विश्वराज अधिकारी
नेपालमा कुराकानीको क्रममा, लगभग सम्पूर्ण जनताले नै घुसखोरी वा भ्रष्टाचारको विरोध गरेको पाइन्छ तर व्यवहारद्वारा भने केवल पाँच प्रतिशत (अनुमान) मात्रले यो कुरीति वा अपराधको विरोध गरेको देखिन्छ । अर्थात् बहुसङ्ख्यक नागरिक पाए भने दाउ हात पार्ने (भ्रष्टाचार गर्ने) मौकाको पर्खाइमा बसेका हुन्छन् । यसरी बहुसङ्ख्यक नागरिकमा बोली र व्यवहारमा ठूलो अन्तर छ, भ्रष्टाचारको सन्दर्भमा । केवल कुराद्वारा मात्र भ्रष्टाचार विरोधी भएर बहुसङ्ख्यकले आफू इमानदार भएको तर्क पेश गर्छन् तर भ्रष्टाचार गर्ने अकिन हुन्छ नेपालको गरिबी अति पीडादायी?
नेपालमा, कुराकानीको क्रममा, लगभग सम्पूर्ण जनताले नै घुसखोरी वा भ्रष्टाचारको विरोध गरेको पाइन्छ तर व्यवहारद्वारा भने केवल पााच प्रतिशत (अनुमान) मात्रले यो कुरुति वा अपराधको विरोध गरेको देखिन्छ। अर्थात वहुसंख्यक नागरिकहरु पाए भने दाउ हात पार्ने (भ्रष्टाचार गर्ने) मौकाको पर्खाइमा बसेका हुन्छन्। यसरी वहुसंख्यक नागरिकमा बोली र व्यवहारमा ठूलो अन्तर छ, भ्रष्टाचारको सन्दर्भमा। केवल कुराद्वारा मात्र भ्रष्टाचारको बिरोधी भएर वहुसंख्यकले आफू इमान्दार भएको तर्क पेश त गर्छन् तर भ्रष्टाचार गर्ने अवसर आउने बित्तिकै, त्यसरी कुरा गर्नेहरू मैनबत्ती पग्लिएझै घूसको अगाडि पग्लिन पुग्छन् । स्थिति यस्तो विडम्बनापूर्ण किन भएको होला ? यो बुझ्न नेपाली समाजको चरित्रको अध्ययन गर्न आवश्यक छ।
अहिले नेपालमा भारतले गरेको नाकाबन्दी सम्बन्धी समाचारले सञ्चार माध्यमहरूमा प्रमुखता पाए तापनि ‘मैच फिक्सिंगमा नेपाली खेलडिहरूको संलग्नता’ बारेको समाचारले पनि कम चर्चा पाएको छैन । नेपालको राष्ट्रिय फूटबल टिमका केही खलाडीहरूले मैच फिक्स गरेर लाखौं रुपियाँ कमाएको, घूस खाएको र नेपालको प्रचलित कानुन अनुसार ठूलो अपराध गरेको समाचार प्रकाशमा आएको छ । फूटबल खेलमा मैच फिक्सिग गरेको आरोपमा नेपाली राष्ट्रिय फूटबल टिमका कप्तान सागर थापा र अन्य तीन खेलाडीहरू
(विकास सिंह क्षत्री, रितेश थापा र सन्दीप राई र साथै प्रशिक्षक अञ्जन केसी पनि पक्राउ परेका छन् । महानगरीय परिसर काठमाडौंले पक्राउ परेकाहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा ‘राज्यविरुद्ध अपराध’ गरेको मुद्दा चलाएको छ ।
पैसाका लागि राष्ट्रिय प्रतिष्ठासँग गाँसिएको आम जनताले गर्व गर्ने विषयमा खेलाडीहरू यसरी बिकेको स्थितिलाई आम नेपालीहरूले ठूलो राष्ट्रिय अपमान र बेइज्जती भएको ठानेका छन्, साथै खेलाडीहरूमाथि क्रोधित पनि भएका छन् । यो समाचारले धेरैलाई खिन्न पारेको छ । भोलिका दिनहरूमा उनीहरू माथि लगाइएको आरोपले कस्तो रूप लिने हो ? सम्मानित अदालतले उनीहरूलाई दोषी ठहर गर्ने हो वा होइन ? यी कुराहरू आउने दिनमा नै थाहा होला । तर हालका लागि चर्चा के गरौं भने वर्तमानमा उनीहरूले पैसाको लागि गरेको अपराधका लागि के उनीहरू मात्र दोषी छन् ? खेलाडीले घूस खान सक्ने कहीं कतै सम्भावनासमेत पनि नभएको स्थितिमा उनीहरूलाई घूस खाने अवस्थामा पुर्याउने नेपाली समाजको के कुनै कसुर छैन ? के वर्तमान समाजको मनोविज्ञानले उनीहरूलाई त्यस्तो गर्न बाध्य पारेको होइन र ? यो विषयमा पनि छोटो चर्चा गर्न आवश्यक छ । र यसका लागि पनि नेपाली समाजको मनोविज्ञानको अध्ययन गर्न आवश्यक छ ।
