प्रस, वीरगंज, १३ मङ्सिर/
वीरगंज उपमहानगरपालिकाले डिजल पाएपछि फोहर उठाउने काम शुरु गरेको छ ।
छठपछिको अवधिमा इन्धन नपाएको कारण वीउमनपाले फाहोर उठाउन सकेको थिएन । शहरको मुख्य सडक तथा चोकहरूमा झाडू बढार्ने काम भए तापनि फोहोर सड्ढलन तथा उठाएर फयाँक्ने काम अवरुद्ध थियो।
वीउमनपाले आइतवार अमलेखगंजबाट इन्धन प्राप्त गरेको जनाएको छ । इन्धन पाएलगत्तै आइतवार दिउँसोदेखि नै मुख्य सडकमा थुप्रिएका फोहर उठाउने काम शुरु गरेको सरसफाइ अधिकृत दिवाकरकृष्ण मानन्धरले बताए ।
डिजल अभावले फोहर सड्ढलन नहुँदा नाउक्षे अस्पताल क्षेत्र, बिर्ता, गहवा, नेशनल ट्रेडिङ, मुर्ली, त्रिमूर्तिचोकलगायत क्षेत्रमा फोहरको डुङ्गुर सडकमा थुप्रिएको छ ।
जारी मधेस आन्दोलनको कारण इन्धन अभावले वीउमनपाले विगतका समयमा पनि फोहर सड्ढलन गर्न सकेको थिएन । वीउमनपासँग फोहर सड्ढलनको लागि १३ वटा टयाक्टर र दुईवटा टिपर गरी १५ वटा सवारीसाधन छ । ती साधनलाई दैनिक १ सय लिटर डिजल आवश्यक पर्ने र सो उपलब्ध नहुँदा फोहर सड्ढलनमा असर परेको सरसफाइ अधिकृत मानन्धर बताउँछन् ।
वीरगंजबाट दैनिक करिब ७० टन फोहर सड्ढलन हुने गरेको छ । यसैबीच फोहर प्रशोधन केन्द्रको निर्माण नभइसकेको कारण शहरका यत्रतत्र सड्ढलित फोहर व्यवस्थापन गर्दै आएको वीउमनपालाई फोहर व्यवस्थापनको पनि समस्या आइपरेको छ ।
वीउमनपाले वीरगंज–रक्सौल मितेरी पुल, शड्ढराचार्य गेट, भन्सार क्षेत्र, बाइपास, श्रीसिया पुललगायत क्षेत्रमा हाल स्थानीयले फोहर व्यवस्थापनमा अवरोध गरेकोले थप समस्या आएको प्रमुख मानन्धरले प्रतीकसँगको कुराकानीमा बताए ।
वीउमनपाले इटियाहीमा एडिबीको सहयोगमा मझौला शहरी एकीकृत विकास तथा वातावरणीय सुधार
योजना अन्तर्गत फोहर व्यवस्थापन
केन्द्र निर्माण काम शुरु गरेको भए पनि मधेस आन्दोलनले गर्दा स्थगित छ । उक्त योजना निर्धारित समयमा सम्पन्न हुन नसक्ने वीउमनपाले जनाएको छ ।