जब भयो राति अनि बूढी ताती भन्ने उखानलाई नेपाली शासकवर्गले जहिले पनि चरितार्थ गर्ने गरेको छ । अहिले जुनसुकै कारणले होस्, इन्धनका लागि एक मात्र भारतमाथि निर्भर नेपाल चीनबाट इन्धन मगाउने प्रयासमा जुटेको छ । यस्तो प्रयास पहिले पनि भारतीय नाकाबन्दीको बेला सरकारले नगरेको होइन । २०४६ सालमा मरिचमान सिंह प्रधानमन्त्री हुँदा सिंगापुरबाट हवाईजहाजमा इन्धन ल्याइएको थियो । त्यति बेला चीनबाट पेट्रोलियम पदार्थ मगाउन एउटा बृहत् योजनामा काम पनि प्रारम्भ भएको थियो, तर भारतले नाकाबन्दी खोल्नेबित्तिकै तमाम योजना र रणनीति भताभु· भएको थियो । जोरी पनि खोज्ने र हुति पनि नदेखाउने सरकारहरूको आचरणले नेपालले लज्जास्पद स्थितिको सामना गर्नुपरिरहेको छ भने नेपाली जनताले घरीघरी यस्तो अभाव झेल्नुपर्ने अवस्था आएको छ । भारतबाहेक चीन वा अन्यत्रबाट इन्धन मगाएर काम चलाउनु अल्पकालीन समाधान हो, यसले दीर्घकालसम्म इन्धनको आवश्यकता पूर्ति हुन सक्दैन । किनकि यो महँगो मात्र पर्दैन, आवश्यक मात्रामा पाउन पनि कठिन हुन्छ ।
चीन एउटा उदीयमान विश्व शक्ति राष्ट्र हो, उसलाई आफैं इन्धनका लागि अरूमाथि निर्भर रहनुपर्छ । मित्रताको ख्याल गरेर मात्र उसले मदत गर्ने हो । हुनत भारतसँग पनि नेपाललाई दिनका लागि आफ्नै इन्धन छैन । उसले पनि बाहिरबाट मगाएर नेपाललाई दिने हो । बाहिरबाट कच्चा तेल मगाई त्यसलाई प्रशोधन गरेर नेपाललाई बिक्री गर्ने हो, तर भारत–नेपालबीच सीमा नाका टाँसिएको र ढुवानीको विभिन्न साधन भएको हुँदा अन्यत्रभन्दा आपूर्ति सहज र सस्तो पर्छ । अहिले राजधानीको समाचारहरूमा चीनले दिएको अनुदानको तेलमाथि आँखा गाडेर थप व्यावसायिक तेल पनि प्राप्त गर्न सकिने आशामा सम्बद्ध पदाधिकारीहरूको चीन कुदाकुद जारी छ । चीनबाट लामो र पहाडी बाटो भएर इन्धन आपूर्ति हुन सक्दछ । भान्साको इन्धनका लागि कुनै एउटा गाउँमा निर्माण गरिएको बायोग्याँसको विकल्प देखाएर विपन्न आमाले भुङ्ग्रोमा ढु·ा हालेर पाकेपछि खान दिन्छु भनी भोकले रोइरहेको सन्तानलाई भ्रम छरेजस्तो तथ्याड्ढले नेपाली जनताको भलो हुन सक्दैन ।
आज कुनै कुरामा भारतसँग मनोमालिन्य भएको छ, भोलि अर्को कुरामा चीनसँग मनोमालिन्य हुन सक्छ, अनि ? नेपाल यी दुई विशाल मुलुकबाट भूपरिवेष्ठित मुलुक हो त्यसैले तेस्रो विकल्प त छँदैछैन । यसको अर्थ नेपाल सदैव भारत र चीनको मुडमा निर्भर बाध्य रहने हो त ? अहिलेसम्मको शासकहरूको रवैयाले त्यस्तै सड्ढेत दिएको देखिन्छ । जबकि नेपालसँग यति मात्रामा प्राकृतिक संसाधन छ कि त्यसको भरिपूर्ण उपयोग गर्न सक्यो भने ऊर्जाका लागि कसैको मुख ताक्नैपर्दैन । उब्जाउ भूमि, परिश्रमी र धैर्यशील जनता तर अल्छी र स्वार्थी शासकहरूले गर्दा ऊर्जा र इन्धनका लागि हामीले अरूकै भर परिरहनुपरेको छ । झन् यसपटक, भनिएको भारतीय नाकाबन्दीका लागि त नेपाली शासक आफैं दोषी देखिएका छन् । लाज नमानी भारतीय शासकका सामु निहुरिन जान्छन् तर नेपाली जनताको के चाहना हो बुझ्ने प्रयत्न गर्दैनन् । शासकवर्गको यस्तो मनोदशा रहेसम्म यिनीहरू विदेशीसामु लम्पसार परिरहन्छन् र नेपाली जनता अभावको जाँतोमा पिल्सिइरहन्छ ।