्रिय वा जातीय उत्पत्ति, सामाजिक उत्पत्ति र धनसम्पत्तिको भेदभावबेगर यसको उपभोग गर्न पाउने समान अवसर हरेक मानिसलाई हुन्छ र हुनुपर्छ । महासन्धि, अनुबन्धलगायतका मानव अधिकारका विभिन्न दस्तावेजका आधारमा हेर्दा मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा पक्ष राष्ट्रका हैसियतमा राज्यले निर्वाह गर्नुपर्ने तीन प्रकारका दायित्व हुन्छन् । ती हुन्– सम्मान गर्ने दायित्व, संरक्षण गर्ने दायित्व र परिपूर्ति गर्ने दायित्व । यो दायित्वको निर्वाहमा राज्य जुन अनुपातमा गम्भीर, संवेदनशील र कुशल हुन्छ, त्यही अनुपातमा नै देशमा मानव अधिकारको स्तर पनि माथि उठ्दछ ।
    हुनत समकालीन नेपालमा मानव अधिकारको विषयलाई डलरको खेती र बाह्य शक्तिहरूको स्वार्थमा प्रयोग हुने औजारको रूपमा मात्र हेर्ने, बुझ्ने/बुझाउनेहरूको आकार बढ्दै जाँदा यो विषय गौण, आलोचित र महत्त्वहीन हँुदै गएको छ । आज मानव अधिकार रक्षकहरूले स्वतन्त्र, निष्पक्ष, निर्भीक र सुरक्षित भएर कार्यस्थलमा खट्न सक्ने वातावरण खस्किँदै गएको छ । राजा ज्ञानेन्द्रको निरङ्कुश शासन र सशस्त्र द्वन्द्वकालमा जति पनि आज मानव अधिकारकर्मीहरूको पहुँच र भूमिका स्वीकार्य र असरदार हुन सकिरहेको छैन । मानव अधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्था र व्यक्तिहरूको ह्वास्सै दलीय वा बाह्य स्वार्थ समूहहरूको गन्ध आउने गतिविधि र व्यवसाय वा खेतीको रूपमा लिने प्रवृत्तिले समेत मानव अधिकारको विषय बिटुलिएको छ । फेरि राज्य पुनर्संरचनाको सघन बहस र यसबाट सृजित तनावसँगै धर्म, जातजाति, वर्ण, लि· र क्षेत्रका जनताबीचमा समाजमा कोरिएका अवाञ्छित मनोवैज्ञानिक विभाजनको रेखाले पनि मानव अधिकारको आन्दोलन विभाजित हुन गई कमजोर भएको हुन सक्छ । निरङ्कुशताविरुद्धको आन्दोलन र सशस्त्र द्वन्द्वकालमा मानव अधिकारको आन्दोलनबाट लाभ उठाएकाहरूलाई आज आपैंm सत्ता र शक्तिमा पुगेपछि त्यही आन्दोलन टोक्नु न बोक्नु भएको मात्र छैन, कतिपयका लागि त आँखाको कसि·र नै भएको छ । सर्वोच्च अदालतको पटकपटकको आदेशको बावजुद सङ्क्रमणकालीन न्यायको अवधारणाले मूर्तरूप नपाउँदा द्वन्द्वपीडितहरूले न्याय पाउनबाट विमुख हुनुपरिरहेको छ । यसै पनि आमुन्ने–सामुन्ने लडेकाहरू विगतलाई भरसक नकोट्याएरै थान्को लगाउन प्रयासरत रहेकै हुन्छन्, नेपाल अपवाद हुने प्रश्न आउँदैन । विगत साढे तीन महिनादेखि तराई–मधेस र अढाई महिनादेखि बाँकी भूभागसहितको नेपालको समग्र अवस्था हेर्दा कतै जीवनको अधिकार र वैयक्तिक स्वतन्त्रताको कुनै मूल्य नै नभएको एउटा अन्धकार, असभ्य र ज·ली समाज पो निर्माण भइरहेको छैन भनेर हरेक सचेत नेपाली नागरिकले एकपटक प्रश्न गर्ने र उत्तर खोज्ने बेला आइसकेको छ । जीवन र स्वतन्त्रता उपर यो वा त्यो नाउँमा भइरहेका निर्मम प्रहारको शृङ्खलाले लोकतन्त्र, मानव अधिकार र विधिको शासनप्रति सरकार र दलहरूको निष्ठा सबैका सामु पुन: उदा·िएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसक्दा पनि दलहरूका माझमा स्वस्थ र मित्रवत् प्रतिस्पर्धाको संस्कार बस्न नसक्नु र न्यूनतम लोकतान्त्रिक मूल्य–मान्यताहरूको समेत सम्मान नहुनु आपैंmमा विडम्बनापूर्ण छ । आधारभूत मानव अधिकारको उपभोग गर्ने वातावरण पनि नभएको आजको अवस्थाबाट माथि उठ्न नसके सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रा थप जटिल र जोखिमयुक्त हुन गई शान्ति, स्थिरता, सामाजिक सद्भाव र समृद्धिको सपना मृगतृष्णा मात्र बनिरहने निश्चित छ । 
