सिकेन्द्र पासवान, कलैया, ११ कात्तिक/
तराई–मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले वार्ताका लागि सरकार गम्भीर नभएको दाबी गरेका छन् ।
कलैयामा बुधवार तमलोपाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महतोले आन्दोलन तुहाउन खेलमा मात्र सरकार लागिपरेको बताए । हाम्रो माग प्रस्ट हुँदाहुँदै पनि सरकार र सत्ता साझेदार दलहरूले प्रस्ट खाकासहित वर्तामा नआउनुले पनि हामीलाई शड्ढा लागेको छ–नेता ठाकुरले भने ।
विगतमा भएको सबै सम्झौताको पालना गर्नेतिर पनि सरकार सकारात्मक नदेखिएको आरोप लगाउँदै नेता ठाकुरले अहिले पनि मोर्चाको माग पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको सबै भूभाग मधेसमा हुनुपर्नेमा एकमत रहेको बताए । मोर्चा सत्ता समीकरणका लागि नभएर मधेसी जनताको अधिकारका लागि आन्दोलनमा लागेको बताउँदै भ्रममा नपर्न सबैलाई आग्रह गरे ।
अहिलेको संविधान मधेस विरोधी रहेको बताउँदै अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी रहने उनले जानकारी दिए । लोकतन्त्र, पूर्ण प्रेस स्वतन्त्राको पक्षमा तराई केन्द्रित दलहरू सधैं सकारात्मक रहेको उनले प्रतिबद्धता व्यक्त गरे । पार्टी जिल्ला अध्यक्ष नवलकिशोर सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका महामन्त्री जितेन्द्र सोनल, केन्द्रीय सदस्यहरू चन्दा चौधरी, जितेन्द्र सिंह, श्याम गुप्ता, परमहंस केसरी, रामचन्द्र सिंह, डा धनञ्जय यादव र सभासद्हरू जंगी चौधरी, केदारनन्दन मिश्र लगायतले उक्त अवसरमा विचार व्यतm गरेको पार्टीका जिल्ला प्रवक्ता अरुणकुमार सिंहले बताए ।