प्रस, निजगढ, १२ कार्तिक/
रतनपुरी लालमा सम्पन्न फाइनल फूटबल खेलको उपाधि निजगढ युवा क्लबले हात पारेको छ । उपविजेता हिमाल युवा क्लब ‘बी’ लाई पेनाल्टी प्रहारमा ४ का विरुद्ध ५ गोल गरी निजगढ युवा क्लब विजेता बन्न सफल भएको हो ।
खेल अवधिभर दुवै टिमबाट कुनै गोल हुन नसक्दा प्रतियोगिताको नतिजा पेनाल्टी प्रहारबाट भएको हो । गत असोज २० गतेदेखि लाल रिटन्र्स युवा क्लबको आयोजनामा खुला प्रथम संविधान कप स्तरीय नकाउट फूटबल प्रतियोगिता सञ्चालन भएको थियो ।
नजिकिंदो विजयादशमीको अवसर पारेर गरिएको सो प्रतियोगितामा विजेता क्लबलाई एउटा खसी, ४ हजार नगद र उपविजेता टिमलाई एउटा बोका, २ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । खेल अवधिभर बढी गोलकर्ता निजगढ युवा क्लबका चतुर्धन चौधरीलाई पुरस्कारस्वरूप एउटा भाले, उत्कृष्ट खेल प्रर्दशन गरेबापत हिमाल युवा क्लबका गोलरक्षक दूधराज श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । समापन कार्यक्रमका प्रमुख अतिथि पूर्व युवा तथा खेलकूदमन्त्री पुरुषोत्तम पौडेलले विजेता क्लबलाई र जिल्ला खेलकुद विकास समिति बाराका अध्यक्ष दिलबहादुर लामाले उपविजेता क्लबलाई पुरस्कार तथा प्रमाणप्रत्र वितरण गरे । प्रमुख अतिथि पौडेलले दुवै क्लबलाई १/१ थान फूटबल प्रदान गरे । पौडेलले संसदीय विकास कोषबाट प्राप्त हुने रकममध्ये १५ लाख रुपियाँ खेलकुद क्षेत्रमा नैं प्रदान गर्ने बताउँदै प्रतियोगिता सञ्चालन भएको खेल मैदानका लागि रु १ लाख प्रदान गर्ने घोषणा गरे ।
खेलको मुख्य रेफ्रीमा सियाराम कुमर, लायन्समेनमा सञ्जय गुरो र धनवीर सिंतानले भूमिका निर्वाह गरेका थिए । स्थानीय आशालाल सिंतान, पञ्चलाल सिंतान, तिलक घलान, एकबहादुर श्रेष्ठ, सुदर्शन कोइराला, यादव तिमल्सिना, हस्तबहादुर बल, धन बहादुर श्रेष्ठ, विजय लामालगायत अतिथि रहेका थिए । कार्यक्रमको सभापति आयोजक क्लबका अध्यक्ष जयबहादुर लामा र सञ्चालन जनक पौडलले गरेका थिए ।