    शान्ति सुरक्षा कायम गर्ने नाउँमा वा आन्दोलनको नाउँमा जस्तोसुकै वा जतिसुकै क्रुर र अमानवीय घटना घटित भएपनि जायज मान्ने र सुनपानी छर्किएर चोख्याउने हिजोको प्रवृत्तिले निरन्तरता पाउँदा आज समाज त्यही प्रवृत्तिको बारम्बार शिकार भइरहेको छ । कुनै पनि गम्भीर मानव अधिकार हननका घटनाका आरोपीले राज्य वा आन्दोलनकारी पक्ष भएकै आडमा कुनै जवाफदेही वहन गर्नु नपरी सजिलै उन्मुक्ति पाउने अवस्थाबाट सृजित दण्डहीनताको प्रतिविम्ब आजको पुस्तामा त देखिएकै छ, भोलिको पुस्तासम्म पनि विस्तार भएर जाने सड्ढेतहरू देखिइरहेका छन् । दलगत र दृश्य–अदृश्य स्वार्थका निम्ति विभिन्न वर्ण, भाषा, क्षेत्र र समुदायका बीचमा खडा गरिएका कृत्रिम पर्खालहरू भत्काउन नसक्दा विभिन्न वर्ण, भाषा, क्षेत्र र समुदायका बीच बढ्दै गएको मनोवैज्ञानिक दूरीले मानव अधिकारको अवस्थालाई दयनीय बनाउन थप ऊर्जाको काम गर्ने अन्यत्रका अनुभवहरूबाट समेत देखिएकै छ । हुँदाहुँदा अमुक राजनीतिक शक्तिले अमुक राजनीतिक शक्तिलाई प्रवेश निषेध गर्ने सिलसिलासमेत शुरू भएको छ । यसले बहुदलीय प्रतिस्पर्धाको राजनीति विकृत बनाउने र असहिष्णुताको संस्कृतिलाई मलजल गर्ने प्रस्ट छ । आपराधिक घटनाहरूलाई रोक्न, पीडकलाई कानुनी कारबाईको दायरामा ल्याउन र पीडितलाई न्याय प्रदान गर्न असमर्थ राज्य भएको देशमा दण्डहीनता मौलाउनु स्वाभाविकै छ । यदि मानव अधिकारको विषयप्रति राज्य र दलहरूको यस्तै उपेक्षा र संवेदनहीनता कायम रहे अराजकता, दण्डहीनता, कानुनविहीनता र जवाफदेही शून्यताको अँध्यारो सुरुङमा प्रवेश गर्न धेरै समय कुर्नुपर्ने छैन । राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रबाट उठाइएका मानव अधिकारका सवालहरू उपर आज कहीँ कतैबाट पनि सुनुवाइ नहुने जुन डरलाग्दो र गम्भीर परिदृश्यबाट समाज गुज्रिरहेको छ, त्यो विगतकै नियोजित बेवास्ताको दुष्परिणाम हो । तराई–मधेसमा जारी आन्दोलनको दौरान राज्यले अनावश्यक बल प्रयोग गरेर मानवीय क्षति पुर्‍याएको र आन्दोलनकारीले पनि शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारको दुरुपयोग गरेको भनी राष्ट्रिय मानव अधिकार आयोगबाट यही कात्तिक महिनामा सञ्चारमाध्यममार्फत् सार्वजनिक भएका प्रतिवेदनहरूले मानव अधिकारको वर्तमान अवस्था चिन्ताजनक रहेको देखाइरहेका छन् । आयोगले गरेको अनुगमनबाट आन्दोलनका क्रममा १८ महिने नाबालकसहित ४९ जनाको ज्यान गएको, कम्तीमा ७२९ जना घाइते भएका र २८ जना मानव अधिकार रक्षक पनि प्रत्यक्ष पीडित भएका भन्ने समेतका तथ्यहरू बाहिर आएका छन् । यसैगरी संयुक्त राष्ट्रसङ्घ (युनिसेफ)ले विद्यालयहरू बन्द भएका कारण मध्य तथा पूर्वी तराई र भित्री मधेसका नौ जिल्लामा मात्र पछिल्लो दुई महिनामा १६ लाखभन्दा बढी बालबालिका नियमित पठनपाठनबाट वञ्चित भएका भन्दै पछिल्लो ६ महिनामा पर्सा जिल्लाका विद्यालयहरू निर्धारित १२२ दिनमध्ये जम्मा पाँच दिन मात्र खुलेको समेत स्पष्ट पारेको छ । यसले परिस्थिति गम्भीर हुँदै गएको र विशेषत: राज्य आफ्नो दायित्व निर्वाहमा चुकेको देखिन्छ ।
