प्रस, वीरगंज, १४ मङ्सिर/
आज बिहान भारतीय चालक तथा नाकाबन्दी गरी बसेका नेता, कार्यकर्ताबीच विवाद भएको छ ।
नेपालका विभिन्न क्षेत्रमा सामान पुर्याई भारत फर्किने क्रममा भन्सार क्षेत्रमा रहेका ३० वटा भारतीय सवारीसाधन भारतमा जान दिन चालकहरूले दबाब दिएपछि विवाद भएको थियो । एकाबिहानै भारतीय चालकहरूले मितेरी पुलमा पुगी आन्दोलनकारीहरूको पाल तथा बाँस तोडफोड गरेपछि विवाद उत्पन्न भएको थियो । नागाल्यान्ड निवासी एक भारतीय चालकले आफूहरू सात दिनदेखि भन्सारमा बसेको र घर जाने वातावरण कसैले नबनाएपछि दु:खित भएको बताए । मितेरी पुलमा आज बिहान थोरै सङ्ख्यामा रहेका कार्यकर्ता र भारतीय चालकबीच हातपात समेत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
विवादको खबर पाएपछि धर्नास्थलमा पुगेका मधेसी नेताहरूले बिहानदेखि १२ बजेसम्म मोटरसाइकल आउनजान पनि रोक लगाएका थिए । विगतमा भारत जान मोटरसाइकलमा रोक नलगाएको तर भारतीय चालकहरूले विवाद गरेपछि भारतीय केही व्यक्तिले पनि नेपाली गाडी भारतमा रोकेको सूचना पाएपछि आफूहरूले पनि रोकेको नेता शिव पटेलले जानकारी गराए । चालकहरू जबरजस्ती गाडी स्टार्ट गरी मितेरी पुल जान खोज्दा प्रहरीले हस्तक्षेप गरी गाडी फिर्ता पठाएको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिएका छन् ।
नेता, कार्यकर्ताहरूले आज दर्जनौं गाडीबाट पेट्रोल खोसेर नष्ट गरेका थिए ।