प्रस, परवानीपुर, १३ मङ्सिर/
नेपाली काङ्ग्रेस पर्साले आगामी दिनमा मधेसको हकहित तथा मधेस आन्दोलनको माग प्राप्तिको निम्ति शान्तिपूर्ण आन्दोलन थालनी गर्ने निर्णय गरेको छ ।
नेकाबाट राजीनामा दिएर कालो झन्डामुनि गोलबन्द भई आन्दोलन गर्न विभिन्न पक्षबाट आएको दबाब अस्वीकार गर्दै नेकाले आफ्नो पार्टीको तर्फबाट व्यापक जनपरिचालन गरी छुट्टै रणनीतिक कार्ययोजना बनाएर शान्तिपूर्वक मधेस आन्दोलनमा होमिने निष्कर्ष निकालेको हो ।
नेका, पर्साको पार्टी कार्यालय महावीरस्थानमा आइतवार सम्पन्न सो पार्टीका नेता–कार्यकर्ताहरूको छलफल तथा अन्तक्र्रियाबाट यस्तो निष्कर्ष आएको हो ।
कार्यक्रममा नेका पर्साका सचिव अशोक जयसवालले मधेस आन्दोलनसँग पर्सा काङ्ग्रेसको भावनात्मक सम्बन्ध रहेको भन्दै राजीनामा दिएरै मधेस आन्दोलनमा जानुपर्ने बाध्यता नरहेको बताए । उनले शनिवार माईस्थानमा नेकाको शान्तिपूर्ण दबाब कार्यक्रम मधेसी मोर्चाका केही भिजिलान्तेहरूले बिथोल्न गरेको प्रयास निन्दनीय र दु:खद भएको बताए ।
त्यस किसिमको हर्कतले मधेस आन्दोलनलाई निष्कर्षमा पुर्याउन नसक्ने र कसैको भलो पनि नहुने भन्दै सचिव जयसवालले नेकाका नेता, कार्यकर्ताहरूलाई गुट–उपगुट छोडेर एकजुट हुन आग्रह गरे । नेका पर्साका नेता रामनारायण कुर्मीले मधेसको माग सम्बोधन गर्न पार्टीको केन्द्रीयस्तर तथा सरकारमा दबाब दिन वीरगंजबाट छुट्टै शान्तिपूर्ण आन्दोलन अपरिहार्य भएको बताए ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि एवं नेपाल पत्रकार महासङ्घ, पर्साका पूर्व अध्यक्ष दीपेन्द्र चौहानले मधेस आन्दोलनमा केही दरिद्र सोचका नेताहरूको कारण आन्दोलन लम्बिदै गएको बताए । उनले आन्दोलन अनिश्चित बन्दै जाँदा र पहाडको भन्दा पनि मधेसका जनताले दुई गुणा बढी सास्ती खेप्नुपरेको बताए । सत्ता स्वार्थका कारण मधेसी मोर्चाहरू आपैंmमा एउटा छातामुनि आउन नसकेको अवस्थालाई नेकाले राम्रोसँग बुझेको स्पष्ट पार्दै चौहानले अब नेका तनमनले मधेस आन्दोलनमा उत्रिने जानकारी गराए ।
अन्तक्र्रिया कार्यक्रममा चिकित्सक, युवा, विद्यार्थी र अन्य पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता थियो ।
नेका नगरसमितिका सभापति महम्मद सहाबुद्दीनको सभापतित्व एवं नगर समिति सचिव मनोहर साहको सहजीकरणमा सम्पन्न कार्यक्रममा सहभागीहरूले नेकाका प्रमुख नेताहरूसँग मधेस आन्दोलनमा नेका किन भूमिकाविहीन देखिएको भन्दै गुनासो गरेका थिए । उनीहरूले संविधान निर्माणदेखि हालसम्मको नेकाको निर्णय, क्रियाकलाप तथा गतिविधिको समीक्षा गरेका थिए ।
यसैबीच शनिवारको घटनाप्रति नेपाली काङ्ग्रेसको विभिन्न एकाइले विज्ञप्ति प्रकाशित गरी भ्रत्र्सना गरेको छ । पार्टीको जिल्ला कमिटी र पाँचवटै क्षेत्रीय सभापतिहरूले आइतवार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै मधेस आन्दोलनको माग पूरा गर्न दबाब दिने उद्देश्यले आयोजना गरेको र्याली तथा कोणसभामा मधेसी मोर्चा समर्थित समूहले काङ्ग्रेसको झन्डा र ब्यानर जलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
नेकां पर्सा जिल्ला कार्य समितिका सचिव अशोक जयसवाल, निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति विजय सर्राफ, क्षेत्र नम्बर २ का वीरेन्द्र पटेल, क्षेत्र नम्बर ३ का श्याम पटेल, क्षेत्र नम्बर ४ का श्रीकृष्ण चौहान र क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति रमेश पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त कार्य घोर अप्रजातान्त्रिक र मधेसको आन्दोलन कमजोर बनाउने भन्दै खेद व्यक्त गरिएको छ ।