प्रस, वीरगंज, १० कात्तिक/
नाकाबन्दीको ३४ औं दिन म·लवार मोर्चाका नेता, कार्यकर्ताहरूले नेपाल–भारत सीमा–नाका मितेरी पुलमा धर्ना जारी राखेका छन् । मधेसी हक–अधिकारको लागि आन्दोलनरत सङ्घीय समावेशी मधेसी मोर्चा र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता, कार्यकर्ताहरूले असोज ७ गतेदेखि सीमा–नाका वीरगंज–रक्सौलस्थित मितेरी पुलमा धर्ना दिएर नाकाबन्दी गरिरहेका छन् । नाकाबन्दीको कारण पेट्रोलियम, खाद्यान्न, औद्योगिक कच्चा पदार्थ लोड भएका सयौं ट्रकहरू रक्सौलको लक्ष्मीपुरदेखि सुगौलीसम्म लामबद्ध भएर रोकिएका छन् ।
यता माग पूरा नहुन्जेल मितेरी पुलमा जारी नाकाबन्दी नखोल्ने अडान लिएका दुई मोर्चाको अभियानमा समर्थन जनाउँदै पर्सा र बाराका गाविसहरूबाट मानिसहरू आउने क्रम आज पनि जारी रह्यो ।
ट्याक्टर, मोटरसाइकल, साइकल आदिमा सवार भएर एवं पैदलै जय मधेसको नारा लगाउँदै मानिसहरू मितेरी पुलमा पुगेर आन्दोलनमा समर्थन जनाइरहेका छन् ।
गौरमा जन्जीर जुलुस प्रदर्शन
प्रस, रौतहट/
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा तराई मधेस राष्ट्रिय अभियानका कार्यकर्ताहरूले म·लवार रौतहट जिल्लाको सदरमुकाम गौरमा जन्जीर जुलुस प्रदर्शन गरेका छन् । मधेस क्रान्ति चोकदेखि शुरु भएको जुलुस नगरपरिक्रमा गर्दै नेपाल–भारत सीमा–नाकासम्म पुगेको थियो । जुलुस प्रदर्शन गर्ने क्रममा मधेसी एकता जिन्दाबाद, गुलामीको जन्जीर सहन गर्दैनौं, मधेसीको माग पूरा गर जस्ता नारा लगाइएको थियो ।
यसैगरी आज आम हडतालको ७५ औं दिन तथा नाकाबन्दीको ३४ औ दिन अन्तर्पार्टी महिला सञ्जाल रौतहटले पनि गौरमा विरोध प्रदर्शन गरेको छ । सो प्रदर्शनमा मधेसको हक अधिकारको विषय प्रमुखताका साथ उठाइएको नारा तथा ब्यानर प्रदर्शन भएको थियो ।
शिक्षा कार्यालय घेराउ
प्रस, वीरगंज, १० कात्तिक/
जिल्ला शिक्षा कार्यालय पर्साद्वारा सञ्चालित सघन साक्षरता कार्यक्रमका अभियानकर्ताहरूले पारिश्रमिक नपाएको भन्दै म·लवार जिशिका घेराउ गरेका छन् । सघन साक्षरता कार्यक्रम तीन महिना सञ्चालन गरेको तर सोबापतको पारिश्रमिक भने हालसम्म नपाएको भन्दै उनीहरूले पारिश्रमिक माग गर्दै कार्यालय घेराउ गरेका हुन् ।
पर्सा जिल्लामा सञ्चालित सघन साक्षरता कार्यक्रम यसपटक निकै विवादित भएको छ । यो कार्यक्रममा अनियमितता गरेको आरोपमा मिर्जापुर गाविसलाई कारबाईसमेत गरिएको छ । घेराउ गर्नेहरूले पारिश्रमिक माग गरे पनि मधेस आन्दोलनको कारण लामो समयदेखि जिशिका बन्द रहेकोले कुनै सुनुवाइ भने भएन ।