मधेसमा यसै पनि विद्यालयहरू बन्द छन् । केही निजी विद्यालयहरूले कोचिङ क्लासको रूपमा आसन्न प्रवेशिका परीक्षाको तयारीका लागि विद्यालय पोशाकबिना अध्यापन गराउँदै आएका थिए । कलैयामा आन्दोलनरत संयुक्त मधेसी मोर्चा, एनप्याब्सन र विभिन्न शिक्षक स·ठनहरूको भर्खरै बसेको संयुक्त बैठकले भने विद्यालय सम्पूर्णरूपमैं बन्द गर्ने निर्णय गरेको छ । नेपाल, खासगरी मधेस पछि पर्नुको विभिन्न कारणमध्ये एउटा सबल कारण शिक्षा हो । यस तथ्यलाई कसैले अस्वीकार गर्न सक्दैन । साँच्चि भन्ने हो भने यस वर्षको शैक्षिक सत्रमा अध्ययन–अध्यापन भएकै छैन । नयाँ शैक्षिक सत्र शुरू भएलगत्तै देशभरि विनाशकारी भूकम्प आयो । त्यस बेला भूकम्पबाट कम प्रभावित मधेससमेत महिना दिनजति बन्द भयो । त्यसपछि छिटपुट विद्यालयहरू के खुलेका थिए, मधेसवादी राजनीतिक दलहरूको आन्दोलन शुरू भयो र आज अढाई महिनादेखि विद्यालयहरू बन्द छन् । यस बन्दीले खासगरी प्रवेशिका परीक्षा दिने विद्यार्थीहरूलाई मारमा पार्ने निश्चित त छ नै, अन्य विद्यार्थीमा पनि यसले नराम्रो मनोवैज्ञानिक प्रभाव पार्ने सुनिश्चित छ ।
घरीघरी र सबैले स्वीकार गरेको तथ्य हो, आन्दोलन जुनसुकै उद्देश्यका लागि होस्, विद्यालयलाई शान्ति क्षेत्र बनाउनुपर्छ । विद्यालयमा कुनै पनि कारणले व्यवधान हुनुहुँदैन । तर नेपालमा देखिएको सत्य के हो भने जस्तोसुकै बन्द, हडतालको कार्यक्रम होस्, जोसुकैले गरेको होस्, तारो सबभन्दा पहिले विद्यालयहरू मात्र बन्दछन् । त्यसैले हामीकहाँ प्रवेशिका परीक्षा शुरू हुनुअघि शैक्षिक मर्यादा, अनुशासन, परीक्षामा कडाइजस्ता अभियान चलाइन्छ, तर नतिजा उही ‘दिनभर चला अढाई कोस’जस्तै हुन्छ । अभिभावकहरू स्वयम् र नैतिकताको पाठ पढाउने शिक्षकहरू नै आफ्नो विद्यालयको शाख जोगाउन विद्यार्थीहरूलाई चीट पुर्याउन अघि सर्छन् । त्यै के कम थियो र अब विद्यालयलाई प्रत्यक्ष र परोक्ष बन्द गरेर कस्तो सफलता देखाउन खोजिएको हो । नाकाबन्दीले पो सरकारलाई असर पारेको हो, विद्यालय बन्द गर्दा सरकारलाई कुनै असर पार्दैन । यसको असर सोझै आन्दोलनकारीका सन्तान र समग्र मधेसको जनतामाथि पर्छ । यतिसम्म विवेक नपुर्याउनु मानवोचित हुँदै होइन ।
विद्यालय बन्द गरेर कुनै पनि आन्दोलन सफल हुँदैन, खासगरी राजनीतिक आन्दोलन । एक छिनका लागि मानौं आन्दोलनकारीलाई आफ्नो समर्थनमा देश नै ठप्प पारेजस्तो लाग्ला, उनीहरूको अहम् सन्तुष्ट होला, तर के शिक्षकहरूको यस्तो चाहना हुनु स्वाभाविक हो ? जसरी आन्दोलनकारी सही गलत जुन किसिमबाट पनि आफ्नो अभियान सफल पार्न खोजिरहेका छन्, त्यसैगरी विभिन्न तर्क र बहसको आधारमा शिक्षक वा शिक्षक स·ठनहरूले विद्यालय खोलाउने, मधेसका कर्णधारहरू शिक्षित होऊन् भन्ने चाहना राख्नुपर्दैन ? त्यसैले शिक्षकहरूमाथि राजनीतिक दलहरूको झन्डा बोक्ने, अध्यापन गराउनुभन्दा स·ठनात्मक क्रियाकलापमा सक्रिय हुने आरोप पहिलैदेखि लाग्दै आएको हो । मधेस आन्दोलनले आफ्नो गन्तव्य पाओस्, आन्दोलन सफल होस्, मधेसको माग पूरा होस्, मधेसको जनताले चाहेको पूर्ण अधिकार प्राप्त होस् भन्ने सोच राख्ने हो भने पनि मधेसको उत्कट चाहना शिक्षाप्राप्तिको अधिकारको संरक्षण नै प्राथमिक आवश्यकता देखिन आउँछ । शिक्षा भएन भने अधिकार प्राप्त हुँदैन वा अधिकार प्राप्त भएपनि त्यसको सदुपयोग हुन सक्दैन भन्ने हेक्का राख्नुपर्छ, अन्यथा मधेसको वर्तमान पुस्ता योग्य बन्न सक्दैन ।