    अर्थतन्त्र तीन दशकयताकै ऋणात्मक रहने केन्द्रीय बैंकले सार्वजनिक गरेको छ । यस अवस्थामा नाका अवरोध र विद्यालय बन्दलाई जारी राख्दा सृजना हुने भयावह अवस्थाप्रति आन्दोलनरत दलहरू पनि उत्तिकै जिम्मेवार र संवेदनशील हुनु आवश्यक छ । यसैक्रममा ढिलै भएपनि शिक्षण संस्था खोल्न र औषधि, अक्सिजन जस्ता जीवनरक्षक अत्यावश्कीय वस्तुहरूको आपूर्ति हुन दिने भनी हालै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले गरेको निर्णय जिम्मेवारपूर्ण, मानवीय र प्रशंसायोग्य छ । धरातलमा सबैतिर कार्यान्वयन हुन सके जनजीवनमा यसले आंशिक भएपनि सहजता ल्याउनेछ । जेहोस्, आन्दोलनको यत्रो राप र तापले उकुसमुकुस भएर छटपटी भइरहेको बखत कम्तीमा शिक्षा र स्वास्थ्यको अधिकार उपभोग गर्न सहज हुनु धेरैतिरबाट लगातार जोडतोडका साथ उठाइँदै आएको आवाजको अन्तत: सुनुवाइ हुनु वा सम्मान गरिनु हो । यसबाट लचकताको थप सम्भावना बढेको छ र संस्थापन पक्षलाई पनि लचक हुन दबाब परेको छ । दुवै पक्षबाट यस प्रकारका मानव अधिकारमैत्री कदमहरू क्रमश: उठाउँदै जाँदा नै वार्ताले सकारात्मक मोड लिन्छ, विश्वासको दायरा बढ्दै जान्छ, आन्दोलनलाई हेर्ने आम दृष्टिकोणमा गुणात्मक परिवर्तन आउँछ, तनाव कम हुन्छ र अन्तमा सुखद परिणामसहित वार्ताको अन्त गर्न सहज हुन्छ । तर सार्थक वार्ताको लागि परेको चौतर्फी दबाबले केही आशा जगाउँदै गरेका बेला पछिल्लोपटक सप्तरीमा भएको अलगअलग घटनामा थप चारजनाको मृत्यु र कैयन घाइते भएका दु:खद समाचारले फेरि वातावरण धमिल्याइदिएको छ । सरकारले अनावश्यक बल प्रयोग नगर्ने र आन्दोलनकारीले आन्दोलनलाई शान्तिपूर्ण दायराभित्र राख्ने हो भने धनजनको थप क्षति हुनबाट रोक्नै नसकिने होइन । आन्दोलनका आन्तरिक र बाह्य आयामहरूको सही विश्लेषण गर्दै राज्य अझ बढी संयमित, चनाखो, जिम्मेवार, दूरदर्शी, कुशल र परिपक्वरूपमा प्रस्तुत हुनुपर्ने खाँचो छ ।
    सूचना र आधुनिक प्रविधियुक्त आजको समयमा आन्दोलनका दौरान राज्य र आन्दोलनकारी दुवै पक्षबाट कहाँ कहाँ के के भए र किन भए भन्नेबारे दस्तावेज बन्न असम्भव छैन । यसर्थ नागरिक र सुरक्षाकर्मीसमेत गरी पचासजनाभन्दा बढीको दु:खद मृत्यु, सैयौं घाइते, व्यक्तिगत र सार्वजनिक सम्पत्तिको व्यापक क्षतिसमेत भएको तराई–मधेसको यसपटकको समग्र आन्दोलनका सन्दर्भमा भएका घटनाहरूको स्पष्ट कार्यादेशसहितको एउटा उच्चस्तरको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय न्यायिक छानबिन आयोगमार्फत् छानबिन गरी दोषी पाइएकाहरू उपर कानुनी कारबाई हुने सुनिश्चित गर्नु र सत्यतथ्य सार्वजनिक गर्नु मानव अधिकारको संरक्षण र संवद्र्धनका दृष्टिले महत्त्वपूर्ण कदम हुनेछ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : मानव अधिकार र राज्यको दायित्व
मानव अधिकार र राज्यको दायित्व
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/11/blog-post_538.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/11/blog-post_538.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy