प्रस, वीरगंज, १३ कात्तिक/
मधेस आन्दोलनको ७८औं दिन र नाकाबन्दीको ३८औं दिन पनि बारा, पर्सा, रौतहटबाट आएका व्यक्तिहरूले ऐक्यबद्धता र्याली निकाल्दै मितेरी पुलमा धर्ना दिएका छन् ।
आज वीरगंजको लक्ष्मणवा, मुर्ली चोर्नीबाट बाजागाजासहित आएको काफिला जुलुस हेर्नेहरूको सडक छेउछाउमा भीड लागेको थियो । काफिला जुलुसमा परम्परागत गीत (लाचारी) र नाचगान समावेश गरी मनोरञ्जनात्मक बनाइएको थियो । वीरगंजको पावरहाउस चोकबाट निस्किएको सो जुलुस नगरपरिक्रमा गर्दै मितेरी पुलमा पुगेर आन्दोलनप्रति ऐक्यबद्धता जनाएको थियो ।
त्यसैगरी लेखापढी व्यवसायी सङ्घ बाराले र्याली निकाली नारा लगाउँदै मितेरी पुलमा पुगेर ऐक्यबद्धता जनाएको थियो ।
त्यस्तै मधेस क्रान्ति चिन्तन प्रतिष्ठानका अध्यक्ष सुरेन्द्रप्रसाद कुर्मीले विज्ञप्ति प्रकाशित गरी चीन सरकारलाई नेपालमा जारी मधेस आन्दोलनमा सहयोग गर्न आग्रह गरेका छन् । विज्ञप्तिमा छिमेकीको हैसियतले चीनले आन्दोलनप्रति समर्थन जनाउनुपर्नेमा उल्टै मधेस आन्दोलन कमजोर पार्न नेपालभित्रै भइरहेको अधिकारप्राप्तिको आन्दोलनलाई देशको अखण्डतासँग जोडेर नेपाल सरकारलाई सहयोग गरेकोमा सो कार्य रोक्न आग्रह गरिएको छ ।
मौन जुलुस प्रदर्शन
प्रस, रौतहट/
चित्रगुप्त समिति रौतहटले आज मौन जुलुस प्रदर्शन गरेको छ । मधेस आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै चित्रगुप्त समितिले आज सदरमुकाम गौरमा मौन जुलुस प्रदर्शन गरेको हो । मधेस क्रान्ति चोकदेखि शुरू भएको जुलुस नगरपरिक्रमा गर्दै नेपाल–भारत सीमा नाकाबन्दी स्थलसम्म प्रदर्शन गरिएको थियो । जुलुसमा कायस्थ समुदायलगायत मोर्चाका नेताहरू सहभागी थिए ।