नेपाली समाज तडकभडक, शानशौकत, इज्जत–रवाफ, धाकधक्कू प्रदर्शनमा अति बढी विश्वास गर्दछ । अरूहरूले यस किसिमको प्रदर्शन गरेको मन नपराए तापनि, आफूले पाएमा तीन हात माथि उठेर गर्छ । यस्ता क्रियाकलापमा अनावश्यक र बढी पैसा तथा समय खर्च गर्छ, बढीभन्दा बढी खर्च गर्न प्रतिस्पर्धा समेत गर्छ । र यसरी अनावश्य खर्च गर्नु जायज पनि देख्छ । यसरी खर्च गर्न नसक्नेलाई अपमानित महसुस गराउने वातावरणसमेत सृजना गरिदिन्छ । त्यसकारण नेपाली समाजमा गरिब हुनेहरूले केवल भौतिक अभाव वा पीडा मात्र भोग्नुपर्दैन, मानसिक आघात एवं पीडासमेत भोग्नुपर्दछ । समाजमा अपमानित भएर बाँच्नुपरेको महसुस गर्नुपर्दछ । यस कारण नेपाली समाजमा गरिब भएर बाँच्नु अभिशाप एवं पीडादायी हुन पुगेको छ । नेपाली सामजलाई सकी नसकी अपराध गरेर भए पनि, झूटो बोलेर भए पनि, अपराध गरेर भए पनि, यो स्थितिले धनी हुन बाध्य पार्दछ । हुन पनि शारीरिक श्रम गर्ने, कम आय भएका मजदुर वा समाजले तथाकथित रूपमा तल्लो काम भनेर वर्गीकरण गरिदिएको काम गर्नेहरूलाई नेपाली समाजले सम्मान वा इज्जत दिएको देखिंदैन । एउटा मजदुर वा रिक्साचालकलाई उनीहरूको सेवा उपभोग गर्नेहरूले, आदरपूर्व उनीहरूलाई श्रीमान् वा महाशय भनेको वा उनीहरूका लागि आदरार्थी शब्द ‘तपाईं’ प्रयोग गरेको देख्न वा सुन्न पाइँदैन । तर त्यही व्यक्तिले कुनै धनी वा उच्च सरकारी ओहदाको व्यक्तिलाई ऊसँग कुनै सरोकार नभए पनि अति मर्यादा दिन्छ । उसको जीहजुरी गर्छ । एउटै समाजमा विभिन्न व्यक्तिहरूलाई व्यवहार गर्दा किन उनीहरूको आर्थिक हैसियत अनुसार व्यवहार गरिएको होला ? समाजमा देखिएको यो दुष्ट परम्पराले गर्दा नै आम नागरिकलाई गलत वा सही, जस्तो किसिमको पनि काम गरेर वा ठूलो अपराध नै गरेर पनि, धनी हुन प्रेरित गर्दछ । अर्कोतिर गरिब भएर बाँच्नुलाई नारकीय जीवन बाँचेको हरपल बोध गराउँछ ।
गरिबहरू युरोप एवं अमेरिकातिर नभएका होइनन्, धेरै छन् । तर अमेरिका वा युरोपतिर गरिबहरूले नेपालमा जति र जस्तो मानसिक आघात र पीडा भोग्नुपर्दैन । यहाँ प्रचलित सामाजिक बनावटले एक अर्काको गोपनीयतालाई सम्मान गर्ने भएकोले गरिबहरू नेपाल, भारतमा जस्तो अपहेलित हुन पाउँदैनन् । त्यो कसरी हुन्छ भने अमेरिका एवं युरोपीय देशहरूमा मानिसले जीवनलाई बाहिरी र भित्री गरी दुई भागमा बाँडेका छन् । भित्री जीवन घरभित्र सीमित हुन्छ भने बाहिरी जीवन कार्यस्थल, चर्च, पार्क, लाइब्रेरी, क्लब, रेस्टुरा, मल आदिमा बाँडिएको हुन्छ । घरमा खाने, सुत्ने एवं नितान्त निजी कुराहरू मात्र गरिन्छ । विवाह (चर्चमा), सामाजिक भेटघाट (प्राय: आइतवार चर्चमा), पारिवारिक भेटघाट (रेस्टुरामा, पार्कमा), मृत्युमा शोक, मलामी जाने कार्य (चर्चमा), सामान्य