प्रस, वीरगंज, १२ कात्तिक/
जारी मधेस आन्दोलनको आज ७७ औं दिन र नाकाबन्दीको ३७ औं दिन पनि वीरगंज–रक्सौल मितेरी पुलमा मोर्चाले नाकाबन्दी जारी राखेको छ भने बारा, पर्साका विभिन्न गाविसबाट जुलुससहित समर्थन गर्नेहरूको लर्को आज पनि जारी रह्यो । पर्साको परसौनीबाट रामअध्योध्या पटेलको नेतृत्वमा जुलुस निस्केको थियो भने बसडिलवा गाविसको टोल रतनपुरबाट जहुर अन्सारी, दिलमहम्मद मियाँ, वासुदेव यादवको नेतृत्वमा जुलुस निस्की आन्दोलनप्रति समर्थन जनाएको थियो । सिलाइकटाइ सङ्घले घण्टाघरबाट निकालेको ऐक्यबद्धता र्याली नगर परिक्रमापछि मितेरी पुलमा पुगेर समापन भएको थियो ।
हिजो रातिदेखि परेको सिमसिमे पानी र शुरु भएको जाडोको बावजुद पर्सा, बाराका विभिन्न गाविसबाट मानिसहरू नारा जुलुस गर्दै वीरगंज आएर घण्टाघरमा जम्मा भई मितेरी पुल पुगेर समर्थन गर्ने कार्यलाई आज पनि निरन्तरता दिए ।
आज गरिएको प्रदर्शनमा स्थानीय प्रशासनले हिजो जारी गरेको सूचनाको बर्खिलाप गरिएको छैन । प्रशासनले लाठी, फाटाबाहेक हतियार प्रदर्शनमा रोक लगाएको र बर्खिलाप गर्नेलाई कानुन बमोजिम कारबाई गर्ने चेतावनी दिएपछि आजको प्रदर्शनमा लाठी फाटा मात्र प्रदर्शन गरिएको थियो । आन्दोलनमा समर्थन गर्ने समर्थनकारीहरूले मधेसी एकता जिन्दाबाद, मधेसको माग पूरा गर, जय मधेश जस्ता नारा लगाएर मितेरी पुल पुगेका थिए ।
पछिल्लो समयमा भाला, फर्सा, तरबार र नक्कली बन्दूकसहित प्रदर्शन गरिएकोमा हिजोदेखि प्रशासनले त्यस्तो प्रदर्शन नगर्न सूचित गरेको थियो ।
तराई–मधेस राष्ट्रिय अभियान रौतहटद्धारा शव प्रर्दशन
प्रस, रौतहट/
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आयोजित आम हडताल तथा आन्दोलनप्रति आज नाइ सङ्घले ऐक्यबद्धता जनाउँदै जुलुस प्रदर्शन गरेको छ । मधेसी क्रान्ति चोकदेखि शुरु भएको जुलुसले नगर परिक्रमा गर्दै मधेसी एकता जिन्दाबाद, मधेसीको माग पूरा गर जस्ता नारा लगाउँदै नाकाबन्दीमा सहभागी भएको थियो।
तराई–मधेस राष्ट्रिय अभियान रौतहटद्वारा आज शव प्रदर्शन गरिएको छ । ललित मल्लिकको सक्रियतामा आज मधेस क्रान्ति चोकमा शव प्रदर्शन गरिएको थियो । मोर्चाद्वारा जारी आन्दोलनमा ४२ जना मधेसी मारिएकाले विरोधस्वरूप आज प्रदर्शन गरिएको तमराले जनाएको छ ।