देशमा एकातिर समाज परिवर्तनको रहरलाग्दो घटना भइरहेको छ भने अर्कोतिर लामो सङ्घर्षलाई सम्बोधन नगर्दा जनता पिरोलिएर परिवर्तनको स्वागत गर्ने मनस्थिति उत्पन्न हुन सकिरहेको छैन । लै·िक विभेद हटाउने तथा समावेशीकरणको जुन दुई ऐतिहासिक घटना नेपाली राजनीतिक परिदृश्यमा उदित भएको छ, त्यो कुनै पनि सभ्य मुलुकका लागि गर्व गर्ने विषय हो । नेपालमा नयाँ संविधान लागू भएसँगै राष्ट्रको दुईवटा प्रमुख पदमा दुईजना महिला निर्वाचित हुनु सार्है गर्व र आत्मसन्तुष्टिको कुरा हो । तर यी परिवर्तनहरू यस्तो बेलामा भएको छ, सम्पूर्ण नागरिक समाजले यसलाई आत्मसात गर्न सक्ने वातावरण धमिलिएको छ । तराईमा जारी आन्दोलन साढे दुई महिना नाघिसकेको छ । तराईमा मात्र होइन, अझ बढी तराईबाहेक क्षेत्रमा बन्द र सीमा नाकाबन्दीले जनजीवनमा प्रतिकूलता ल्याएको छ । यस विरोधाभासले गर्दा संसद्को सभामुख र राष्ट्रपति पदमा निर्वाचित महिलाहरूले सामूहिक गौरवको अनुभूति पाउन सकेनन् । यो परिवर्तन रुचाउने तर स्वामित्व छाड्न नचाहने अन्तद्र्वन्द्वजन्य स्वभावको परिणति हो ।
हिजो जसरी उपेक्षित भनिएको मधेसी मूलका दुईजना व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति बनेका थिए, त्यसै क्रमको निरन्तरता अहिले लि· विभेदले उपेक्षित रहेको महिला वर्गको राष्ट्रको प्रमुख पदहरूमा नियुक्तिले नेपालको राजनीतिक क्रियाकलाप लोकतन्त्रोन्मुख हुँदै गएको देखिएको छ । ती महिलामध्ये एकजना सभामुख भएपछि दलित वर्गको प्रतिनिधि पनि भएको र जातीय विभेद र वर्णव्यवस्थाले नेटो काट्न थालेको अनुभूति हुनु समग्र देशवासीका लागि महत्त्वको कुरा हो । यो समावेशितालाई अ·ीकार गर्ने दिशामा देशको लोकव्यवस्था अघि बढेको ठम्याइ मान्न सकिन्छ । नेपालको राजनीतिक गतिविधिको जतिसुकै आलोचना गरे तापनि नेपाली समाज अनुकूल परिवर्तन ग्रहण गर्न कसैभन्दा पछि परेको छैन । शिक्षाको क्षेत्र होस्, जातीय अन्तर्घुलनको अवस्था होस्, लि·ीय समानताको कुरा होस् त्वरित गतिमा आत्मसात गर्दै गएको छ नेपाली समाजले । त्यसैको परिणति हो नाकाबन्दीमा बसेका र यावत् जनजीवनमा बाधक बनेका भनेर सरकारले दोषारोपण लगाइरहे तापनि मधेस आन्दोलनप्रति सामान्यजनमा कुभावना देखिएको छैन । यस विपरीत परिस्थितिका लागि राजनीतिक दलहरू नै दोषी हुन् भन्ने ठम्याइ प्रबल देखिएको छ ।
नेपाली राजनेताहरूले अहम् छाडेर मधेसी आन्दोलनकारीहरूसँग वार्ता गर्नुपर्छ । यसमा मधेसी पक्षको विजय भए पनि नेपालीको विजय हुनेछ । हो मधेसी पक्षको केही कुरा जसलाई सरकारले देश हितविपरीत र राष्ट्रिय क्षमता प्रतिकूल देखेको छ, त्यस विषयमा सोदाहरण प्रस्तुत भएर वस्तुस्थिति बुझाउन सक्नुपर्दछ । परिस्थिति अनुकूल हुँदा आफ्नो हात माथि र प्रतिकूल हुँदा हात तल पार्ने मानसिकता त्यागेर, विश्वास र जनताप्रति श्रद्धा राखेर गरेको निर्णयले देशको कदापि कुभलो हुनेछैन । आज नेपाली जनता सार्वभौम भएको छ । सार्वभौम हुनुको अर्थ पनि उसलाई थाहा छ र सार्वभौम हुनुको परीक्षामा उत्तीर्ण पनि भएको छ । आफ्नो भूगोल सबैलाई प्यारो हुन्छ । तर भूगोललाई माया गरेर त्यहाँ बस्ने मानिसप्रति आशड्ढा र अविश्वास गर्दा न भूगोलको रक्षा हुन्छ न शासन व्यवस्थामा स्थिरता आउँछ । आज सबै नेपालीलाई एकजुट बनाउन सक्यो भने कस्तै पनि विघ्न–बाधाले देशलाई हल्लाउन सक्दैन ।