देश अहिले जुन परिस्थितिबाट गुज्रिरहेको छ, त्यसको भेउ पाउन गार्हो हुँदै गएको छ । मधेसमा जारी आन्दोलनले धैर्यको नेटो काट्न थाल्यो । दु:खको सामना मानिसले कि स्पष्ट उद्देश्यका लागि गर्दछ कि आफ्नो स्वाभिमान रक्षाका लागि । मधेस केन्द्रित आन्दोलन उद्देश्य पूर्तिका लागि हो भन्ने सोचले मधेसमा बस्ने सबैले आन्दोलनको समर्थन गरे, ऐक्यबद्धता पनि जनाए । आन्दोलनको स्वरूपलाई शान्तिपूर्ण बनाएको एकोहोरो रटाइ चलिरहँदा अशान्तिपूर्ण कार्य–व्यवहारले मधेस आन्दोलनको उद्देश्य भट्किने आशड्ढा बढ्न थालेको छ । अहिले लामो आन्दोलन चल्दा र यसलाई थान्को लगाउने प्रभावकारी प्रयासप्रति ध्यान नदिंदा जमेको पानीको अवगुण यसमा पलाउन थालेको अनुभूति हुन थालेको छ । बेला–बेला आन्दोलन अहिंसक भइदिंदा भौगोलिक र जातीय विभेद चर्कने आशड्ढा पनि देखिन थालेको छ । किनकि पानी जतिसुकै गुणकारी भए पनि त्यो जमिरहयो भने त्यसमा विभिन्न वित्पात उत्पन्न हुन थाल्छ । विभिन्न सङ्क्रमणकारी तत्त्वहरूको उब्जनी हुन जान्छ ।
उद्देश्य प्राप्तिका लागि भनिएको मधेस आन्दोलन यसरी विस्तार भइरहेको छ भने स्वाभिमानको अडान लिएको सरकारको मति पनि निराशलाग्दो देखिन्छ । नेपाली जनतासँग स्वाभिमानको अपेक्षा गरिएको हो भने त्यसको कुनै अर्थ नै छैन । सरकारले यी यावत् वितण्डापछाडि भारतको हात रहेको साउती गरिरहँदा किन आफ्नो जनताको उद्देश्य पूर्ति गरेर भारतसँग स्वाभिमानको लडाइँलाई सोद्देश्य बनाइँदैन भन्ने आग्रह नेपाली मनमा फिंजिन पुगेको छ । हामी सानो छौं । के भो छ, हामीले स्वाभिमानी भएर बाँचे भइगयो । स्वाभिमानी बन्नका लागि निजी स्वार्थ त्याग्नुपर्छ । व्यक्तिको स्वार्थ नै विस्तारित भएर राष्ट्रको स्वार्थ बन्ने हो । सत्ताका लागि हाम्रा राजनीतिक दलहरू र तिनका अगुवाहरू भारतको विभिन्न शक्तिकेन्द्रको पछि लाग्ने, तर देशमा स्वाभिमानको लडाइँ लड्ने दुवै कुरा हुन सक्दैन । भारतको अनिच्छाले कुनै राजनीतिक पार्टीको सत्ता खोसिन्छ भने त्यसको ठाउँमा आउने अर्को राजनीतिक पार्टी नेपालकै हुन्छ । भारतको कुनै पार्टी त यहाँको सत्तामा बस्दैन । भारतले जतिसुकै कोशिश गर्दा पनि घुमिफिरी सत्तामा बस्ने त नेपालीहरू नै हुन्छन् । अनि अर्थ न पाई गोविन्द गाई टाउने दुखेको ओखति नाइटोमा लाईको विडम्बना किन प्रदर्शित गर्नु ?
यसर्थ सरकार र आन्दोलनरत दलहरूले, यदि तिनमा राष्ट्रप्रेम छ, जनताप्रति दायित्वबोध छ भने वार्ताबाट यथाशीघ्र समाधान निकाली अब नेपाली जनतालाई यस बन्धनबाट उन्मुक्ति दिन अघि सर्नुपर्छ । पाउनेले पाइसके, नपाउनेलाई पनि दिनुपर्ने बेला आएको छ । त्यो प्राप्ति सदीयौंदेखि शोषित–पीडित–दमितहरूको हक अधिकार होस् वा भर्खरै विनाशकारी भूकम्पबाट थिल्ििथएको जनताको बाँच्न पाउने अधिकार होस् । सरकारले यदि भारतलाई साधेर मधेस आन्दोलनको समाधान खोज्दछ भने उसले गाई मारी गधा पोस्ने पाप बेहोर्नेछ । आफू फुटेपछि भारतले मात्र होइन, भोलि नेपालभन्दा सानो र राजनीतिकरूपमा महत्त्वहीन भुटानले पनि नेपालको मामिलामा आफ्नो विचार थोपर्नेछ, हिजो भुटानी शरणार्थी समस्या विषयमा भुटानले गरेको अर्घेल्याइँ हाम्रा नेताहरूको स्मृतिको खाडलमा पुरिएको छैन भने हेक्का राखे हुन्छ १ के अब पनि नसोच्ने ? कि पछिल्लो ढोकाबाट भारतलाई रिझाएर आफ्नो जनताको शेखी झार्ने ? अब पनि सोच्न कर लाग्दैन ?