प्रस, वीरगंज, १३ कात्तिक/
नेपाल दूरसञ्चार कम्पनी क्षेत्रीय कार्यालयमा कर्मचारीहरूलाई दशैं, तिहार तथा छठमा ओभरटाइम खटाउने विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।
कर्मचारी तथा युनियनबीच विवाद उत्पन्न भई मूलगेटमा नै एकअर्काविरुद्ध तालाबन्दी गरेपछि सबै कर्मचारीहरू आज साँझ ६ बजेसम्म कार्यालयमा घेरिएका थिए । विवाद बढ्दै गएपछि वडा प्रहरी कार्यालय श्रीपुरले मूलगेटको ताला फोडी सबै कर्मचारीलाई बाहिर निकालेको थियो ।
आइतवार दुवै पक्ष सहमति गरी कार्यालय आउन सहमत भएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी गराए ।
क्षेत्रीय कार्यालयमा अहिले पाँचवटा युनियन रहेका छन् । युनियनसँग आबद्ध कर्मचारीहरूलाई भागबन्डाको आधारमा दशैं, तिहार र छठमा ओभरटाइममा खटाइने गरिन्छ । सोही क्रममा राष्ट्रिय कर्मचारी स·ठनसँग आबद्ध कर्मचारीहरूलाई ड्युटी खटाउने सूची क्षेत्रीय निर्देशकसमक्ष लग्दा बाँकी चारवटा युनियनले विरोध गरेका थिए । सो स·ठनले गलत कार्य गरेको भन्दै अन्य कर्मचारीहरू तथा चारवटा स·ठनले मूलगेटमा तालाबन्दी गरेपश्चात् विवाद शुरू भएको थियो । कर्मचारी र युनियनबीच विवाद भइरहँदा क्षेत्रीय निर्देशक बेपत्ता भएपछि विवाद बढ्दै गई तालाबन्दीसम्म पुगेको थियो । सोको सूचना पाएपछि आफूहरू पुगेको र विवाद सल्टाउने प्रयास गरेको प्रहरी निरीक्षक रिजालले प्रतीकलाई बताए ।