प्रस, वीरगंज, १० कात्तिक/
मधेसमा विगत ७४ दिन देखि जारी आन्दोलन र नाकाबन्दीको ३४ औं म·लवार नेपाल–भारत मितेरी पुलमा ऐक्यबद्धता जुलुसको स्वागत गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता महन्थ ठाकुरले स्वागत गरेका थिए ।
जुलुसको स्वागत गर्दै अध्यक्ष ठाकुरले भने–‘पूर्वदेखि पश्चिमसम्मको मधेस नै हाम्रो राष्ट्रियता हो र मधेस राष्ट्रियताको रक्षाको लागि हामी जे पनि गर्न तयार छौं ।” सरकारले वार्ताको नाटक गरेको र ठोस प्रस्ताव नल्याएको उनले आरोप लगाए । सरकारबाट ठोस प्रस्ताव नआएसम्म मधेसमा जारी आन्दोलन कुनै पनि हालतमा फिर्ता नहुने नेता ठाकुरले बताए । जनताको मायाभन्दा पद ठूलो हुँदैन र जनताको मायाको लागि आफू जुनसुकै पद त्याग गर्न तयार रहेको अध्यक्ष ठाकुरले बताए ।
उनले मधेसको माग सम्बोधन नभएसम्म म र मेरो मोर्चा कुनै पनि सरकारी खेलमा नलाग्ने घोषणा गर्दै सरकारले फैलाएको अफवाहमा जनतालाई नपर्न आग्रहसमेत गरेका थिए ।
आजको धर्ना कार्यक्रममा सद्भावना पार्टीका राजेन्द्र महतो, तमलोपाका महामन्त्री जीतेन्द्र सोनल, फोरम नेपालका महामन्त्री रामसहाय यादव, तमलोपाका केन्द्रीय सदस्य जीतेन्त्र सिंह, सभासद् रमेश पटेल, तमलोपा पर्साका अध्यक्ष पुरुषोत्तम झा, महिलानेत्री चन्दा चौधरी, रामकिशोर यादवलगायत नेताको उपस्थिति रहेको तराई–मधेस विद्यार्थी फ्रन्ट बाराका अध्यक्ष सन्तोष यादवले जानकारी गराएका छन् ।